Thursday, May 21, 2020

मर्ज कि हकप्रद


भनिन्छ ब्याएको दिनदेखि दिनहुँ ‘पाडो’ उचाल्दै गयो भने जवान हुँदा पनि सजिलै उचाल्न सकिन्छ रे ! तर जवान भए पछी उचाल्न त परै जाओस छुन पनि डर मान्नुपर्छ । जसरी पनि उचाल्छु भनेर गयो भने सिंगले आफैलाई उचाल्न बेर मान्दैन । उसको लातको मारमा परियो करंग मात्र हैन मेरुदण्ड पनि भाँचिन सक्छ र ‘गानो’ समेत जानसक्छ । यो प्रसँग बैंकको चुक्ता पूँजी वृद्धिसँग ठ्याक्कै मेल खान्छ । ठूला भनिएका बैंकको लागि अहिले यहि स्थिति आइपरेको छ । आम्दानी र जगेडामा भएको रकमले ठूला देखिएका तर पूँजीका हिसाबले साना बैंकको लागि पूँजी बढाउने कार्य माथि उल्लेख गरिएको ‘पाडो उचाल्ने’ प्रसंग भन्दा कम छैन । कति बैंकलाई ‘पाडोले उचाल्ने’ हो कि लातको मारमा परेर ‘गानो’ जाने हो त्यो हेर्न धेरै दिन कुर्नुपर्ने अवस्था छैन किनभने केन्द्रीय बैंकले आगामी २०७४ साल असार मसान्तभित्र तोकेको न्यूनतम पूँजी पुर्याउन निर्देशन दिएर पूँजी वृद्धि योजना मागेको समय सिमा सकिएको छ । तोकिएको सयम सिमा सकिनु अघि नै सबै बैंकले पूँजी वृद्धि योजना समेत दिएका छन् । केन्द्रीय बैंकमा के कस्तो योजना बुझाए त्यो आधिकारिक रुपमा सार्वजनिक नगरे पछी बिभिन्न छापा तथा अनलाइन पत्रिकाले नानाथरी कुरा लेखेर सर्वसाधारणलाई भ्रम पार्न लागेपछि केन्द्रीय बैंकले पूँजी वृद्धि योजना आफ्नो वेबमा समेत राख्न अर्को निर्देशन समेत दिएको छ । अनौपचारिकरुपमा बाहिर आएका योजनामा अर्को वाणिज्य बैंक गाभ्नेबोनस शेयर जारी गर्ने र त्यतिले नपुगे अन्तिम अस्त्रको रुपमा हकप्रद जारी गर्ने गरि पूँजी वृद्धि योजना सार्वजनिक गरेका छन् 

सामान्यतया भाद्र महिनामा नै साधारणसभाको लागि केन्द्रीय बैंकबाट स्वीकृति लिएर असोज महिनासम्म धेरै बैंकले वार्षिक साधारणसभा गरिसक्थे यसपटक ठूलो चाड दशैँ समेत कार्तिकमा परेकोले दशैँ खर्च आउने गरि साधारणसभा गर्न धेरै बैंक लालायित समेत थिए तर नगद लाभांश बाड्न निरुत्साहित गरेकोले तत्कालै साधारणसभा गर्नुपर्ने आवश्यकता नदेखेर फूर्सदले गर्न लागेको देखिन्छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा चुक्ता पूँजी वृद्धि गर्नुपर्ने कारण स्पष्ट पार्दै ‘बैंक तथा वित्तीय संस्थाहरुको पूँजीगत आधार सुदृढ गरी दीर्घकालीन विकासका लागि आवश्यक पर्ने स्रोत परिचालन गर्न तथा वित्तीय स्थायित्व प्रवद्र्धन गर्न न्यूनतम चुक्ता पूँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरिने छ ।’  भनेको छ । यो नीति सार्वजनिक भए पछि धेरै बैंकले आफु पूँजी वृद्धि गर्न सक्षम भएको भन्दै स्वागत समेत गरेका थिए । यसो गर्नुको कारण केन्द्रीय बैंकलाई सहयोग गरेको जस्तो देखाउनु थियो । तर भित्रभित्रै भने तर्सिएका थिए भन्ने कुरा पछिल्ला गतिविधिले बताएको छ । यस्तो कार्यमा बैंकलाई नांगले पसल जस्तो बनाएर कार्यकारी प्रमुखको जागिर खाइरहने र बैंकको संचालक हुने अनि राजनीतिको झोलाबोकेर भेट्टाए सांसदको पनि जागिर खानेहरुबढी देखिए । यस्तै चरित्रका व्यक्तिहरु केन्द्रीय बैंकमा पूँजी वृद्धि योजना पनि बुझाउने अनि बाहिर आएर ‘गाभ्ने गाभिने प्रकृया लामो छ शेयर कारोबार रोक्का हुन्छ लगानीकर्ताको लगानी डुब्छ भनेर अरण्यरोदन’ गर्न पनि पछि परेनन । तर यिनको अरण्यरोदनमा कोहि साथ देखिएका छैनन् किनकी लगानीकर्तालाई पनि थाहा छ गाभ्ने प्रकृया शुरु भएपछी केही समय कारोबार रोकिन्छ त्यस्तै यो पनि चाहन्छन कि बैंक गाभियोस र सवल सुदृढ संस्था बनोस । संस्था सवल सुदृढ भएपछी त्यसले दिने प्रतिफल राम्रो हुन्छ । प्रसवकाल गाह्रो हुन्छ भनेर कुन स्त्रीले जायजन्म गरेका छैनन् । संस्था सवल हुनको लागि गाभिनु नै एक मात्र बिकल्प हो । मौद्रिक नीतिले समेत ‘.....साथैबैंक तथा वित्तीय संस्थाहरुलाई एकआपसमा गाभ्नगाभिन र प्राप्ति गर्न थप प्रोत्साहन गरिने छ ।’ भनेर उल्लेख नै गरेको छ ।

