Saturday, July 4, 2020

मौद्रिक नीतिमा शेयरबजारको अपेक्षा

आर्थिक वर्ष २०७७/७८ को बजेट पारित भएको छ । बजेटले परिलक्षित गरेका कार्यको लागि मुद्रा अर्थात् रकम कसरी जुटाउने भन्ने विषयमा केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्छ । अर्थमन्त्री डा. युवराज खतिवडा केन्द्रीय बैंकका गभर्नर हुँदा डेपुटी गभर्नर रहेका महाप्रसाद अधिकारीले कस्तो मौद्रिक नीति बनाउलान्, सर्वत्र चासो बढेको छ । कोरोना भाइरसको फैलावट रोक्न सरकारले झन्डै ३ महीनासम्म देशलाई स्थानहद (लकडाउन) मा राखेका कारण आर्थिक गतिविधिमा मन्दी आएको छ । स्थानहदकै कारण शेयरबजार पनि झन्डै ३ महीनापछि खुल्ने तयारीमा छ । स्थानहदसँगै बन्द रहेको शेयरबजार, उद्योग र व्यापार क्षेत्रको अपेक्षाको ठूलै चाँङ छ ।

शेयरबजारको अपेक्षा


शेयरबजारको अपेक्षा जहिले पनि बजेटमा भन्दा मौद्रिक नीतिमा बढी हुनेगर्छ । शेयर धितो राखेर लिइने कर्जाका लागि शेयरको मूल्यांकन, कर्जाको सीमा र शेयरबजार घट्दा गरिने मार्जिन कलको विषय बढी चासोमा पर्छ । १ सय ८० दिनको औसत वा पछिल्लो मूल्यमध्ये जुन कम हुन्छ त्यसको ६५ प्रतिशत मूल्यांकन गरिने, २० प्रतिशतसम्म गिरावट आउँदा पनि मार्जिन कल नगरिने र प्राथमिक पूँजीको २५ प्रतिशतसम्म शेयर धितोमा कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । यस हिसाबले अप्रत्यक्ष रूपमा मूल्यांकनको ८५ प्रतिशतसम्म शेयर धितोमा कर्जा प्रवाह भइरहेको छ । कोरोना त्रासदीपछि बजार खुलेपछि केही समय अझ गिरावट आउन सक्ने सम्भावना देखिन्छ । शेयरबजारसँग जोडिएका केही विषयगत अपेक्षाहरूलाई निम्नबमोजिम गरिनु आवश्यक छ :

दलाल अनुमति : गतवर्षको मौद्रिक नीतिले वाणिज्य बैंकबाट अनुरोध भई आएमा सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल सेवा दिनसक्ने व्यवस्था मिलाइनेभन्ने व्यवस्था कार्य विशिष्टीकरण विपरीत भएकाले खारेज गर्नुपर्छ । कार्य विशिष्टीकरणले मात्र कार्यमा एकरूपता र सहजता ल्याएर न्यायिक समाज निर्माण गर्छ । वित्तीय मध्यस्थकर्ता र भुक्तानी प्रणालीको विकास गर्ने मुख्य जिम्मा जिम्मेवार संस्थालाई धितोपत्र दलाली गर्न दिनु न्यायसंगत हुँदैन । नेपालको शेयरबजारमा झन्डै ८० प्रतिशत बैंकिङ संस्था सूचीकृत रहेको र कारोबारमा पनि यिनकै बाहुल्य रहेकाले स्वार्थ बाझिने कुरा घामजत्तिकै छर्लङ्ड छ । बैंकले दलाली अनुमति पाउन शेयरबजारमा ८० प्रतिशत अन्य क्षेत्रको र बैंकको २० प्रतिशतभन्दा कम बजार पूँजीकरण हुनुपर्छ । आफ्नै शेयर आफैँ दलाल हुँदा पूँजी बजारमा वित्तीय अराजकता आउँछ । बैंकको समेत लगानी रहेको जीवन बीमा कम्पनीको बीमालेख बेच्न अनुमति दिँदा अराजकता देखिएपछि यो व्यवस्था खारेज गरेको प्रसंग यहाँ सान्दर्भिक हुन्छ ।

