Tuesday, September 20, 2022

अर्को एक्सचेन्ज कि पुनःसंरचना

विषय प्रवेश  

सर्वसाधारणलाई समेत शेयर निर्गमन गर्ने कार्यको शुरुवात हल्यान्ड (नेदरल्याण्ड) को डच इष्ट इन्डिया कम्पनीले गरे पनि बिक्री गर्नको लागि अहिले जस्तो एक्सचेन्ज थिएन l एक्सचेन्जको विधिवत शुरु हुनु अघि दलाल भने अस्तित्वमा रहेका भेटिन्छन दलालको कार्य २ पक्षलाई एक ठाउँमा ल्याएर कारोबार गराउने हो जेसुकै वस्तुको खरिद वा बिक्रीको आदेश लिएर चौतारोचौरमठ-मन्दिरपाटी-पौवा र कफी शप जहाँ पनि दलाल भेटिन सक्थे ब्रिटेनमा कफी शपलाई बढी उपयोग गरिएको पाइन्छ भारतमा रुखमुनिबाट बम्बे एक्सचेन्जको गर्भाधान भएको पाइन्छ l सन् १८०१ मा ब्रिटेन सरकारले स्थापना गरेको लन्डन स्टक एक्सचेन्ज’ संसारको पहिलो एक्सचेन्ज हो एक्सचेन्ज स्थापना भएपनि कम्पनी सम्बन्धि पर्याप्त कानुनी व्यवस्था नभएकोले शेयरधनीले लाभ पाउन नसके पछी ब्रिटेन सरकारले सन् १८२५ सम्म शेयर निर्गमन गर्न रोक लगाएकोले २४ वर्षसम्म सम्भवत यो एक्सचेन्जमा कुनै कारोबार भएन लण्डन स्टक एक्सचेन्ज स्थापना भएपनि शेयर कारोबार नभएको हुँदा 'न्यूयोर्क स्टक एक्सचेन्जले इतिहासमा विधिवत स्थापना भएको पहिलो एक्सचेन्जको श्रेय पायो 

नेपालमा शेयर र एक्सचेन्ज 

बिक्रम सम्बत १९९३ सालमा संयुक्त पूँजी कम्पनी सम्बन्धि कानुन बनेपछि नेपाल बैंक लिमिटेड र विराटनगर जुट मिल्स लिमिटेडले सर्वसाधारणलाई पनि उद्योग व्यापारमा सहभागी गराउन शेयर निर्गमन गरेका थिए नेपाल बैंक कानुन १९९४, मा हाल उठाउने २५ हजार (कित्ता) शेयर मध्ये कमसेकम ४ खण्डको १ खण्ड शेयर सरकारबाट लिईबक्सने भएको हुँदा बाँकी रहेको शेयर नेपाली ग्राहकहरुले लिन पाउनेछन्’ र अर्को एउटा दफामा कदाचित हाल उठाउने २५ हजार (कित्ता) शेयरको मूलधनले बैंकको काम चलाउन मूलधन नपुगी अरु शेयरबाट हदसम्ममा जति चाहिने हुन्छ उति मूलधन उठाउनु पर्दा सो नयाँ उठाएको शेयर साविक शेयरवालाहरुले लिएसम्म अरुले लिन पाउने छैन’ भन्ने व्यवस्था थियो l ‘यस्तो शेयर नेपाली रैयत भइ जन्मेका वा नेपाली रैयत भएका स्त्री पुरुषबाहेक अरु कसैले खरीद गर्नु र अरु कौने तरहबाट लिनुदिनु गर्नुहुँदैन’ भन्ने समेत व्यवस्था भेटिन्छ l ‘गाथगादी उपर खुद लागेको ठूलो कसुर गरेमा बाहेक हरिने सर्वस्व हुने समेत कौनै कसुरमा पनि यो बैंकको शेयरमा जफत वा हरण केहि हुने छैन’ भनिएको पाइन्छ शुरुवातमा नै दुईवटा कम्पनीले शेयर बेचेको इतिहास पाइन्छ शेयर बेच्ने शुरुवात भएपनि किनबेच गर्ने व्यवस्था भने २०३३ सालमा सेक्युरिटी खरिद बिक्रि केन्द्र’ को स्थापना भएपछि भएको हो अहिलेको नेपाल एक्सचेन्ज लिमिटेड (नेप्से) यसैको पछिल्लो रुप हो 