कुन उपाय अपनाउने ?

नेपाल भन्दा सानो अर्थतन्त्र भएको देश भुटानमा समेत बैंकको पूँजी ५ अर्ब तोकेको छ । तर त्यो भन्दा ठूलो अर्थतन्त्र भएको नेपालमा भने वाणिज्य बैंकको चुक्ता पूँजी २ अरब हुनु अत्यन्त लज्जास्पद स्थिति थियो । बासेल ३ समेतले कम्तिमा ५ अर्ब पूँजी हुनुपर्ने कुरालाई निश्चित गरिसकेको अवस्थमा समेत यहाँ अत्यन्त न्यून पूँजी हुनु सान्दर्भिक थिएन । कतिपय बैंकले ठूलो पूँजीको महसुस गरेर नै हरेक साल आफ्नो आम्दानीबाट केहि पूँजी थप्दै गएको कुरा पनि यहाँ बिर्सनुहुँदैन ।

पूँजी बढ्नुपर्छ भन्ने कुरामा असहमत कोही पनि छैन । पूँजी बढाउने धेरै वितिय औजार रहेका छन् तर कुन वित्तीय औजार उपयोग गरेर बढाउने भन्ने प्रश्न पनि मूल बिसय हुन्आउछ । सबैभन्दा राम्रो औजार कुन हो त्यसलाई उपयोगमा ल्याउन भने सक्नुपर्छ । खुर्पाहसिया खुकुरी बन्चरो कर्द सबै हतियार हुन् तर कुन हतियार कुन बेला उपयोग गर्ने भन्ने कुरा उद्देश्यसंग मेल खाने हुनुपर्छ । ‘मार हान्ने’ बेला कर्द काम लाग्दैन तर ‘चोया काढ्नु’ पर्दा भने कर्द नै चाहिन्छ । ‘घाँस काट्ने’ बेला बन्चरो काम लाग्दैन तर ‘मुढा चिर्न’ बन्चरो नै चाहिन्छ । त्यसकारण अहिले कर्दखुकुरी वा बन्चरो कुन हतियार चलाउने भन्ने मुख्य प्रश्न उब्जेको छ । बैंकहरुले केन्द्रीय बैंकमा बुझाएको पूँजी वृद्धि योजना हेर्दा घरमा भएको बन्चरोखुकुरी कर्दहसियाभालाखुँडा लगायत सबै हतियारको विवरण दिएको जस्तो छ ।

पूँजी योजनामा भने जस्तो सबै बैंक बोनस दिएर पूँजी बढाउन सक्षम छैनन । यस्तो अवस्थमा संस्था खरिद वा क्षेत्रीयस्तरमा रहेका स-साना बैंक गाभ्नु उत्तम बिकल्प हो । ग्लोबल बैंकले क्षमता बढाएको स-साना बैंक वित्तीय संस्था गाभेर नै हो । क्षेत्रीयस्तरका बैंक गाभ्दा पूँजी मात्रै थपिन्न अपितु ति बैंकले आफ्नो क्षेत्रमा कायम गरेको साख र व्यापार पनि गाभिन्छ जसले गर्दा साबिकको वृद्धि सजिलै हासिल गर्न सकिन्छ । क्षेत्रीयस्तरका बैंकले आफ्नो क्षेत्रमा साख कायम गरिसकेकोले त्यस ठाउँमा त्यही संस्था अर्को ठूलो संस्थामा गाभिएर जाँदा अझ बढी साख कायम गर्नसक्छ र जनमानसमा अझ विश्वसनीयता हासिल गर्नसक्छ र व्यापार अझ बढेर जाँदा अन्ततः त्यो फाइदा गाभ्ने संस्थाले नै पाउन सक्छ । उदाहरणको लागि पोखरा र बुटवललाई आधार मानेर संचालन भईरहेका विकास बैंकले जुन उपलब्धि पाएका छन् त्यसलाई अहिलेका ठूला भनिएका वाणिज्यले गाभ्ने हो भने अत्यन्त छोटो समयमा नै उत्कृष्ट परिणाम हासिल गर्न सक्ने कुरामा शंका छैन ।  पूँजी योजना बुझाउन बेला हकप्रदलाई अन्तिम विकल्पको रुपमा राख्ने तर कार्यन्वयन भने शुरुमै गरेको देख्दा ‘पाडोको सिंगले उचाल्ने’ हो कि लातको मारमा परेर ‘गानो’ जाने हो त्यो हेर्न एक वर्ष मात्र कुरे हुन्छ । सिंगले भुडीमा उधिनेर उचाल्यो भने आन्द्रा मात्र छेडिएला कि कलेजो फोक्सो पनि भेट्ने हो त्यो अहिले भन्न सकिन्न । लातले हानेर पछार्दा ‘गानो’ गयो भने तंग्रिन धेरै समय लाग्छ कान्ला मुनि फाल्दियो भने मेरुदण्ड पनि भाँचिएर तंग्रिन नसक्ने हुन पनि सक्छ । ग्रान्ड बैंक (साबिक डिसीबिएल बैंक) र किष्ट बैंक (साबिक किष्ट मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स) केहि वर्ष अघि पाडो उचाल्नेप्रयास नगरेका हैनन् तर लात हानेर कान्ला मुनि फाल्दियोमेरुदण्ड नै भाँचीएर वर्षौं थलापरे पछी अहिले प्रभू (प्रभू बैंक) ले उद्धार गरिदिनु परेको छ । संधै प्रभू उद्धारको लागि आउँछ भन्ने छैन ।