अवधि थप : बैंक व्यापारिक मात्र नभएर सेवामूलक संस्था पनि भएकाले व्यवसाय बचे मात्र बैंक बच्नेहुँदा बैंकले आफू र व्यवसाय बचाउने कार्य गर्नुपर्छ । बैंक र व्यवसाय एकअर्काका परिपूरक हुन् । कोराना त्रासदीपश्चात् लागेको स्थानहदका कारण आर्थिक गतिविधि ठप्प छ । व्यावसायिक प्रतिष्ठान बन्द छन् । कारोबारमा मन्दी आएको हुँदा माघदेखि असारसम्म पाक्ने ब्याज तिर्ने अवधि कम्पनीको वासलात हेरी क्रमशः समय थप गर्दै जानुपर्छ । यस्तो ब्याजमा जरीवानालगायत अन्य कुनै शुल्क लिन नपाउने व्यवस्था गर्नुपर्छ । त्यस्तै, ६ महीनाको अवधिमा कुनै कर्जाको भाखा नाघ्ने भएमा त्यसलाई पनि यथोचित प्रबन्ध गर्नु आवश्यक छ । जिउ रहे घिउखान पाइने हुँदा यसतर्फ विशेष व्यवस्था गर्नु अपरिहार्य छ ।

गाभ्ने नीतिमा परिवर्तन : अहिलेसम्म सानाठूला बैंक तथा वित्तीय संस्था गाभिए पनि संख्या घटाउनेबाहेक गुणात्मक प्रभाव देखिएको छैन । यसको अर्थ गाभ्ने र गाभिने नीति असफल भएको मान्न सकिन्छ । बैंक गाभ्ने नीतिमा आमूल परिवर्तन गरी पूँजी होइन पूँजीकोषलाई दृष्टिगत गरेर पुनर्विचार गर्नुपर्ने देखिएको छ । उदाहरणका लागि १० र ८ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको दुईओटा बैंक गाभ्दा एक जोड एक दुईहोइन एक जोड एक एकैहुने नीति लिएर बैंक गाभ्नुपर्छ । यसरी बैंक गाभ्दा प्राप्त हुने प्रिमियम रकम कम्तीमा ५ वर्ष पूँजीकरण गर्न नपाइने त्यसपछि पनि एकैपटक नगरी पूँजीको आकारअनुसार बढीमा वार्षिक १० प्रतिशतका दरले पूँजीकरण गर्न दिनुपर्छ । ऋणपत्र जारी गरेको भए वा ५ वर्षभित्रमा जारी गरेमा यही रकमलाई पूँजी फिर्ता जगेडा कोषमा रूपान्तरण गर्नुपर्छ ।

ऋणपत्रको सम्बन्धमा : गतवर्षको मौद्रिक नीतिले ऋण गरेर घिउ खाऊभन्ने पाराले प्राथमिक पूँजीको २५ प्रतिशत अनिवार्य ऋणपत्र जारी गर्नुपर्ने गरी दिएको निर्देशन खारेज गरी आवश्यकताअनुसार बैंकलाई ऋणपत्र वा अग्राधिकार शेयर जारी गर्न स्वतन्त्र छाड्नुपर्छ । सकेसम्म फिर्ता नहुने वा निश्चित प्रतिशतका दरले निश्चत वर्षपछि साधारण शेयरमा परिवर्तन हुने अग्राधिकार शेयर जारी गर्न प्रोत्साहित गर्नुपर्छ ।

धितो कर्जा : शेयर धितोमा जारी हुने कर्जाको मूल्यांकन, कर्जा सीमा र मार्जिन कलसम्बन्धी वर्तमान व्यवस्था यथावत् राखी आवश्यकता र औचित्यअनुसार मध्यावधि समीक्षा गर्दा पुनरवलोकन गर्न सकिन्छ ।

पूँजीकरणमा रोक : बढीमा १० वर्षभित्रमा करीब ५५ अर्ब रुपैयाँ रकम पूँजी फिर्ता जगेडा कोषमा जम्मा हुनेछ र यो रकम ऋणपत्र परिपक्व हुनासाथ बैंकले पूँजीकरण गर्नेछन् यसले बैंकको पूँजी अस्वाभाविक रूपमा बढ्नेछ । यस्ता पूँजी फिर्ता जगेडा कोषमा जम्मा भएको रकमलाई तत्काल पूँजीकरण गर्नमा रोक लगाउनुपर्छ । यस्ता कार्य रोकेर उक्त रकम अर्को ऋणपत्रको पूँजी फिर्ता कोषमा राख्न लगाउनुपर्छ ।