नेपाल कानुनमा एक्सचेन्ज 

धितोपत्र खरिदकर्ता तथा विक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रुपमा धितोपत्रको खरिदबिक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजारस्थान वा सुबिधा सम्झनुपर्छ’ भनेर धितोपत्र सम्बन्धि ऐन २०६३ २(झ) मा धितोपत्र बजार (एक्सचेन्ज) को परिभाषा गरिएको छ ऐनको दफा ३६ अनुसार धितोपत्र बजार संचालन गर्न चाहनेले ऐन बमोजिम बोर्ड (नेपाल धितोपत्र बोर्ड) बाट संचालन अनुमति लिनुपर्नेछ’ भनिएको छ एक्सचेन्ज संचालन गर्न पाउँ भनेर निवेदन दिएकै भरमा अनुमति पाउन नसकिने व्यवस्था ऐनको दफा ४० मा उल्लेखित छ दफा ४०(१)(क) मा उद्योग तथा व्यवसायको विकास र विद्यमान धितोपत्र कारोबारको सम्भाव्यताको आधारमा धितोपत्र बजारको संचालन गर्न आवश्यक नभएमा र दफा ४०(१)(ख) मा 'लगानीकर्ताको हित संरक्षणको निमित्त धितोपत्र बजार संचालन गर्न उचित र उपयुक्त नदेखिएको अवस्था’ मा अनुमति दिन इन्कार गर्ने व्यवस्था छ 

अर्को स्टकको स्थापना 

एकताका निकै चर्चामा आएको अर्को एक्सचेन्जको विषय अहिले फेरी उठ्न थालेको छ l पूँजीबजारको नियामक बोर्डले नै अर्को एक्सचेन्जको कुरो अगाडी सारेर आवेदन मागे पनि त्यो विषय त्यसै सेलायो l संचालनमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्वचालित विद्युतीय प्रणालीमा आधारित कारोबार शुरु गरे पनि बेला बेलामा प्रणालीमा समस्या आउन थालेपछि सरकारी एक्सचेन्जले स्वतन्त्र भएर अत्याधुनिक प्रणाली विकास गर्न नसकेको कारण पूर्णत: निजी एक्सचेन्जको कुरो उठेको हो l शुरुमा विभिन्न व्यापारिक घरानाले एक्सचेन्ज व्यवसाय संचालन गर्न खोजे पनि अहिले त्यस्तो आवाज सुनिएको छैन l   यसो हुनुमा संसारभर एकल एक्सचेन्जको अवधारणा विकास हुँदै जानु पनि एउटा कारण हुनसक्छ l  धितोपत्र सम्बन्धि ऐनमा भएको व्यवस्था एवम बजारको तात्कालिक अवस्थालाई हेर्ने हो भने पनि अर्को एक्सचेन्ज आवश्यक देखिएको छैन भएकै एक्सचेन्जमा सूचीकरण भएका कम्पनी (बैंक) गाभिन थालेबाट संख्या घट्दो क्रममा रहेको छ नयाँ कम्पनी सूचीकरणमा नआएमा बजारमा कारोबारयोग्य शेयरमा कमि आउँदा कारोबार रकम नपुग्दा संचालन घाटामा जाने स्थिति आउन सक्छ ऐनमा भनिए झैँ 'उद्योग र व्यापारको विकास क्रम हेर्ने हो भने शुन्यको स्थितिमा पुगीसकेको छ क्षेत्रगत कानुनले बाध्य पारेका बैंक र बिमा बाहेक अन्य क्षेत्रका कम्पनीको उपस्थिति शून्यको स्थितिमा छ धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाको उपस्थितिलाई कम्तिमा ५० प्रतिशतमा झार्न सकिने गरि अन्य क्षेत्रका कम्पनीलाई प्रोत्साहन गर्नुपर्ने टड्कारो आवश्यकता छ तर, पनि पूँजीबजार विकासको बागडोर सम्हालेर बसेको बोर्ड के कस्ता नीतिगत व्यवस्था गर्दा धितोपत्र बजारमा अन्य क्षेत्रका कम्पनी ल्याउन वा आउन आकर्षित हुन्छन आजका मितिसम्म कुनै ठोस कदम चालेको छैन प्रिमियममा शेयर निर्गमन गर्न पाइने व्यवस्था गरेपछि पनि खासै उल्लेखनीय कार्य भएन l हालै जारी गरिएको बुक बिल्डिंग निर्देशिका, २०७७ मा तोकिएका शर्त बन्देज दैलो थुनेर तलामा बस्न बोलाएझैँ छ l वास्तविक क्षेत्रका कम्पनीलाई कति आकर्षित गर्न सक्ला भविष्य हेर्न बाँकी छ 