अन्त्यमाबैंकको लागि यो अग्निपरीक्षा हो । चोरेर परीक्षा पास गरेर तह त पार गरिएला तर केहि सिकिन्न । त्यसैले एक वर्ष ‘फेल’ भएर त्यहि कक्षा दोहोर्याएर पढ्दा सिकिन्छ र सक्षम भइन्छ भने किन चोरेर ‘पास’ हुने रु बरु फेल हुनु राम्रो हैन र ?

मेरो लगानी 

राफसाफ कोष कार्यान्वयनमा अलमल


शेयरबजारमा दलाल कम्पनी कारोबार (खरीद र विक्री) गर्न नपाउने गरी निलम्बनमा परेको घटना बारम्बार देखिइरहेको छ । निलम्बनमा पर्ने विभिन्न कारणमध्ये एउटा कारण कारोबारपछिको राफसाफ (नगद) को दायित्व पूरा नगर्नु वा नहुनु पनि हो । कारोबार सम्पन्न भएको दिनबाहेक ३ कार्यदिनभित्र अर्थात् चौथो दिन दलालले शेयर र रकम राफसाफ गरिसक्नुपर्छ । कारोबारपछि नगद र शेयर दुवै दिने काम ग्राहक (क्रेता र विक्रेता) स्वयम्को हुन्छ । शेयर नपुग वा पुग्दै नपुगेमा त्यस्तो शेयर ग्राहकले अक्शन मार्केट (नेपालमा शुरू नभएको) बाट तोकिएको दिन खरीद गरेर दिनुपर्छ । अक्शन मार्केटमा पनि शयेर पाइएन भने क्लोज आउट परेको मानिन्छ र विक्री रकमको २० प्रतिशत जरीवाना तिर्नुपर्छ । तर, नगद उपलब्ध नभएमा एक्सचेन्जले खडा गरेको राफसाफ कोषबाट उपलब्ध गराएर राफसाफ गरिन्छ ।
राफसाफ कोषको अवधारणा
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ मा राफसाफ कोषको गठन हुने व्यवस्था गरिएको छ । शेयर कारोबार सम्पन्न भएपछि कारोबार दिनबाहेक तेस्रो अर्थात् चौथो कार्य दिन राफसाफ सम्पन्न हुनुपर्छ । विक्री भएको वा गरिएको शेयर उपलब्ध गराउने जिम्मा विक्रेताको हुन्छ भने क्रेताबाट रकम प्राप्त गरी राफसाफका लागि उपलब्ध गराउने जिम्मा दलालको हुन्छ । शेयर उपलब्ध भएर पनि नगद उपलब्ध नभएमा यसका लागि राफसाफ कोषबाट उपलब्ध हुन्छ । कोषबाट प्राप्त हुने रकम दलालले ग्राहकका लागि लिइदिने हुँदा त्यसको व्ययभार ग्राहकको हुन्छ र यसको शोधभर्ना ग्राहकले किनेको शेयर बेचेर वा नगदै प्राप्त गरेर गरिन्छ । नगद राफसाफ नेटिङ प्रणालीबाट समेत गर्न सकिन्छ । नेटिङ प्रणाली भनेको तिर्नुपर्ने रकमबाट पाउनुपर्ने रकम कटाएर बाँकी रकम बुझाउनु हो । यसो गर्दा पनि रकमको कमी हुन गएमा राफसाफ कोषबाट सापटी लिएर राफसाफ गर्न सकिन्छ । तर, नेपालमा यस्तो कोषसम्बन्धी कानूनी पूर्वाधार भएर पनि यसको गठन भएको छैन ।
प्राप्त हुने रकम र ब्याज
कुनै ग्राहकले किनेको धितोपत्रको रकम राफसाफ गर्नुपर्ने अवधिभित्र नबुझाएमा त्यस्तो अवधिपछि उक्त कारोबारको राफसाफका लागि सम्बद्ध कारोबार सदस्य (दलाल) ले कोषबाट रकम सापटी लिई राफसाफ गर्नसक्छ । कोषबाट प्राप्त हुने रकमको अधिकतम सीमा कारोबार रकमको ७५ प्रतिशतसम्म हुनेछ । यसरी प्राप्त रकम ७ दिनभित्र वार्षिक १० प्रतिशतको दरले ब्याजसहित फिर्ता (कोषलाई) गर्नुपर्ने हुन्छ ।
यसरी कोषबाट रकम प्राप्त गर्न कोष र कारोबार सदस्य (दलाल) बीच सो सम्बन्धी सम्झौता भएको हुनुपर्नेछ । कोषबाट रकम प्राप्त गरी कारोबार राफसाफ गर्नुपर्ने भएमा सोसम्बन्धी जानकारी सीडीएस एन्ड क्लियरिङ (सीडीएस) लाई लिखित रूपमा दिनुपर्नेछ । यसरी जानकारी प्राप्त भएमा सीडीएसले त्यस्तो कारोबार सदस्यलाई क्लोज आउट (कारोबार गर्नबाट वञ्चित) गर्ने छैन । कारोबार सदस्यले कोषबाट प्राप्त रकम ग्राहकका लागि किनिएको सम्बद्ध धितोपत्रको विक्री गरी फिर्ता भुक्तानी गर्नसक्नेछ । धितोपत्र विक्री गर्दा सम्बद्ध धितोपत्र राफसाफका लागि लिइएको रकमभन्दा बढी प्राप्त भएमा त्यस्तो बढी रकमसमेत कोषमा दाखिला गर्नुपर्नेछ । तर, त्यस्तो धितोपत्रको विक्री गर्दा पहिलेको खरीद रकमभन्दा कम प्राप्त भई नोक्सान भएको अवस्थामा कारोबार सदस्यले कोषसँग थप रकम दाबी गर्न सक्ने छैन ।
कोषको कोष