बैंकको शेयर बैंकले किन्ने : वर्तमान व्यवस्थाअनुसार कुनै पनि बैंक वा वित्तीय संस्थाले एकअर्काको शेयर धारण गर्न नपाउने व्यवस्था भए पनि यसलाई केही हदसम्म खुकुलो पार्नुपर्ने आवश्यक देखिन्छ । कुनै पनि बैंक वित्तीय संस्थाले अर्को बैंक वा वित्तीय संस्थाको बढीमा ५ प्रतिशतसम्म दोस्रो बजारबाट शेयर किनबेच गर्नसक्ने व्यवस्था गर्नुपर्छ । यस्ता शेयरलाई मताधिकाररहित बनाउने र हरेक त्रैमासिक अवधिमा शेयरको विवरण सार्वजनिक गर्न लगाउनुपर्छ ।

शाखा खोल्न अनुमति : बैंक तथा वित्तीय संस्थाले जहाँसुकै शाखा खोल्दा केन्द्रीय बैंकको स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था गर्नुपर्छ ।

भूमि लगानी कोष : धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७४ जारी गरिसकेको हुँदा यस नियमावलीअन्तर्गत भूमि लगानी कोष (रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट) जस्ता कार्यक्रमका लागि बाटो खुलेको छ । सरकारी निकायबाट अनुमतिप्राप्त गरी जग्गा र आवास विकास गरिरहेका आवास (हाउजिङ) कम्पनीलाई सरल कर्जा दिएर ससाना पूँजी हुनेले पनि यसमा सहभागिता जनाउन सक्ने हुँदा मुद्रा परिचालन बढ्ने यस्ता कार्यक्रमलाई सघाउ पुर्‍याउने नीति आउनुपर्छ ।

सरल गृह कर्जा : नेपालमा अझ पनि आफ्नै आवास (घर) नभएकाको संख्या अधिक छ । व्यवस्थित जग्गा र घरको पहुँच सबैमा विस्तार गर्न सरकारी निकायबाट अनुमति प्राप्त गरी जग्गा तथा आवास विकास गरिरहेका कम्पनीलाई जग्गाको धितो मूल्यांकन ७० प्रतिशत कायम गर्नु आवश्यक छ । त्यस्तै, यस्ता अनुमतिप्राप्त कम्पनीले विकास गरेका जग्गाघर किन्नेलाई व्यक्तिगत आवास कर्जामा सहुलियत दिनुपर्छ । यसो गर्दा लागत कम भइ मूल्यमा कमी आउँछ र क्रयशक्ति बढ्न गई मुद्रा परिचालनमा सकारात्मक प्रभाव पर्छ ।

 

२ असार, आर्थिक अभियान

Friday, June 26, 2020

कोरोना त्रासदी र स्थानहदपछिको नेपालको शेयरबजार


सन् २०१९ को उत्तरार्द्ध (अक्टोबर महिना) मा देखिएको कोरोना नामक भाईरस संक्रमण फैलिन नदिन अधिकाँश देशले स्थानहद (लकडाउन) लगाए  नेपाल पनि २ महिनाभन्दा बढी समयदेखि स्थानहदमा छ  ११ चैत २०७६ देखि शुरु भएर पटकपटक थप हुँदै ३२ जेठ २०७७ सम्म कायम रहने स्थानहद त्यसपछि खुकुलो हुने अनुमान गर्न सकिन्छ  आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहेको हुँदा साल तमामीको लागि भए पनि सावधानी र सुरक्षा अपनाएर खुकुलो पार्न सकिने अनुमान गरिएको हो  २ दिनको कारोबारलाई गणना नगर्ने हो भने स्थानहदसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द छ  २ महिनाभन्दा बढी समयदेखि बन्द रहेको शेयर कारोबार खुल्दा के होला भन्ने अर्को त्रासदी देखिएको छ ।

विदेशका शेयरबजार

संसारका अधिकाँश देशले स्थानहदका बेला पनि शेयर कारोबार रोकेनन  कोरोनाले ग्रस्त बनाएको युरोपेली देशअमेरिका र कोरोना उत्पत्तिस्थल चिनको शेयरबजारमा कारोबार कहिल्यै रोकिएनन कोरोनालाई निमिट्यान्न पार्न नसकिने हुँदा यससँग जुधेर आफ्नो नियमति गतिविधि संचालन गर्ने देशको संख्या बढ्दो क्रममा छ  आर्थिक गतिविधिमा पहिले जस्तै तीव्रता देखिन थालेको अनुमान शेयरबजारमा देखिएको घटनाक्रमले पुष्टि गर्छ 

युरोपेली देशका शेयरबजारमा क्रमशः बढोत्तरी आउँदै गरेको देखिन्छ । जर्मनी, स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, वेलायत, इटाली, रसिया र स्पेनको शेयरबजार जनवरी महिनाको स्थितिमा फर्किए जत्तिकै भएको छ ।