एकलबहु र फेरी एकल 

एकल एक्सचेन्जले पुगेन भन्दै बहु एक्सचेन्ज खोल्न अनुमति दिएका देश अहिले फेरी एकलमा नै फर्केका छन् पाकिस्तानमा सन् २०१६ सम्म कराँचीइस्लामवाद र लाहोरमा यिनै शहरको नाममा सन्चालनमा रहेका ३ वटा एक्सचेन्ज गाभिइसकेका छन् इस्लामवाद र लाहोरमा रहेका एक्सचेन्ज साविकको 'कराँची स्टक एक्सचेन्जमा गाभिएर अहिले पाकिस्तान स्टक एक्सचेन्ज’ नामबाट संचालन भइरहेको छ ३ वटा एक्सचेन्ज गाभिएपछि ४० प्रतिशत चिनिया लगानी भित्रिएको छ चीनको 'चाइना फाइनान्सियल फ्युचर्स एक्सचेन्ज कम्पनी लिमिटेडको नेतृत्वमा 'सांघाई 'सेन्जेन एक्सचेन्जरणनीतिक साझेदारको रुपमा भित्रिएका छन् चाइनिज साझेदारीसँगै २० प्रतिशत शेयर सर्वसाधारणलाई निर्गमन हुनेछ  

दक्षिणी एसियाली क्षेत्रको ठुलो जनसंख्या र अर्थतन्त्र भएको देश भारतमा पनि बिभिन्न शहरमा खुलेका क्षेत्रीय एक्सचेन्जहरु बन्द भएका छन् भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी) ले सन् २०१२ मा क्षेत्रीयस्तरका एक्सचेन्जलाई कारोबार रकम नपुगेकोले बन्द गर्न निर्देशन दिएको थियो परिणामस्वरूप अहिलेसम्म २० वटाभन्दा बढी एक्सचेन्ज बन्द भइसकेका छन क्षेत्रीय एक्सचेन्ज बन्द भएपछि भारतमा 'बीएसई (बम्बे स्टक एक्सचेन्ज) 'नेशनल एक्सचेन्जमात्र बाँकि रहेका छन् बीएसईपछिको ठुलो 'कलकत्ता स्टक एक्सचेन्जभने मुद्दामा अड्किएकोले औपचारिकरुपमा बन्द हुन बाँकी छ बंगलादेशमा पनि हाल २ वटा एक्सचेन्ज भएपनि कुनै पनि दिन गाभिन सक्ने सम्भावनालाइ नकार्न सकिन्न ढाका चिट्टगोंग स्टक एक्सचेन्जका लागि रणनैतिक साझेदारको खोजी गर्दा ढाकामा पाकिस्तानमा झैँ चिनियाँ भित्रिएका छन् l संसारभर नै एक्सचेन्ज गाभिने हुने प्रवृत्ति बढेकोले यसबाट कुनै पनि देश अछुतो रहन सक्दैन भारतमा कारोबार रकम नपुगेको भन्दै क्षेत्रीय एक्सचेन्ज बन्द गराएकोले २ सय ५० वटाको हाराहारीमा कम्पनी सूचीकरणमा रहेको बंगलादेशको चिट्टगोंगलाई पनि बंगलादेश सेक्युरिटीज एक्सचेन्ज कमिसनले सेबिको सिको गरेर बन्द गर्ने दिन आउन सायद धेरै दिन बाँकी छैन l बंगलादेशको ढाका एक्सचेन्जमा चिट्टगोंग स्टकमा भन्दा ३ गुणा बढी कम्पनी सूचिकृत छन् 

एसियाली देशमा रहेका बहुएक्सचेन्ज गाभ्ने प्रक्रिया जारी छ सन् २०१२ मा टोकियो र ओसाका एक्सचेन्ज गाभिएर 'जापान एक्सचेन्जबनेको हो कोरिया एक्सचेन्जमा 'कोरिया फ्युचर्स एक्सचेन्ज 'कोस्डाक (कोरियन सेक्युरिटीज डिलर्स अटोमेटेड कोटेसन्स)को विलय भएको छ इन्डोनेसियाको जकार्ता स्टक एक्सचेन्ज र सुरबाया स्टक एक्सचेन्ज गाभिएर इन्डोनेसिया स्टक एक्सचेन्ज बनिसकेको छ फिलिपिन्स स्टक एक्सचेन्ज सन् १९९२ मा मनिला स्टक एक्सचेन्जमकटी स्टक एक्सचेन्जबीच एकीकरण पश्चात बनेको हो l  