कुनै ग्राहकले रकम बुझाउन नसकेमा दलालले कोषबाट रकम प्राप्त गरी राफसाफ गर्न सकिने व्यवस्थाका बारेमा बुझेपछि कस्तो कोष हो, कोषमा रकम कहाँबाट आउँछ भन्ने स्वाभाविक प्रश्न आउनसक्छ । नभएको शेयर विक्री आदेश प्रविष्ट भएपछि त्यस्तो नभएको शेयर प्राप्ति हुने स्थान अक्शन मार्केट भएजस्तै नगद राफसाफ हुन नसक्ने सम्भावित समस्यालाई दृष्टिगत गरी यस्ता कोषको परिकल्पना गरिएको हो । धितोपत्र कारोबार तथा सूचीकरण नियमावली, २०७५ मा धितोपत्र बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार राफसाफ (नगद) गर्न अनिवार्य रूपमा राफसाफ कोष खडा गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तो कोष खडा गर्नुको मूल उद्देश्य राफसाफ कार्य नरोकियोस् र सुचारु रूपले कारोबार सञ्चालन भइरहोस् भन्ने अभीष्ट हो । कुनै ग्राहक (क्रेता) ले खरीद गरेको शेयरको कुनै कारणवश रकम भुक्तान गर्न नसकेमा ग्राहकका लागि अस्थायी रूपमा रकम उपलब्ध गराइएको हो । यस्तो कोषमा नेप्से, सीडीएस र दलालले ५ वर्षसम्म प्रत्येक वर्ष खुद मुनाफाको शून्य दशमलव ५ प्रतिशत रकम जम्मा गर्नुपर्छ । ५ वर्ष बितेपछि प्रत्येक वर्ष शून्य दशमलव २५ प्रतिशत रकम जम्मा गरेर कोष निर्माण गर्नुपर्छ । कोषमा यसबाहेक (क) कोषमा जम्मा भएको रकममा आर्जित ब्याज, (ख) कोषले कारोबार सदस्य (दलाल)लाई उपलब्ध गराएको रकममा प्राप्त ब्याज वा नाफा रकम र (ग) अन्य स्रोतबाट प्राप्त हुने रकम रहेको हुन्छ । यस्ता कोष प्रायः सबै देशमा खडा गरिएको हुन्छ । यसरी प्राप्त रकम आवश्यक भएको समयमा तत्काल उपलब्ध हुने गरी कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नुपर्छ ।
कोष सञ्चालन र व्यवस्थापन
यस्तो कोष सञ्चालनका लागि नेप्सेका प्रमुख कार्यकारी अधिकृत वा निजले तोकेको वरिष्ठ अधिकृतको संयोजकत्वमा (१) सीडीएसका प्रमुख कार्यकारी अधिकृत वा निजले तोकेको वरिष्ठ अधिकृत, (२) धितोपत्र दलाल व्यवसायीको प्रतिनिधि, (३) सीडीएसको राफसाफ हेर्ने वरिष्ठ अधिकृत, (४) नेप्सेका प्रमुख कार्यकारी अधिकृतले तोकेको अधिकृत सदस्य सचिव रहेको सञ्चालक समिति रहने व्यवस्था छ । सञ्चालक समितिको बैठकसम्बन्धी अन्य कार्यविधि समिति आफैँले निर्धारण गरेबमोजिम हुन्छ । यस्तो कोषको लेखा (हिसाबकिताब) नियमनकारी निकायबाट तोकिएको प्रचलित लेखासम्बन्धी व्यवस्थाबमोजिम र लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट हुने व्यवस्था छ । नगद राफसाफ हुन नसकेका कारण खोली प्राप्त भएको रकम कारोबार सदस्य (दलाल) ले दुरुपयोग गर्न नहुने र गरेमा सजायको व्यवस्था गरिएको छ । कोषको नाममा धितोपत्र नामसारी गरिदिने, ग्राहकलाई लाभ पुर्याउन सापटी लिने, ग्राहक (क्रेता) सँग लिएको रकम अन्य कारोबारमा उपयोग गरी राफसाफका लागि अपुग भन्दै कोषबाट रकम लिने कुनै कार्य गरे गराएमा कोषको दुरुपयोग गरेको मानिने व्यवस्था छ । कारोबार सदस्यले कोषको दुरुपयोग गरेको पुष्टि भएमा त्यस्तो कारोबार सदस्यबाट सापटी रकममा लाग्ने ब्याजका अतिरिक्त थप १० प्रतिशतले हुने रकम हर्जाना स्वरूप असुल गरिने व्यवस्था छ । कारोबार सदस्यले पटकपटक कोषको दुरुपयोग गरेमा नेप्सेले त्यस्तो कारोबार सदस्यको सदस्यता बढीमा १ महीनाका लागि निलम्बन गर्न सक्ने व्यवस्था छ ।
अन्त्यमा, कोषको सञ्चालनसम्बन्धी कानूनी पूर्वाधार बनिसकेको हुँदा अविलम्ब कोष स्थापना गरी यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता देखिएको छ । गत आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदनलाई आधार मानेर नेप्से, सीडीएस र दलालको योगदानबापतको रकम प्राप्त गरी र सरकारले समेत कम्तीमा १ अर्ब रुपैयाँ उपलब्ध गराई कोष खडा गर्नुपर्ने आवश्यकता छ । कोष स्थापनासँगै यसको सञ्चालनसम्बन्धी कार्यविधि बनाउने कार्यमा लाग्नुपर्ने देखिन्छ । साथै, कोष सञ्चालक समितिमा धितोपत्र कानून र बजारको ज्ञान भएको स्वतन्त्र सञ्चालक पनि रहनु आवश्यक छ ।
६ जेष्ठ २०७७, अभियान


