साधारण शेयर बाँडफाँट गरेलगत्तै नाडेप लघुवित्तको शतप्रतिशत
हकप्रद शेयर जारी गर्नेसम्बन्धी घोषणा विशेष समाचार
बन्यो । यस्तै प्रकृतिको घोषणा उन्नति लघुवित्तले पहिले नै गरिसकेको थियो । साधारण शेयर जारी गरेलगत्तै हकप्रद जारी गर्ने घोषणा गरेको सन्दर्भमा
सङ्कलन गरिएको रकम उपयोगको अनुगमन पाटो केलाउने प्रयास गरिएको छ ।
उपयोग सम्बन्धी कानून
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ नियम ११(१) को अनुसूची ५ मा दिइएको विवरणपत्रको ढाँचाको खण्ड ग
(१०)(ख)मा ‘प्राथमिक (आईपीओ) र थप शेयर (एफपीओ)’बाट प्राप्त हुने पूँजीको उपयोग कुन शीर्षकमा गर्ने भन्ने खुलाउनुपर्ने व्यवस्था गरिएको छ । सोही
अनुसूची द्रष्टव्यको २३(क) मा प्राप्त रकम कसरी र कुन क्षेत्रमा उपयोग गरिनेछ, तत्सम्बन्धी विवरण उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, नियम १७(२) को अनुसूची ९ मा ‘हकप्रद शेयरसम्बन्धी व्यवस्था र विवरणहरू’को ढाँचा दिइएको छ । उक्त ढाँचाको ‘य’ मा हकप्रद शेयर जारी गर्नुको उद्देश्य
उल्लेख गर्नुपर्ने व्यवस्था छ । धितोपत्र निष्कासन तथा
बाँडफाँट निर्देशिका २०७४ दफा १२(८) अनुसूची १ को ७ नम्बरमा निष्कासनबाट प्राप्त हुने कुल रकम सम्बन्धमा वित्तीय रूपमा स्पष्ट खुलेको उपयोग योजना
सहितको विवरण खुलाउनुपर्ने व्यवस्था छ । त्यस्तै, सोही अनुसूचीको ११ नम्बरमा आफ्नो
व्यवसायसँग सम्बन्धित नियमन व्यवस्थाका कारण भए सो
सम्बन्धी विवरण १२ मा हकप्रद जारी गर्नुपरेको कारण, उठाइने पूँजी लगानी सम्बन्धी योजना तथा
उक्त लगानीबाट प्राप्त हुने प्रतिफल सम्बन्धी विवरण र
१३ मा हकप्रदको अनुपातलाई उचित मान्न सकिने आधार र त्यसलाई पुष्टि गर्ने वित्तीय स्थिति समेत खुलाउनुपर्ने व्यवस्था रहेको छ ।
निर्देशिकाकै दफा १२(६) मा सङ्गठित संस्थाले आफ्नो
व्यवसायसँग सम्बन्धित नियमन व्यवस्थाको
कारण बाहेक अन्य कारणले हकप्रद जारी गर्ने भएमा सो को कारण खुलाउनुपर्छ । पूँजी वृद्धिको उद्देश्य, वृद्धि गरिने हकप्रद, शेयर प्रदान गरिने अनुपात र पूँजीको उपयोग सम्बन्धी विवरण समेतको
व्यहोरा खुलाई साधारणसभाबाट निष्कासन गर्ने सम्बन्धी
प्रस्ताव पारित गरेको हुनुपर्छ । पूँजी प्राप्त गर्ने कानूनी व्यवस्था सम्बन्धी चर्चा पछि विगत १ वर्षमा विभिन्न कम्पनीले प्राथमिक निष्कासन
मार्फत सङ्कलन गरेको रकम के मा खर्च गर्ने भन्ने प्रस्ताव गरेका थिए, ती मध्ये केहीको विवरण तालिकामा उल्लेख गरिएको छ ।
संकलित पूँजी उपयोग सम्बन्धि विवरण
कम्पनी
|
उपयोग शीर्षक
|
रकम
|
जारी वर्ष
|
सपोर्ट लघुवित्त
|
पशुपालन तथा
कृषि कर्जा