अमेरिकी एक्सचेन्जको एकल यात्रा  

अमेरिकी क्षेत्रका देशहरुमा पनि स्टक गाभिने प्रकृया धेरै पहिला शुरु भएको इतिहास भेट्न सकिन्छ सन् १९७४ मा 'क्यानेडियन स्टक एक्सचेन्ज 'मोन्ट्रियल स्टक एक्सचेन्जगाभिएको पाइन्छ सन् १९९९ मा 'क्यानेडियन भेन्चर स्टक एक्सचेन्जमा 'मोन्ट्रियल स्टक एक्सचेन्ज', 'अल्बेर्टा स्टक एक्सचेन्ज 'भान्कुभर स्टक एक्सचेन्जविलय भएको थियो दक्षिण अमेरिकी देश मेक्सिकोले पनि एक्सचेन्ज गाभेका प्रशस्त उदाहरण पाइन्छ मेक्सिकोमा सन् १८९५ मा 'बोल्सा डे मेक्सिको (स्टक एक्सचेन्ज अफ मेक्सिको) 'बोल्सा नसिओनल (नेशनल स्टक एक्सचेन्ज)गाभिएर 'बोल्सा डे मेक्सिकोबनेको पुरानो इतिहास पाइन्छ पछिल्लो समयमा 'बोल्सा डे भ्यालोरेस डे मेक्सिकोबोल्सा डे अक्सिडेन्ट (अक्सिडेन्ट स्टक एक्सचेन्ज) र बोल्सा डे मोन्टेरी (मोन्टेरी स्टक एक्सचेन्ज) गाभिएर 'मेक्सिकन स्टक एक्सचेन्जबनेको हो अमेरिकामा पनि धेरै क्षेत्रीय एक्सचेन्ज गाभिएका छन् युरोपमा पनि साना-ठूला एक्सचेन्ज गाभिएका छन् कतिपय एक्सचेन्जले एक अर्कोसँग साझेदारी गरेर गाभिने पृष्ठभूमि तयार गरिरहेका छन् 

बहुको सट्टा पुन:संरचना  

अन्य देशहरु बहुबाट एकलतर्फ गईरहेको सन्दर्भमा नेप्सेलाई सवल र सक्षम एक्सचेन्ज बनाउन शेयर संरचना परिवर्तन गरि पाकिस्तान र बंगलादेशले जस्तो रणनीतिक साझेदार ल्याउनुपर्छ l केन्द्रीय बैंकसँग रहेको केही शेयर विनिवेश भएको हुँदा सरकारको नामको केही शेयर बाँकी राखेर विदेशी साझेदार, सूचीकृत कम्पनी र आम नागरिकलाई दिन सकिन्छ l पुनःसंरचनाको जति लामो कुरा गरे पनि नेप्से पुनःसंरचनाको बाधक धितोपत्र बजार संचालन नियमावली, २०६४ हो l बोर्डलाई नियमावलीको नियम १२(४) ले बजार संचालकको शेयर स्वामित्व हेरफेर गर्नसक्ने अधिकार दिए पनि आजसम्म बोर्डले यस सम्बन्धमा कदम नचाल्नु नेप्से पुनःसंरचनाको यात्रा शुरु नहुनु हो नियम १२() ले कुनै पनि संगठि संस्थाको शेयर स्वामित्व १० प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरेको छ । तर, यो व्यवस्थालाई कार्यान्वयन गर्न नियम १२(३) ले बाधा पुर्याएको   नीति, रणनीति र कानुनमा पुनःसंरचनाको कुरा लेख्ने अनि फेरी कानुनमा नै बाधा पुर्याउनेगरी कानुनी व्यवस्था राखेर पुन:संरचनाको बाटो नखुल्ने हुँदा पहिले यो पहिरो (वाधा) हटाउन आवश्यक छ । पूँजीबजार नियामकएक्सचेन्जकेन्द्रीय निक्षेपकदलालनिक्षेप सदस्यलगानीकर्तारेटिंग एजेन्सीमर्चेन्ट बैंकसूचिकृत कम्पनीक्षेत्रगत नियामककम्पनी रजिष्ट्रारसरकार तथा सम्वद्ध निकाय एक विना अर्कोको अस्तित्व नरहने भएकोले पूर्ण सामन्जस्यता कायम गराउन 'टिम लिडरको रुपमा नेपाल धितोपत्र बोर्ड अगाडि सरेर होस्टे गरेपछि अरु हैंसे गर्दै अगाडी बढ्ने कुरामा शंका गर्नुपर्दैन 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडको २८सौं वार्षिकोत्सव (२०७७) मा नेप्से स्मारिकामा प्रकाशित लेख 

 