Sunday, May 17, 2020

नेपाल पुनबिमा कम्पनीको सूचीकरण कहिले र कुन समूहमा रहला ?


नेपाल पुनबिमा कम्पनीले सर्वसाधारणलाई शेयर जारी गरेर बाँडफाँड पनि गरिसकेको छ  कोरोनाको त्रासदीले स्थानहद नलागेको भए अहिलेसम्म कारोबारमा आइसक्ने थियो  शेयर बिक्रीको आवेदन खोलेर बन्द भएको बढीमा १ हप्ताभित्र बाँडफाँड हुनुपर्नेमा स्थानहदकै कारण बाँडफाँडमा पनि ढिलाई भएको थियो  स्थानहद लागेपछि नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई शेयर कारोबार स्थगन गर्न आदेश दिएपछि शेयर कारोबार रोकिएको छ  शेयर कारोबार रोकिएको कारण कम्पनीले शेयर सूचीकरण समेत गराएको छैन  यद्धपि कम्पनीले आरविवि मर्चेन्ट बैंकलाई शेयर रजिष्ट्रार नियुक्त गरिसकेको छ  कम्पनीका अधिकारीले शेयर कारोबार खुल्नासाथ कारोबारयोग्य हुनेगरी सूचीकरण गरिने बताएका भए पनि स्थानहदको बेला गत वैशाख ३० र ३१ गते दुइ दिन शेयर कारोबार खुल्दा पनि यसको शेयर सूचीकरण नगरिएको कारण कारोबार भएन  अब सम्भवत अर्को पटक कारोबार खुल्दा यसको पनि सूचीकरण हुने अनुमान गर्न सकिन्छ 

कुन समूह रहला ?

