एक दिनदेखि अनन्तकालसम्म रहने
शेयर कारोबार गर्दा खरिदबिक्रीका लागि प्रविष्ट
गरिने आदेश र बहाल रहने अवधी विभिन्न प्रकारका हुन्छन् l एकपटक हालेको आदेश १५
दिनसम्म कायम रहन्छ भन्ने बाहेक अन्य प्रकारका आदेश कति दिन वा समयसम्म कायम रहन्छ
भन्ने विषय धेरैका लागि नौलो छ l अनलाईन प्रणालीमार्फत शेयर कारोबार हातहातमा पुगे
पनि प्रविष्ट गरिने आदेश र वहाल रहने अवधीको जानकारी प्राय:लाई छैन l अझ कतिपयलाई
त उपकरण (शेयर र फण्डका एकाइ) छनौट गरेर आदेश प्रविष्ट गर्नुपर्छ भन्ने पनि
जानकारी भएको देखिन्न l अनलाईन प्रणालीको टीएमस (ट्रेड म्यानेजमेन्ट सिष्टम) मा उपयोगकर्ता
प्रविष्ट भएपछि आदेश व्यवस्थापन (अर्डर म्यानेजमेन्ट) खण्डमा देखिने उपकरणका
प्रकार, प्रविष्ट गरिने आदेश, आदेश वहाल रहने अवधी र मूल्यको प्रकारका बारेमा
पर्याप्त जानकारी विना कारोबार सम्पन्न हुनसक्दैन l
टीएमएसका उपकरण
टीएमएसमा प्रवेश गरेर आदेश व्यवस्थापन (अर्डर म्यानेजमेन्ट) खोलेपछि आदेश (खरिद वा बिक्री) भन्ने विकल्प देखिन्छ l कारोबारका लागि ईक्वीटी (ईक्यू), बोन्ड (बीओ), म्युचुअल फन्ड (एमएफ), नन कन्भर्टीएबल डिवेन्चर (एनसीडी), प्रिफरेन्स शेयर (पीएस), पार्सल्ली कन्भर्टीएबल डिवेन्चर (पीसीडी), फुल्ली कन्भर्टीएबल डिवेन्चर (एफसीडी) र वारेन्टस (डब्लुएस) गरी ८ प्रकारका वित्तीय उपकरण देखिन्छन् l शेयरलाई जनाउन ईक्यू शब्द राखिएको छ l नेपालको शेयरबजारको सर्वाधिक प्रचलित वित्तीय उपकरण यही हो l यसपछिको दोस्रो सर्वाधिक प्रचलित उपकरण एमएफ हो l प्रचलित भाषामा डिवेन्चर भनिने उपकरण एनसीडीको नाममा कारोबार हुन्छ l कारोबार गर्दा यिनै उपकरणका प्रकार (आईएनएसटी टाईप) रोजेर आदेश प्रविष्ट गर्नुपर्छ l
आदेशको प्रकार
टीएमएसमा भएका वित्तीय उपकरण किनबेच गर्न विभिन्न प्रकारका आदेश प्रविष्ट गर्न सकिन्छ l आदेश कार्यान्वयन कसरी गराउने भन्ने ३ वटा विकल्प छन् l
१. अल अर नोन - प्रविष्ट कित्ता सबै कार्यान्वयन गराउने वा
गराउँदै नगराउने अर्थात् अल अर नोन यस अन्तर्गत पर्छ l यसमा आँशिक कित्ता स्वीकार
गरिन्न अर्थात् कार्यान्वयन हुन्न l यसका
फाईदा भनेको मागे जति कित्ता आफुले भनेकै भाउमा पाउन वा बेच्न सकिन्छ l जस्तो ५
हजार कित्ता शेयर ५ सय रुपैयाँको दरले आदेश प्रविष्ट गर्दा त्यतै नै कित्ताको लागि
आदेश नआएसम्म कार्यान्वयन हुँदैन र रद्द हुन्छ l यस्तो
प्रकारको आदेश लगभग ‘फिल अर किल’ भन्ने अर्को प्रकारको आदेशसँग केही हदसम्म मिल्दोजुल्दो छ l
२. तुरुन्त वा रद्द
- आदेशको अर्को विधि ईमीडीयट अर क्यान्सिल हो l यसप्रकार आदेश प्रविष्ट हुनासाथ