Wednesday, September 7, 2022

नेपाल र भारतका बैंकको पूँजी

चुक्ता पूँजी हैन, जगेडाले बैंक ठूलो र मजबूत

‘मैले पूँजी बढाउने आँट गरे’ पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल जुनसुकै कार्यक्रम पुग्दा पनि बोल्ने यो वाक्य ‘थेगो’ जस्तै बनेको छ l उनको यो कुरा सुन्दा एउटा लोककथाको झल्को आउन थालेको छ l कथाअनुसार बिहे गरेर गएको ज्वाइँ आमाछोरी दुबैलाई मन परेनछ l आमाले छोरीको लागि अर्को ज्वाइँ खोजेर छोरीलाई फिर्ता बोलाईछन् l छोरी जिम्मा लाउन पहिलो ज्वाइँ आफैँ गएछ l बाटामा भेटिएको बाघलाई ज्वाइँले खूकुरी प्रहार गरी घाइते पारेपछि यस्ता कुरा सामान्य हुन् कसैलाई नभन्नु भनेछ l माइतीघरमा पुगेकै दिन आमाले ठिक्क पारेको नयाँ ज्वाइँसँग बुइंगलमा सुत्न गएछन l बुइंगलमा अन्न खान आएको मुसा समाउन खोज्दा कान समातेछ र तानातानमा कान चुँडिएपछि ‘मैले काटें मुसाको कान, ससुरालीको बचाएँ धान’ भन्दै चिच्याउन थालेछ l डा. नेपालको ‘थेगो’ दोस्रो ज्वाइँले गरेको कार्यभन्दा केही फरक छैन l नेपालले पूँजी बढाउन ‘आँट’ गरें भन्नु कुनै पनि हिसाबले ‘बहादुरी’ हैन l बैंक तथा वित्तीय संस्था सवलिकरण गर्न जगेडा कोष बढाउने, मुद्रा आपूर्ति सहज गर्ने र भुक्तानी प्रणाली व्यवस्थित गर्ने जस्ता काम गरेको भए साँच्चीकै ‘आँटिलो र बहादुर’ भन्न सकिन्थ्यो l उनले भन्ने गरेको ‘आँट’ अहिले वित्तीय क्षेत्र अस्तव्यस्त बनाउने अस्त्र बनेको छ l

औचित्यहिन पूँजी वृद्धि

चिरञ्जीवी नेपाल गभर्नर भएको ४ महिना नबित्दै साउनमा जारी गरेको मौद्रिक नीति, २०७२ मार्फत बैंक तथा वित्तीय संस्थालाई दुई वर्षभित्र ४ गुणाले चुक्ता पूँजी बढाउन निर्देशन दिए l गभर्नर भएको करिव ४ महिनामा नेपालले के अध्ययन गरेर यति धेरै मात्रामा पूँजी वृद्धिको नीति लिए आजको दिनसम्म पनि ‘आँट’ गरे भन्नेबाहेक त्यसको औचित्य सावित हुन् सकेको छैन l बैंक वित्तीय संस्थाले पनि यति पूँजी वृद्धि किन भनेर प्रश्न गर्न सकेनन् l बरु विभिन्न उपकरण उपयोग गरी पूँजी बढाउने कार्ययोजना पेश गरे पनि अन्ततः हकप्रदको ओइरो लगाए l यो अवधिमा बैंक अफ काठामाडौं र लुम्बिनी बैंक मात्र गाभिए l अन्य केही स-साना बैंक गाभिए पनि त्यसले कुनै अर्थ राखेन बरु ग्रामिण क्षेत्रमा बैंकिंग बानी पारिरहेका यस्ता स-साना बैंक ठूलो बैंकसँग गाभिंदा स्थानीयस्तरमा बैंकिंगसमेत ओझेल पर्यो l साना बैंक करिब समाप्तै भए l पूँजी पुगेर पनि चिरञ्जीवी सन्तुष्ट हुन सकेनन् र ‘बिग र मेगा’ मर्ज गर्छु/गर्नुपर्छ भन्दै बैंकलाई जोडी खोजेर आउन अर्को आदेश जारी गरे l आफ्नो अन्तिम मौद्रिक नीतिमा ७० प्रतिशत बोनस र ३० प्रतिशत मात्र नगद लाभांश बाँड्न पाउने अर्को नियन्त्रणमुखी आदेश जारी गरे l यसलाई त्यसपछिका गभर्नर महाप्रसाद अधिकारीले पनि जारी राखे l

भारतीय बैंकको पूँजी

रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले सरकारी, निजि र विदेशी गरी वाणिज्य बैंकलाई ३ भागमा बाँडेको छ l भारतका बैंकको पूँजी नेपालको तुलनामा धेरै नै कम देखिन्छ l आरबीआईले यहाँ जस्तो पूँजी वृद्धि गर्न आदेश दिएको देखिन्न l भारतमा देशभर सेवा दिने बैंकको पूँजी ६ अर्ब भारतीय रुपैयाँ (भारु) हाराहारी छ l सन् १९२० मा केरलमा स्थापित सीएसबी (क्याथोलिक सिरियन) बैंकको पूँजी भारु १ अर्ब ७३ करोड मात्र छ l बैंकले १८ प्रान्त र २ केन्द्र शासित प्रदेशमा सेवा विस्तार गरेको छ l झन्डै साँढे ३ करोड जनसंख्या भएको केरल राज्यको लागि नेपाली बैंकको तुलनामा अत्यन्तै थोरै पूँजी हो l तर, पनि आरबीआईले यसको पूँजी नेपालको सरह पुर्याउने आदेश दिएको देखिन्न l यस्तै, भारतभर सेवा पुर्याएको एचडीएफसी बैंकको पूँजी भारु ५ अर्ब ५१ करोड मात्र छ l भारतमा भारु १ खर्ब ६५ अर्बसम्म पूँजी भएको बैंक पनि छ l बैंकको पूँजी धेरै हुँदैमा गतिलो हुने हैन रहेछ भन्ने भारतीय बैंकलाई हेर्दा थाहा हुन्छ l थोरै पूँजी हुँदा पनि बैंकले ठूलो पूँजी हुनेको जत्तिकै नाफा कमाउन र पूँजी पर्याप्तता अनुपात अर्थात क्यापिटल एड्क्वेसी रेसियो (सीएआर) कायम राख्न सकिने रहेछ भन्ने उदाहरण भारतका बैंकले दिएका छन् l केही भारतीय वाणिज्य बैंकको पूँजी, जगेडा, निक्षेप, लगानी र सीएआर आदि तालिकामा पेश गरिएको छ l