धेरैको मनमा यस कम्पनीलाई नेप्सेले कुन समूहमा राखेर कारोबार गराउला भन्ने चासो देखाएका छन्  १० अर्व रुपैयाँको चुक्ता पूँजी भएको हुँदा यसको कारोबार मूल्यले नेप्सेको सूचक र समूहगत सूचकलाई हल्लाउन सक्छ  ठुलो पूँजीयुक्त र कारोबार पश्चात कम्तिमा ३ सय रुपैयाँ बजार भाउ रहेमा वा त्योभन्दा बढी कायम भएमा ३० अर्ब रुपैयाँ वा बढीको बजार पूँजीकरण हुने हुँदा यसको समूह कुन होला भन्ने चासो बढेको हो  नेप्सेले बिमा कम्पनी लाई २ अलग-अलग (जीवन र निर्जीवन) समूहमा राखेको हुँदा पुनविमा कम्पनी कुन समूहमा पर्ला भन्ने चासो देखिएको हो  पुनबिमा कम्पनीले जीवन र निर्जीवन दुबै कार्य गर्ने हुँदा यसलाई जीवन वा निर्जीवन दुबैमा राख्न पनि मिल्दैन र एक समूह (जीवन र निर्जीवन) मा मा राख्न मिल्दैन  यस हिसाबले यसको समूह अन्य उपयुक्त हुनसक्ने अनुमान गर्न सकिन्छ  किनकि अन्य समूह भनेका कतै पनि जोडा नमिल्नेलाई राखिने ठाउँ हो  समग्र नेप्से परिसूचकका लागि जता राखे पनि फरक पर्दैन तर, समूहलाई  भने तात्त्विक असर पर्छ  हाइड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनीको नाम हेर्दा जलविद्युत कम्पनी जस्तो देखिए पनि यसलाई जलविद्युत समूहमा राखिएको छैन  यसको कारण के हो भने यसले आफैँले अनुमति लिएर जलविद्युत उत्पादन गर्दैन  यसको सहायक वा प्रवर्द्धित कम्पनीले जलविद्युत विकास (उत्पादन) गर्छ  त्यस्तै, वित्त समूहमा राखिएको नागरिक लगानी कोष अहिले अन्य समूहमा स्थानान्तरण गरिएको छ  किनभने यसले पनि वित्तीय कारोबार गरे पनि यो निक्षेप लिने बैंकिंग जस्तो संस्था हैन  यो फरक प्रकारको वित्तीय संस्था भएको कारण यसलाई वित्त समूहवाट झिकेर अन्यमा सारिएको हो  यस आधारमा पुनविमा कम्पनीको समूह अन्य हुनसक्ने अनुमान गर्न सकिन्छ 

कतिमा सूचीकरण र लभांश

आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण भएको कम्पनीको वित्तीय प्रतिवेदन अनुसारको नेटवर्थ १ सय ४१ रुपैयाँ १५ पैसा छ  यसको आधारमा नेप्सेले कारोबार मूल्य दायरा तोकेमा १ सय ४१ रुपैयाँ १५ पैसादेखि ४ सय २३ रुपैयाँ ४५ पैसासम्ममा पहिलो कारोबार हुनेछ  आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण नभएको तर, व्यवस्थापनले प्रमाणित गरेको आधारमा १ सय ५३ रुपैयाँ ५८ पैसादेखि ४ सय ६० रुपैयाँ ७३ पैसामा पहिलो कारोबार हुनेछ  कम्पनीको प्रतिशेयर आम्दानी त्यति आकर्षक नदेखिएको हुँदा यसले वर्षमा औसत १० प्रतिशत लाभांश दिन सक्ने स्थिति देखिन्छ  यस्ता विमा कम्पनीले आफैँ बिमा नगराउने हुँदा अन्य विमा कम्पनीमा आम्दानी निर्भर हुन्छ  कम्पनीको उद्देश्यमा बिमा व्यवसाय समेत गर्ने भन्ने उल्लेख छ  यस आधारमा आफैँले बिमा व्यवसाय गरेमा आम्दानी बढ्न सक्ने सम्भावना छ  तर, कम्पनीले के के गर्ला त्यो हेर्न बाँकी छ   प्रथम वर्ष भने कम्पनीले संचित जगेडा\बाट अपेक्षाभन्दा बढी लाभांश बाँड्ने प्रस्ताव गर्न सक्छ 