|
७५ लाख
|
२०७४ कार्तिक
|
खुद्रा व्यापार
र सेवा कर्जा
|
७५ लाख
|
||
साना तथा घरेलु कर्जा
|
३० लाख
|
||
उन्नति लघुवित्त
|
भौतिक पूर्वाधार
तथा शाखा विस्तार
|
८० लाख
|
२०७४ माघ
|
पशुपालन र कृषि
कर्जा
|
६० लाख
|
||
खुद्रा व्यापार र सेवा कर्जा
|
५५ लाख
|
||
साना तथा घरेलु उद्योग कर्जा
|
३५ लाख
|
||
नगद मौज्दात
|
७ लाख
|
||
आरम्भ लघुवित्त
|
साना तथा घरेलु
उद्योग कर्जा
|
६० लाख
|
२०७४ फाल्गुन
|
खुद्रा व्यापार
कर्जा
|
९० लाख
|
||
पशुपालन तथा
कृषि कर्जा
|
८५ लाख
|
||
भौतिक पूर्वाधार
तथा शाखा विस्तार
|
५९ लाख
|
||
नाडेप लघुवित्त
|
पशुपालन तथा
कृषि कर्जा
|
२ करोड ५० लाख
|
२०७५ असार
|
खुद्रा व्यापार
तथा सेवा कर्जा
|
९० लाख
|
||
वैकल्पिक उर्जा
कर्जा
|
५० लाख
|
उपयोगको अनुगमन
धितोपत्र बोर्डले विभिन्न वित्तीय उपकरण मार्फत पूँजी
सङ्कलन गर्न अनुमति दिने बाहेक त्यसको
उपयोग कसरी भइरहेको छ भन्ने विषयमा अहिलेसम्म अनुगमन गरेको पाइएको छैन । विवरणपत्रमा एउटा शीर्षक देखाएर अन्यत्र
पो खर्च गरिएको छ कि ? यस्ता कैयौं अनुत्तरित प्रश्न रहेका छन् । नेपालमा यस्तो
अभ्यास नभए पनि अन्य देशमा भने नियमकले अनुगमन
गर्ने अभ्यास पाइन्छ । केही समय अघि बङ्गलादेशमा समिट पूर्वाञ्चोल पावर कम्पनीले आईपीओ मार्फत सङ्कलन गरेको रकम अग्राधिकार शेयर फिर्ता गर्ने मूल
उद्देश्य बताए पनि पछि उक्त उद्देश्य परिवर्तन गर्दै आफ्नै माउ कम्पनीको अर्को सहायक कम्पनीलाई प्राप्ति (एक्वायर) गर्न खर्च गर्ने निर्णय गरेपछि
ठूलै हल्लीखल्ली मच्चिएको थियो । त्यसपछि बङ्गलादेशी नियमक बङ्गलादेश सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनले सङ्कलित रकम खर्च हुने शीर्षक
साधारणसभाबाट पहिले नै अनुमोदन गराउनुपर्ने र सञ्चालकले मनखुशी शीर्षक परिवर्तन गर्न नपाउने गरी लगाम
लगाएको थियो । त्यस्तै, प्यासिफिक डेनिम्स लिमिटेड नामक अर्को कम्पनीलाई रकम उपयोगसम्बन्धी कानून पालना नगरी टाका २१
करोड दुरूपयोग गरेको उजुरीको आधारमा प्रबन्ध निर्देशक, कम्पनी सचिव, स्वतन्त्र सञ्चालक, प्रमुख वित्त अधिकृत र लेखापरीक्षकसँग बयान लिएको थियो । कमिशनले नियुक्त
गरेको लेखापरीक्षकले कम्पनीको आन्तरिक लेखा
नियन्त्रण प्रणाली लगायत अन्य धेरै अनियमितता भेटेको तथा कम्पनीले कारोबार गरेको भनिएका कैयौं कारोबार प्रमाणित गर्ने कागजात समेत उपलब्ध गराउन
नसकेपछि दुरुपयोग भएको रकम पदाधिकारी र अन्य अधिकारीबाट भराउन भनेको छ । कम्पनीले व्यापार विस्तार र ऋण तिर्न टाका ७५ करोडको आईपीओ जारी