केटाकेटी, गुलेली र मट्याङ्ग्रा

शुरुको अनुच्छेदमा उल्लेखित प्रसंगलाई यहाँ फेरी जोडौं l नेपालका वित्तीय क्षेत्रका नियामक सबैको पारा चिरञ्जीवी नेपालको जस्तै छ l नेपालकै बाटोमा लागेर बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले पनि बिमा कम्पनीको पूँजी ४ गुणा बढाए l चापागाईको आदेशमाथि बिमा कम्पनीले पनि कुनै प्रश्न गरेनन र बैंककै पाराले पूँजी पुर्याए l पूँजी त पुग्यो तर, व्यापार थिएन र अहिले पनि छैन l पूँजीको भारले थिचिएको बेला नयाँ अध्यक्ष सूर्यप्रसाद सिलवालले पनि अरु केही काम नपाएर होला एक वर्षभित्र डेढ गुणा पूँजी बढाउन अर्को आदेश जारी गरेका छन् l सिलवालको पूँजी बढाउने आदेशको विज्ञप्तिमा ‘नेटवर्थ’ बढाउने भन्ने हाँसो उठ्दो वाक्य छ l नेपाल राष्ट्र बैंक र बिमा समिति नियामक बन्न किन सक्दैनन् र नियन्त्रक बन्छन जटिल विषय बनेको छ l नेपाल धितोपत्र बोर्डका प्रमुखको काम पनि उस्तै छ l l हालै बोर्डका अध्यक्षले ‘दर्तै’ नभएको कम्पनीको उजुरी सुनेर परिपत्र विधिबाट किन शेयर जारी गरेको भन्दै अनुसन्धानमा लागेका छन् l अघिल्ला अध्यक्षले वित्तीय सल्लाहकार बन्दै ५१ वटा कम्पनीको  सूची सार्वजनिक गरिदिए l

निचोडमा, यी सबै नियामकको काम हेर्दा ‘केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश’ भने जस्तै छ l मट्याङ्ग्राले चरो मार्ने कुरै छाडौं, चराको प्वाँख पनि झार्न सकेका छैनन् 

२९ चैत २०७८, आर्थिक अभियान 

https://abhiyandaily.com/index.php/newscategory-detail/406173


बोनस शेयरमा लाभांश कर

लगानीमा कर अनुचित

प्राईम कमर्शियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/०७४ सालदेखि २०७६/०७७ सालसम्म बाँडेको बोनसबापत लाग्ने करका लागि रकम छुट्टयाएन l आयकर ऐन, २०५८ दफा ४७क(५) मा गाभिई निःसर्ग भएको निकायले गाभिने बेलामा कायम रहेका शेयरधनीलाई गाभिएको मितिले दुई वर्षभित्र वितरण गरेको लाभांशमा कर लाग्ने छैन भन्ने व्यवस्थाअनुरुप प्राईमले पटकपटक कम्पनी गाभेकोले करबापत रकम छुट्याएन l गाभिएका संस्था सूचीकृत भएका हुँदा गाभिएपछि शेयर किन्नेलाई लाभांश कर लाग्छ l गाभिने बेला कायम शेयरधनीले गाभिएपछि शेयर किन्ने हुँदाहुँदै पनि गाभिएका संस्थाले करबापतको रकम नछुट्टयाउँदा शेयरधनी मारमा परेका छन् l बरु ५ प्रतिशत कम लाभांश दिएर करबापत रकम पनि छुट्टयाएको भए कर लाग्नेलाई लाग्थ्यो, नलाग्नेले नगद लाभांश पाउँथे l करबापत कम्पनीले रकम नछुट्टयाउँदा गोजीभरी पैसा बोकेर शेयरधनी बोनस शेयर लिन जानुपर्ने बाध्यता थोपरिएको छ l यस्तो समस्या आएको प्राईम पहिलो भने हैन l यो समस्या जल्दोबल्दो बन्दै आएको छ l बोनस शेयरमा लागेको लाभांश कर नै वाञ्छित कि अवाञ्छित भन्ने विवाद पनि चल्दैआएको छ l 