४ जेठ, २०७७, इन्सुरेन्स खबर
https://insurancekhabar.com/2020/05/81924/

Wednesday, May 13, 2020

नियमनमा चुकेको नियामक


नेपालको शेयरबजार नियामक (नेपाल धितोपत्र बोर्ड), बजार सञ्चालक (नेपाल स्टक एक्सचेन्ज) र मध्यस्थकर्ता (दलाल) कसैको अधीनमा देखिन छाडेका छन् । माइक वा मिडिया भेटेपछि तीन त्रिलोक चौध भुवनको सर्वज्ञ मर्मज्ञ ज्ञाता मै हुँभनेझैं व्याख्यान सुनाउन थालिहाल्छन् । तर, कानूनले निर्दिष्ट गरेको आफ्नो काम, कर्तव्य र अधिकारको लक्ष्मणरेखाभित्र बसेर तत् तत् कार्य गरेको देखिँदैन् । एक व्यक्तिमा धेरै विषयको ज्ञान हुनसक्छ तर, त्यस्तो ज्ञानको उपयोग तत् तत् ठाउँमा गर्दा मात्र त्यसको उपयोगिता हुन्छ, जहाँ पायो गरिनु हुँदैन ।
तीन निकाय तीन अभिव्यक्ति
शेयरबजारका तीन निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र दलालले बारम्बार आफ्नो काम, कर्तव्य र अधिकार क्षेत्रभन्दा बाहिर गएर दिएका केही अभिव्यक्ति शेयरबजारको मान्यता र सिद्धान्तसँग पटक्कै मेल खाँदैन । यी तीन निकायका अधिकारी र पदाधिकारीले लापरवाहपूर्वक दिएका अभिव्यक्ति केही सीमित व्यक्तिलाई पाच्य होला । तर, सिद्धान्त र कानूनतः गलत हुन् । केही प्रतिनिधि अभिव्यक्तिको दृष्टान्त उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।
१. अब यसपछि के होला भनेर सरसर्ती हेर्दा स्थान हद (लकडाउन) पछि सामान्य रूपमा बजार खुल्यो भने परिसूचकमा पनि केही सामान्य गिरावट त आउला तर अहिले बजारमा हल्ला भएजस्तो भयङ्कर ठूलो गिरावट आउनेचाहिँ म देख्दिनँ । त्यस्तै, स्थानहदपछि आर्थिक व्यवसाय खुल्दा मानिसहरूले तत्कालै लगानी गर्ने ठाउँ शेयरबजार नै उपयुक्त हुनसक्छ । यी दुई अभिव्यक्ति नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाका हुन् ।
२. स्वच्छ धनको मात्र कारोबार भएको र कालोधन बजारमा आउन नसकेका कारण बजार घटेको हो । यस्तो अभिव्यक्ति अर्थमन्त्री डा. युवराज खतिवडा उपस्थित कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दिएका हुन् ।
३. जलविद्युत् आयोजना निर्माण नसकिँदै सर्वसाधारणलाई शेयर विक्री गर्दा जलविद्युत्को मूल्य दोस्रो बजारमा घट्न पुगेको हो । त्यस्तै, यस्ता कम्पनीहरूले आयोजना निर्माण पूरा गरी त्यसबाट नाफा कमाएपछि मात्र लगानीकर्तालाई बोनस दिने भएकाले शेयर मूल्यमा कमी आएको हो । यी दुई अभिव्यक्ति ब्रोकर एशोसिएशनका अध्यक्ष एवम् दलाल नं. ३५ का भरत रानाभाटको हो ।
तीन अभिव्यक्तिको चिरफार
अघिल्लो अनुच्छेदमा उल्लेख गरिएका केही प्रतिनिधि अभिव्यक्तिको सान्दर्भिकता र यी निकायका कामकर्तव्यका विषयमा थोरै चर्चा गरौं ।
१. कोरोना भाइरसका कारण अहिले संसारका अधिकांश देशले स्थानहद (लकडाउन) लगाएका छन् । मानिसको आवतजावतमा नै प्रतिबन्ध लागेकाले सेवा सञ्चालनमा कठिनाइ परे पनि नगरी नहुने काम रोक्न हुँदैन । संसारले शेयरबजार सञ्चालन गर्न सकिने नियमित वा वैकल्पिक जुन विधिवाट सकिन्छ, सोही पाराले बजार सञ्चालन गरेका छन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २(छ) मा कृषि, सहकारी, उद्योग वा अन्य कुनै खास आर्थिक प्रयोजनका लागि कर्जा दिने वा सर्वसाधारण जनताबाट निक्षेप संकलन गर्ने उद्देश्यले प्रचलित कानूनबमोजिम स्थापना भएको वित्तीय संस्था सम्झनुपर्छ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वित्तीय संस्था भनी तोकिदिएको संस्था समेतलाई जनाउँछभनिएको छ । तर, आजसम्म नेपाल राष्ट्र बैंकले इजाजतपत्र दिएकाबाहेक अन्य निकायले वित्तीय संस्थाको मान्यता पाएका छैनन् । धितोपत्र बजारका अंग (दलाल, एक्सचेन्ज, मर्चेन्ट बैंक) अन्तरराष्ट्रिय रूपमा स्वीकारिएका वित्तीय क्षेत्र हुन् । कर असुल गर्ने प्रयोजनका लागि आयकर ऐन, २०५८ को अनुसूची १ मा वित्तीय क्षेत्रमा राखेको भए पनि वैधानिक रूपमा वित्तीय क्षेत्रको मान्यता सरकारले दिएको छैन र आजसम्म बोर्डले पनि पहल गरेको जानकारी आएको छैन । शायद यही कारण स्थानहदका बेला यसलाई सुचारु गर्न अत्यावश्यक क्षेत्रमा परेन ।