एसियाली शेयरबजार पनि सुधारको क्रममा अघि बढिसकेको छ  दक्षिण कोरियाको शेयरबजार जुन महिनामा आइपुग्दा जनवरीको स्थितिबाट माथि चढेको छ  जापान र चिनको बजार पनि माथि चढ्दै गएको छ  भारतको निफ्टी र सेनसेक्स पनि माथि उक्लने चरणमा रहेको छ  ठूलो एक्सचेन्जको गणनामा पर्ने हंगकंग स्टक एक्सचेन्जमा भने त्यति धेरै सुधार आएको देखिन्न  दुइ दिन कारोबार रोकिएर पुन: चालु भएको फिलिपिन्सको शेयरबजार पनि सुधारको क्रममा छ  कोरोनाका कारण बन्द रहेर ६६ दिनपछि ढाका स्टक एक्सचेन्ज खुलेको छ 

केही देशका शेयरबजारको स्थिति

क्रसं
देश
सूचक
फरक
(प्रतिशत)
जनवरीदेखि  ५ जुनसम्मको  न्यून विन्दु
जनवरी १
जुन ५
सूचक
फरक (प्रतिशत)
अमेरिका (नास्डाक कम्पोजिट)
,०९२
,८१४
,८६०
२४
कोरिया
,१७५
,१८१   
०.२७
,४५७
३३
जापान
२३,२०४
२२,८६३
(१.५)
 १६,५५२
२८
जर्मनी
१३,३८५
१२,८४७
(४)
,४४१
३७
चिन (सांघाई सेन्जेन कम्पोजिट)
,०८५
,९३०
(५)
,६६०
१३
अमेरिका (डाउजोन्स)
२८,८६८
२७,११०  
(६)
१८,५९१
३५
नेदरल्याण्ड
६१२
५७२
(६)
४०४
३४
हंगकंग (हांगसेंग)
२८,५४३
२४,७७० 
(१३)
२१,६९६
२४
फ्रान्स
,०४१
,१९७
(१४)
,७५४
२६
१०
बेलायत
,६०४
,४८४
(१४)
,९९३
३४
११
इटली
२३,८३६
२०,१८७  
(१५)
१४,८९४
३७
१२
भारत (निफ्टी)
१२,१८२
१०,१४२
(१६)
,६१०
३७
१३
भारत (सेन्सेक्स)
४१,३०६
३४,२८७
(१७)
२५,९८१
३७
१४
रसिया
,५६४
,२८५
(१७)
८३२
४७
१५
स्पेन
,६९१
,८७२
(१८)
,१०७
३७
स्रोत : सम्बन्धित देशका स्टक एक्सचेन्ज
नेप्से खुलेपछिको अवस्था

स्थानहदका कारण सूचीकृत लगायत सबै प्रकारका व्यापार व्यवसायमा पूर्णविराम जत्तिकै लागेको छ नेप्सेमा सूचीकृत म्युचुअल फण्डसहित ११ वटा समूहको के कस्तो अवस्था देखिन्छ त्यसको संक्षिप्त चर्चा गरिएको छ ।

१.  बैंकिंग - वाणिज्य बैंकविकास बैंक र वित्त कम्पनीको चैत मसान्तको विवरणलाइ आधार मान्दा असार मसान्तसम्म आइपुग्दा वासलात नकरात्मक स्थितिमा पुग्नसक्ने सम्भावना अनुमान हैन, यथार्थ देखिन्छ । चैत मसान्तको प्रतिवेदनमा अधिकाँश बैंकिंग कम्पनीको वितरणयोग्य नाफा नकारात्मक देखिईसकेको छ । गत माघदेखिको उठ्नुपर्ने किस्ता र ब्याज तिर्ने म्याद थपिँदै जानसक्ने सम्भावनालाई टार्न सकिन्न । यो क्रम असार मसान्तपछि पनि थपिँदै असोज, पुष, चैत हुँदै अर्को असार र त्यसपछि पनि नथपिएला भन्न सकिने अवस्था छैन । यस हिसाबले चालु आर्थिक वर्षको आम्दानीबाट केही कम्पनी बाहेक अधिकाँशले लाभांश दिनसक्ने सम्भावना देखिन्न चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार लघुवित्त समूह तुलनात्मक रुपमा सवल देखिएको छ ।