सित्तैमा पाएको बोनस

बोनस शेयर शेयरधनीलाई कम्पनीले सित्तैमा दिएको भन्ने मान्यता छ l सित्तैमा केही पनि मिल्दैन भन्ने विश्ववापी उक्ति पनि छ l सित्तैमा केही मिल्दैन पनि भन्ने अनि सित्तैमा दिएको पनि भन्ने बीच गजबको विरोधाभाष छ l बोनस शेयर सित्तैमा दिएको भन्ने मान्यता अन्तर्राष्ट्रियरुपमै छ l यति हुँदाहुँदै पनि नेपालमा भने यसको मूल्य हुन्छ, सित्तैमा हुन्न भन्ने मान्यतालाई स्थापित गरिसकेको छ l शेयरधनीको गोजीबाट एक पैसा पनि नतिरी पाइने हुँदा यो सित्तैमा हो भन्ने मन्याताको विकास भएको हो l यसो भन्नेहरु आफू त्यसको शेयरधनी हुँ भन्ने चटक्कै बिर्सन्छन l बोनस वितरणको लागि कायम गरिने तिथिसम्म कायम नभए बोनस शेयर पाइन्न भन्ने पाटो ओझेलमा पारिएको छ l बोनस शेयर वितरण हुने रकम कम्पनीको वासलातमा छैन भने कसरी दिनसक्छ ? शेयरधनीले प्रत्यक्षरुपमा पैसा तिर्न नपर्दैमा यसलाई कम्पनीले सित्तैमा दिएको भन्ने तर्क उचित हैन l कम्पनीको सम्पत्तिमा शेयरधनीको प्रत्यक्ष हक नलागे पनि परोक्षरुपमा हक लाग्छ l बोनस दिने रकम शेयरधनीकै हक लाग्ने सम्पत्ति भएको हुँदा यसलाई सित्तै भन्ने भन्न मिल्दैन l

पूँजीगत कि साधारण खर्च

बोनस शेयर जारी गर्नु कम्पनीले गरेको एक किसिमको खर्च हो l यो कस्तो किसिमको खर्च हो भन्ने पनि विवादको विषय बनेको छ l कम्पनी सञ्चालन गर्दा अनेकौं खर्च हुन्छ l यस्ता खर्च मूलतः पूँजीगत र साधारण गरी दुई किसिमका हुन्छन् l दीर्घकालीन समयको लागि गरिने खर्च पूँजीगत हुन्छ भने अल्पकालीनरुपमा गरिने साधारण वा राजस्व खर्च हुन्छ l कर्मचारीको तलब भत्ता, भवनको भाडा, इन्धन, मसलन्द आदिलाई साधारण वा राजस्व खर्चमा लेखांकन गरिन्छ भने जमिन, गाडी, लगानी आदिलाई पूँजीगत खर्चको रुपमा लेखांकन गरिन्छ l बोनस शेयर जारी गर्दा वासलातमा रहेको सञ्चित  जगेडा वा पूँजीगत जगेडा रकमबाट जारी गरिन्छ l यस्ता रकम चुक्ता पूँजीमा देखिने हुँदा यसलाई पूँजीगत खर्चको रुपमा हेर्नुपर्ने हुन्छ l पूँजीबाट कम्पनीले व्यवसायिक गतिविधि सञ्चालन गर्ने हुँदा यसलाई साधारण खर्च मान्न सकिन्न l

वस्तु कि लगानी

बोनस शेयर मात्र हैन, समग्र शेयरलाई नै ‘वस्तु कि लगानी’ भन्ने प्रश्न पनि उठेको पाइन्छ l शेयरलाई वस्तुसरह कारोबार गरिन्छ l यस आधारमा यसलाई वस्तुको दर्जा दिनुपर्छ भन्ने पनि सुनिन्छ l कारोबार वस्तुसरह गरे पनि यो वस्तु जस्तो ‘उपभोग्य र नष्ट हुने गुण’ हुन्न l एकजनाले बेच्छ, अर्कोले किन्छ, फेरी उसले पनि बेच्छ, अर्कोले किन्छ, घुम्दैफिर्दै पहिले बेच्नेकै हातमा पनि आइपुग्छ l खरिद र बिक्री हुँदै जाँदा यसको ‘गुण’ नष्ट हुँदैन l जस्तो स्वरुपमा यो शुरुमा थियो अनन्तकालसम्म उही स्वरुपमा रहन्छ l कम्पनीको अस्तित्व समाप्त (खारेजी) भएमा यसले कुनै स्वरूप प्राप्त गर्दैन र यसको किनबेचको क्रम पनि रोकिन्छ र यो अर्थहीन वा खोटा सिक्का सरह हुन्च्छ l शेयर जुनसुकै होस् यो लगानी हो l लगानी भएको कारण यसले वर्षैपिच्छे प्रतिफल दिन्छ l त्यसैले शेयर लगानी र प्रतिफललाई ‘रुख र फल’ को रुपमा लिइन्छ l शेयर भनेको ‘रुख’ हो यसले दिने लाभ ‘फल’ हो l रुख बेच्न पनि सकिन्छ, रुख बेचे पनि क्रेतालाई रुखले फल दिन छाड्दैन l तुरुन्तै वा वर्षौपछि बेचे पनि शेयरलाई अन्य वस्तु जस्तो ‘मौज्दात’ भनेर लेखांकन नगरी ‘लगानी’ भनेर लेखांकन गरिन्छ l इन्ट्राडे कारोबार भनिने उही दिन किन्ने र बेच्ने गरे पनि यो वस्तु हैन l शर्ट सेल भनिने कारोबारमा आफूसँग नभए पनि बेच्न सकिन्छ l शेयर बेचेर प्राप्त हुने नाफाम्मा अल्पकालीन र दीर्घकालीन हिसाबले लाभकर लाग्छ l