बोर्ड स्थापना गर्ने एवम् धितोपत्र बजारको संविधान (धितोपत्रसम्बन्धी ऐन २०६३) को प्रस्तावनामा धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति धितोपत्रको निर्गमन, खरीद, विक्री तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति धितोपत्रको निष्कासन, खरीद, विक्री तथा विनिमयलाई व्यवस्थित बनाईभन्ने वाक्यांशविपरीत बोर्ड अध्यक्ष नै मूल्य घट्छ र बढ्छभन्दै अनुमानको वक्तव्य दिएर गर्व गरेको देख्दा उदेक लाग्छ ।
बोर्डले नै बनाएको धितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली २०७३ को अनुसूची १६ मा उल्लिखित २५ ओटा मूल्य संवेदनशील विषयमा सूचना प्रवाह नगराउनेलाई आजसम्म बोर्डले उन्मुक्ति दिँदै आएको छ । घोषित लाभांश पटकपटक संशोधन रद्द हुनु सामान्य हो । त्यस्तै, अघिल्लो अनुच्छेदमा उल्लिखित अध्यक्षको पछिल्लो अभिव्यक्ति साह्रै लाजमर्दो छ । बोर्डको कार्यक्षेत्रभित्र पर्दै नपर्ने विषयमा किन यसरी बोल्ने रहर होला अचम्म लाग्छ । केन्द्रीय बैंकको विशिष्ट श्रेणीबाट अवकाशप्राप्त वर्तमान अध्यक्ष पनि पुरानै अध्यक्षको पदचिह्न पछ्याएर हिँड्नु दुर्भाग्य नै हो । बोर्ड र बोर्ड अध्यक्ष शेयरबजारका नियामक बन्न कहिल्यै प्रयास गरेको देखिएन । बरु एकातिर काटे मुंग्रो दुईतिर काटे पुङमाङजस्तो वित्तीय सल्लाहकारबन्नमा कुनै कसर बाँकी छाडेको छैन ।
२. नेप्सेका कार्यकारीको बखान गरिसाध्य छैन भन्ने कुरा त माथिको अनुच्छेदमा उल्लिखित अभिव्यक्तिले स्पष्ट पारिसकेको छ । धितोपत्र बजार सञ्चालन निकायको कार्यकारी भूमिकामा रहेका पदाधिकारीले सम्पत्ति शुद्धीकरण निवारण विभागका अधिकारीले झैं अभिव्यक्ति दिँदा पनि उनलाई आफूले बोल्न नहुने कुरा बोलें भन्ने हेक्का छैन । कुनै दिन यिनले नेपाल प्रहरीले अपराध अनुसन्धान गर्न नसकेको हुँदा शेयरबजार घटेको होभन्ने अभिव्यक्ति दिए भने आश्चर्य नमाने हुन्छ । नेप्सेको आधुनिकीकरण कसरी गर्ने, शेयर र म्युचुअल फन्डका एकाइ मात्र कारोबारको उपकरण भएकोमा थप केकस्ता अन्य उपकरण ल्याउन सकिन्छ जस्ता विषयमा चिन्तन गरेको देखिँदैन । ऋणपत्र (डिवेन्चर) पर्याप्त मात्रामा जारी भइसकेको हुँदा पनि अहिलेसम्म यसको कारोबार गराउने संयन्त्रको विकास भएको छैन तैपनि उनको ध्यान यता गएको देखिँदैन ।
३. तेस्रो अभिव्यक्तिकर्ताको अभिव्यक्ति त झन् लाजमर्दो छ । धितोपत्र दलाललाई ग्राहकका तर्फबाट खरीद वा विक्री आदेश प्रविष्टि गर्नेबाहेक अरू कुनै अधिकार हुँदैन । आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर अभिव्यक्ति दिँदा त्यसको मान्यता र सिद्धान्तविपरीत हुन्छ भन्ने पनि चाल नपाउने व्यक्ति दलाल र दलालका नेता बन्नु नै संस्थागत विकासको बाधक हो । यस्ता व्यक्ति दलाल र दलालका नेता भएपछि धितोपत्र बजारको प्राथमिक अंगले विश्वसनीयता जगाउन सक्ला भनेर अपेक्षा गर्नु बेकार हुन्छ । शेयर र शेयरबजार नबुझेका व्यक्तिले शेयर जारी कहिले गर्ने भन्दै अभिव्यक्ति दिँदा शेयरबजारकै गुणात्मक विकास ठप्प हुन्छ । दलाल भन्नेबित्तिकै जानेको हुनुपर्छ भन्ने छैन आदेश प्रविष्टि गरे पुग्छ अनेक व्याख्यान दिनु पर्दैन । तर, ‘लाटा देशको गाँडा तन्नेरीबन्ने रहरले समग्र क्षेत्रलाई नै प्रदूषित बनाउँछ ।
धितोपत्र बजारमा माथि उल्लिखित असान्दर्भिक व्याख्या विश्लेषणको वर्षा रोकिन पहिला नियामक (बोर्ड) अनुशासनमा बस्नुपर्छ अनि मात्र अरूलाई अनुशासनमा राख्न सकिन्छ । यसका लागि पहिला बोर्डले आफ्नो कार्यक्षेत्रको पूर्ण परिपालना गरेर मात्र सम्भव हुन्छ । आशा गरौं, बोर्ड अनुशासित भएर अगाडि बढ्नेछ र धितोपत्र बजारको गुणात्मक विकास हुनेछ ।
३० वैशाख २०७७, आर्थिक अभियान 


कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...