कार्यान्वयन हुन्छ वा तुरुन्तै रद्द हुन्छ l पुरै आदेश रद्द हुनु अघि तत्काल उपलब्ध
कित्ता कार्यान्वयन पनि हुनसक्छ l उदाहरणको ५ सय रुपैयाँका दरले १ सय कित्ता आदेश प्रविष्ट
भएकोमा पूरै कार्यान्वयन, पुरै रद्द वा आँशिक कार्यान्वयन हुन्छ l यस्तो आदेश कायम
रहने अवधी सेकेण्डमा हुन्छ l
३. फिल अर किल - यसप्रकारको आदेशको स्वरूप लगभग अल अर नोन जस्तै हुन्छ l अल अर नोनमा बहाल रहने अवधी दिनभर हुन्छ भने यसमा प्रविष्ट गरिएका आदेश तुरुन्त कार्यान्वयन हुने वा तुरुन्त रद्द हुन्छ l यसको समयावधि सेकेण्डमा हुन्छ l
आदेश वहाल रहने
अवधी
कारोबार समय शुरु भएपछि टीएमएसमा पूर्व, विशेष पूर्व र निरन्तर सत्र अन्तर्गत आदेश प्रविष्ट गर्न सकिन्छ l प्रविष्ट गरिएको आदेश वहाल रहने अवधी १ दिनदेखि रद्द नगरेसम्म कायम हुन्छ र सो अवधीभित्र मेल खाएमा कार्यान्वयन हुन्छ l शेयर कारोबारमा निम्न ३ किसिमका आदेश बहाल रहने अवधी छन् l
१. डे - यसमा
कारोबार खुलेको समयमा जुनसुकै बेला प्रणालीले तोकेको मूल्यान्तरमा आदेश प्रविष्ट
गर्न र दिनभरमा जतिपटक पनि मूल्यान्तर भित्र रही संशोधन गर्न सकिन्छ l यो सर्वाधिक
प्रचलित विधि हो l यस विधिबाट प्रचलनमा रहेका शेयर (ईक्यु), म्युचुअल फन्ड (एमएफ) र नन कन्भर्टीएबल
डिवेन्चर (एनसीडी) कारोबार गर्न
सकिन्छ l पूर्व कारोबार सत्रमा प्रणालीले तोकेको मूल्यान्तरमा यस्तो आदेश हाल्न
सकिन्छ l
२. जिटीसी - जिटीसी अर्थात गुड टिल क्यान्सिल्ड प्रकारको
आदेश बीचमा रद्द नगरेमा तोकिएको दिनसम्म प्रणालीले कायम राख्छ र सो अवधी पूरा
भएपछि स्वत: रद्द हुन्छ l यस्तो आदेश प्रविष्ट गरेको दिनदेखि १५ दिन (कार्य दिन
हैन) सम्म कायम रहन्छ l यस्तो आदेश निरन्तर सत्र (११ बजेदेखि ३ बजेसम्म) मा मात्र
राख्न सकिन्छ l आज फागुन २५ गते यस्तो आदेश राखेमा चैतको १० गतेसम्म कायम रहन्छ र
सो दिनसम्म आदेश कार्यान्वयन नभएमा स्वत: रद्द हुन्छ l यस्तो आदेश हरेक दिन राख्न
सकिन्छ l आदेश राख्दा सो दिनको मूल्यान्तरमा राख्नुपर्छ l मानौं आजको दिन ५ सय
रुपैयाँको आधारमा २ प्रतिशतको मूल्यान्तरमा ४ सय ९० रुपैयाँमा आदेश राखेमा १५
दिनभित्र भाउ बढ्दै ५ सय ५० रुपैयाँ पुगि घट्दै ४ सय ९० मा आइपुगेमा प्राथमिकताको
आधारमा यस्तो आदेश कार्यान्वयन हुन्छ l
३. जिटीडी - जिटीडी
अर्थात गुड टिल डे प्रकारको आदेश कति समयसम्म वहाल राख्ने भन्ने कुरा प्रविष्टकर्ताले
रद्द नगरेसम्म कायम रहन्छ l जिटीसी र यसको मुलभूत भिन्नता भनेको आदेश बहाल रहने
अवधिको मात्र फरक हो l अरु सबै कुरा एकै हुन्छ l