बोनस हित कि अहित

बोनस जारी हुने रकमको रुपमा कम्पनीको ‘सञ्चित नाफा र पूँजीगत जगेडा’ गरी दुई किसिमका रकम हुन्छन् l बोनस शेयर खासमा लाभांश हैन l यसले वासलातको आकारलाई कुनै फरक पार्दैन l एउटा शीर्षकमा लेखांकित रकमको स्थानान्तरण मात्र हो l त्यसोभए यो हितकारी छ कि छैन भन्ने प्रश्न स्वाभाविकरुपमा उठ्छ l सामान्य बुझाईमा यो ‘हितकारी’ हो भन्ने भए पनि विशिष्ट बुझाइमा यसले शेयरधनी र कम्पनी दुबैलाई ‘हित’ गर्दैन l बोनसपश्चात मूल्य समायोजन हुने हुँदा थप कित्ताले शेयरधनीको सम्पत्तिमा कुनै असर पर्दैन l वर्षैपिच्छे पूँजीको भार थपिँदा ब्यापार सोही मात्रामा थपिएर जान्छ भन्ने हुन्न र थपिए पनि एउटा बिन्दुमा पुगेपछि मन्दीको स्थिति आउँछ l कुनै पनि कम्पनीले जति मात्रामा नगद बाहिर पठाउने सामर्थ्य राख्छ, त्यसलाई सफल मानिन्छ l हरेक वर्ष कम्पनीले केही रकम सञ्चितिमा राख्दै जानु श्रेयस्कर कुरा हो l सञ्चित रकम पूँजीसरहको हो l  

बोनसमा कर

प्रथमत: बोनस शेयर कम्पनी र शेयरधनी दुवैको लागि ‘अहितकारी’ हुँदा यसलाई सदाको लागि बन्द गर्नुपर्छ l सामान्यतया बोनसको उपयोग शेयरलाई बढी तरल गराउन जारी गरिन्छ l शेयर विभाजन तरलता बढाउने उपयुक्त विकल्प हो l बोनस नै जारी हुँदा पनि आर्जित नाफा पूँजीकृत हुने हुँदा यो शेयरधनीको तर्फबाट भएको लगानी हो, लगानीमा कर लगाउन मिल्दैन l बोनसमा कर लगाउने हो भने हकप्रद र कम्पनी दर्ता गर्दाकै बखतमा निर्दिष्ट पूँजीमा कर लगाए हुन्थ्यो तर, लगाइन्न l नलगाईनुको कारण लगानी हो l लगानीबाट प्राप्त हुने लाभमा मात्र कर लाग्छ l बोनस जारी गर्दा शेयरधनीले रकम प्राप्त गरेकै हुन्न भने यस्तो अवस्थामा कर लगाइनु सर्वथा अनुचित कार्य हो l बोनस जारी हुने अर्को रकम ‘पूँजीगत जगेडा रकम’ हो l यस्तो रकमलाई पूँजीकृत गराउने कार्य पनि अनुचित हो, किनकी यो आफैँमा पूँजी हो l पूँजीकृत गर्दा पनि यसमा कर लगाउनु अर्को अनुचित कदम हो l

निष्कर्षमा, बोनस शेयरलाई अङ्कित मूल्यमा लगानी स्वीकार गरिएको हुँदा बोनस शेयरमा कर लगाउने कार्यलाई आगामी वर्षको आर्थिक विधेयकमा खारेज गरिनु नितान्त आवश्यक छ l 

२२ चैत २०७८, आर्थिक अभियान दैनिक 

https://www.abhiyandaily.com/newscategory-detail/405733

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...