२.  बिमा – बिमाका जीवन र निर्जीवन दुवै समूहले कुनै पनि त्रैमासिक अवधिमा बिमांक मूल्यांकन गरेर प्रतिवेदन प्रकाशन नगर्ने हुँदा यी समूहको वास्तविक अवस्था ज्ञात हुन्न । बेलैमा साधारणसभा नगर्ने हुँदा यिनको स्थिति सामान्य अवस्थामा पनि प्राप्त नहुने हुँदा अहिले के छ थाहा पाउन सकिन्न 

३.  उत्पादन र प्रशोधन – यस समूहको पनि व्यापारिक गतिविधि शुन्य रहेको हुँदा आम्दानी हुने सम्भावना देखिन्न  यस समूहमा केही कम्पनीले लाभांश बाँड्न सक्ने सम्भावना देखिन्छ 

४. जलविद्युत – यस समूहमा सुचिकृत अधिकांश कम्पनी निर्माणधीन अवस्थामा रहेका हुँदा व्यवसायिक उत्पादन मिति पछी सर्ने सम्भावना छ । संचालनमा रहेका कम्पनीले लाभांश बाँड्न सक्ने अनुमान गर्न सकिन्छ 

५.  व्यापारहोटेल र अन्य – यी ३ समूहमा सुचिकृत कम्पनीको संख्या न्यून रहेको छ  व्यापार समूहमा रहेको साल्ट ट्रेडिङ र अन्य समूहमा रहेको नेपाल टेलिकमले लाभांश दिनसक्ने स्थिति छ । होटेल समूह सबैभन्दा बढी पिडित भएकोले तंग्रिन सबैभन्दा बढी समय लाग्ने अनुमान गर्न सकिन्छ 

६.  म्युचुअल फण्ड – म्युचुअल फण्डको आम्दानी शेयर कारोबारमा आधारित हुने हुँदा पूर्वानुमान गर्न सकिन्न 

हस्तक्षेपरहित बजार

कोरोना त्रासदमा पनि खुला रहेका शेयरबजार जनवरीदेखि फ्रेबुअरी मध्यसम्म बढ्दो क्रममा देखिन्छ ।एक महिना अवधी (फ्रेबुअरी १५ देखि २३ - मार्च १५ देखि २३ सम्म) सबैभन्दा बढी गिरावट आएको छ । २३ मार्चपछि प्राय: सबै शेयरबजारमा वृद्धि हुँदै गएको छ । आउने दिनमा कोरोनाको कहर बिकराल होला वा नहोला संसारका शेयरबजार भने बढ्ने क्रममा देखिईसकेको छ 

स्थानहदपछि खुलेका बजारमा तीव्र गिरावट देखिएको छ  कोरोना कहरमा बजार बन्द गर्ने देशमा पनि एकपटक राम्रै गिरावट आउनसक्ने सम्भावना ढाका स्टक एक्सचेन्जलाई हेर्दा अनुमान गर्न सकिन्छ । ढाका स्टकमा पनि नेपालकै जस्तो आँशिक स्वचालित कारोबार हुनेगर्छ । ६६ दिनपछि खुलेको ढाका स्टकमा बिक्रेताको चाप बढी देखिएको छ भने क्रेता पर्ख र हेरको स्थितिमा छन 

नेपालमा पनि स्थानहदको बेला २ दिन कारोबार खुल्दा पनि ‘पर्ख र हेर’ को स्थिति देखिएको थियो ।खुल्नासाथ बिक्री गरेर घटेपछि किन्छु भन्ने मनोविज्ञान सबैमा देखिएको छ । यस्तो अवस्थामा बिक्री चाप बढ्न गइ मूल्यमा दवाव पर्दा मूल्यमा कमि आउन सक्ने सम्भावनालाई अस्विकार गर्न सकिन्न । बीचमा २ दिन बजार खुल्दा जस्तो (सर्किट फिल्टरब्रेकर र समयमा) अनावश्यक हस्तक्षेप नगरी सामान्य अवस्था झैँ बजार खोल्नु आवश्यक छ  २ प्रतिशतको सर्किट फिल्टर र ३ प्रतिशतको सर्किट ब्रेकर लगाउनु भनेको घाँटी रेटेर मारे जत्तिकै हुनेहुँदा १० प्रतिशत सर्किट फिल्टर र ४,५ र ६ प्रतिशतको सर्किट ब्रेकरलाई यथावत  कायम राख्नु उचित हुन्छ । जति घट्नु छ १/२ दिनमै घटोस र सामान्य अवस्थामा फर्कने अवसर प्राप्त होस्यसतर्फ बजार संचालक र नियामकको पर्याप्त ध्यान जाओस 


२७ जेठ २०७७, आर्थिक अभियान 
https://www.abhiyandaily.com/newscategory-detail/368778

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...