मूल्य प्रविष्टि विधि
प्रविष्ट गर्न सकिने मूल्य लिमिट र मार्केट गरी २ प्रकारका छन् l नेपालमा सीएनसी अर्थात् क्यास एण्ड क्यारीको मात्र कारोबार हुनेहुँदा टीएमएसको आदेश व्यवस्थापन प्रणालीमा यो (सीएनसी) स्थायीरुपमा देखिन्छ l यसबाहेक एमआईस (मार्जिन इन्ट्राडे स्क्वायर अफ), एनआरएमएल (नर्मल) जस्ता अन्य विधि पनि हुन्छन् l अहिलेको प्रचलित कारोबारमा मूल्य प्रविष्ट गर्दा लिमिट वा मार्केटमा मात्र गर्न सकिन्छ l लिमिटमा मूल्य प्रविष्ट गर्दा अन्तिम कारोबार मूल्यको २ प्रतिशतले घटबढ गरेर प्रविष्ट गर्नुपर्छ भने मार्केटमा मूल्य प्रविष्ट गर्दा कम्पनी सङ्केत र कित्ता मात्र प्रविष्ट गर्न पाइन्छ l बजारमा जुन मूल्यमा कारोबार भएको छ सोहीअनुसार मूल्य आफैँ निर्धारण हुन्छ l
यसबाहेक टीएमएसमा हाल नभएको ब्राकेट, कभर्ड, स्टप लस, स्टप लस मार्केट र डिस्क्लोज क्वान्टीटी जस्ता आदेश पनि हुन्छन l यस्ता आदेश हालको प्रणालीले समाहित गर्न सक्दैन l हालको कारोबार प्रणाली सीएनसी भएको हुँदा यस्तो आदेशलाई समाहित नगरेको हो l यसबाहेक एएमओ (आफ्टर मार्केट अर्डर) भन्ने पनि हुन्छ l तर, नेपालमा यस्तो किसिमको आदेश प्रविष्ट गर्न सकिने सुबिधा अहिले उपलब्ध भएको छैन l यसप्रकारको आदेश जुनसुकै बेला प्रविष्ट गर्न सकिन्छ र कारोबार भएको बखत प्राथमिकताको आधारमा कार्यान्वयन हुन्छ l यस्ता आदेश प्रविष्ट हुने सुविधाका लागि दलाल कम्पनी आफैले टीएमएसको विकास गर्नुपर्ने हुन्छ l हालसम्म पनि दलालले आफैँले टीएमएस बनाउन नपाएको हुँदा शेयर कारोबारका विविध सेवा सुविधा प्राप्त हुन सकेको छैन l यसका लागि शीघ्रातिशीघ्र दलाल कम्पनीलाई एपीआई (एप्लिकेसन प्रोग्रामिंग इन्टरफेस) उपलब्ध गराउनुपर्छ l साथसाथै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसको उपयोगसम्बन्धि दिग्दर्शन सरल भाषामा तयार गरी सार्वजनिक गर्नुपर्छ l
२५ फागुन २०७७, आर्थिक अभियान
https://www.abhiyandaily.com/newscategory-detail/383571
9 comments:
लेख धेरै उपयोगी छ सर, धेरै धेरै धन्यवाद 🙏
System मा english मा रहेका केहि शब्दहरु यहाँ नेपालीमा रहेको हुँदा केहि असहज जस्तो लाग्यो पढ्दैजाँदा ।
🙏Thank you so much sir 🙏
yo aile ko tms ma AON maile najaneko ho ki mero ma navayeko hola?
Very good article sir!
Very good article sir!
Very informative sir!
दुबैमा लेखेको छु त ।
TMS सबैलाई एकै हो कसरी भएन त त्यस्तो नहुनुपर्ने हो । आफ्नो दलाललाई सम्पर्क गर्नुस ।
Thank you for Informative Article.....
धेरै राम्रो जानकारी !
Post a Comment