गरेको थियो । सन् २०१५ मा मेशिनरी आयात तथा जडान, भवन निर्माण र परिवहन खर्चका लागि ४०
करोड टाका बराबरको आईपीओ जारी गरेको ड्रागन
स्वीटर एण्ड स्पिनिङ कम्पनीलाई २१ करोड टाका उपयोगमा अनियमितता गरेको आरोपमा १५ लाख टाका जरिवाना गरेको छ ।
समयावधि र अनुगमन
आईपीओ, एफपीओ र हकप्रद
मार्फत सङ्कलित रकम खर्च गर्ने शीर्षक विवरणपत्रमा उल्लेख गरिने भए पनि त्यो रकम कति समयमा खर्च गरिने भन्ने उल्लेख
हुन्न । रकम भनिएकै शीर्षकमा खर्च गरिएको जानकारी
कम्पनीले गराउने गरेको पाइँदैन । यस्तो जानकारी गराउनुपर्छ भन्ने कानूनी व्यवस्था पनि गरिएको छैन । निर्माणाधीन र निर्माण सम्पन्न
जलविद्युत् कम्पनीले पनि आईपीओ जारी गरिरहेका छन् । निर्माण सम्पन्न आयोजनाले ऋण तिर्ने, अर्को आयोजना बनाउने भनेर विवरणपत्रमा लेख्ने गरेका छन् । ऋण
तिरेको विवरण त्रैमासिक वित्तीय विवरणमा देख्न सकिन्छ तर अर्को बनाउन लागेको थाहा पाउन सकिन्न । यस्ता निर्माणाधीन अवस्थामा शेयर जारी गरेका
कम्पनीले सङ्कलन गरेको पूँजीको उपयोग विभिन्न शीर्षकमा यति रकम यसरी भइरहेको छ वा भइसक्यो अब यति रकम यसरी खर्च हुँदै छ भनेर त्रैमासिक वित्तीय
विवरणमा वा सकेसम्म छुट्टै रूपमा प्रकाशन गर्न लगाउनुपर्ने भएको छ । यसबाट लगानीकर्ताले आफूले लगानी गरेको रकमको उपयोग भएको जानकारी पाउन सक्छन् र
लगानी सुरक्षा भइरहेकोमा ढुक्क हुन सक्छन् । यसतर्फ बोर्डको ध्यान जानु आवश्यक भइसकेको छ ।
बोर्ड शेयर जारी गर्न स्वीकृति दिनेमा मात्र सीमित
हुनुहुन्न । आफूले स्वीकृत गरेको विवरणपत्रमा उल्लिखित
शीर्षकमा सङ्कलित रकमको उपयोग भए/नभएको खोजीनिती गर्ने जिम्मा बोर्डकै हुने भए पनि यस्ता विषयमा अहिलेसम्म ध्यान पुर्याएको देखिएको छैन । त्रैमासिक
प्रतिवेदन बोर्डमा पेश भएपछि आवश्यक परेमा स्थलगत निरीक्षणसमेत गरी सत्यतथ्यको सम्परीक्षण समेत गर्नुपर्ने हुन्छ । यस्तो कार्य नियामकीय जिम्मेवारी भित्र
पर्छ ।
विवरणपत्रको अग्रपृष्ठमा लगानीमा हुने जोखिमसम्बन्धी, नियमन निकायको जवाफदेहिता नरहने उद्घोषण, विक्री प्रबन्धक र सङ्गठित संस्थाको उद्घोष अन्तर्गत सञ्चालकको जिम्मेवारी तथा जवाफदेहिता
सम्बन्धी, नियमन निकायको नियमन व्यवस्थाको पालन सम्बन्धी, संस्थापक, सञ्चालक तथा कार्यकारी प्रमुख उद्घोष मात्र विवरणपत्रमा उल्लेख गराएर पुग्दैन । यी
र यस्ता उद्घोष वास्तविक रूपमा परिपालना भएका छन् वा
छैनन्, बोर्डले यसको परीक्षण बेलाबेलामा गरेर त्यससम्बन्धी प्रतिवेदन
लगानीकर्ताका लागि सरल रूपमा प्राप्त हुने प्रबन्ध मिलाउनुपर्छ ।
२०७५ मंगसिर ३ गते अभियान दैनिकमा प्रकाशित
http://www.abhiyan.com.np/?p=293403