Thursday, October 12, 2017

शरद, दशैँ र शेयरबजार

शरद ऋतु लागेको पनि एक हप्ता बितिसक्यो  वर्षा ऋतुको समाप्ति लगतै शरद ऋतु घर-आँगनमा टुप्लुक्क आइपुग्छ  शारदीय यामसँगै नदीहरु सफाकन्चन र निला देखिन थाल्छन  खेतका गरामा धानका बाला तँछाडमछाड गर्दै तरेली पर्दै बयली खेल्न थालेका छन्  सामवेदमा ‘वसन्त इन्नु रन्त्यो ग्रीष्म इन्नु रन्त्य:  वर्षाण्यनु शरदो हेमत: शिशिर इन्नु रन्त्य ।।’ अर्थात वसन्त ऋतु अत्यन्त मनमोहक हुन्छ र त्यसपछिका गृष्म वर्षा ऋतु पछि आउने शरद पनि आनन्ददायक हुन्छ भनिएको छ  यहि शरदको आनन्ददायक याममा सधैं आउने दशैँ पर्वको शुरुवात भएको छ  मालश्री धुनको मिठास गुन्जिन थाल्दा मनलाई आनन्दित बनाएको छ  कविशिरोमणि लेखनाथ पौडेलले ‘हट्यो सारा हिलो मैला हरायो पानीको वर्षा’ भन्दै दशैँ र शारदीययामको महिमा गाएका छन्  राष्ट्रकवि माधव घिमिरेले आई कैल्यै पनि नसकिने चैत वैशाख मेरा’ भने झैँ शरददशैँखेतका गरामा तरेली पर्दै धानका बालाले बयेली खेल्ने क्रम आई कहिल्यै सकिन्न 

तीन कारण 

दशैँ पर्व मनाउने समयलाई हेर्दा मूलतः तीन मुख्य कारणलाई आधार मान्न सकिन्छ  पहिलोआफूलाई आश्रय दिने गृहको सरसफाइ र मर्मत सम्भार गर्नु दोस्रोगृष्म र वर्षा ऋतुमा खेतीपाती गर्दा शारीरिक शक्तिको क्षय हुने हुँदा गुमेको शक्तिको पुनर्प्राप्ति गराउन मिठो पोषिलो र तागतयुक्त खानेकुरा खान/खुवाउने प्रवन्ध मिलाउनको लागि दशैँ पर्वको शुरुवात गरिएको हुनुपर्छ  महाभारतमा ‘अर्थस्य पुरुषो दास:’ भनिएको छ  मानव धनको दास भएकोले हमेशा कमाउन मात्र लाग्दा विश्राम समेत नलिने र निरन्तर कार्यमा मात्र लागिरहँदा शारीरिक कमजोरी हुने हुँदा पर्वको माध्यमबाट शरीरमा उर्जा पुनर्संचय गर्न बेलाबेलामा कुनै न कुनै पर्व मनाउने परिपाटी थालनी गरिएको हुनुपर्छ  तेस्रोविभिन्न कारणले टाढा रहन वा पुग्न वाध्य भएका परिवारका सदस्य भेला भएर मिठा पोषिला परिकार खाएर खुशीआनन्दमनोरञ्जन सहित सम्बन्धलाई नवीकरण गरिनु पनि एक प्रमुख अवसर हो  

भगवती र देवी

यजुर्वेदमा ‘ तस्य प्रतिमा अस्ति यस्य नाम महद्यश:  अर्थात ईश्वरको रुप आकार छैन भनिएको छ  इश्वर निराकार नश्वर भएपनि शक्तिले भरिपूर्ण छन्  ईश्वरको शक्तिलाई भगवती भनिएको छ  नवदुर्गा वा भगवती शक्तिका नाम हुन्  यी शक्तिहरुलाई भगवतीको रुपमा मानिएको छ  दशैँमा पूजा गरिने ९ वटी भगवतीलाई नौथरी शक्तिको उपासनाको रुपमा हेर्न सकिन्छ  शैलपुत्री-सम्भावनाब्रम्हचारिणीचुम्बकीयचन्द्रघण्टाध्वनीकुष्मान्डारासायनिकस्कन्दमाता-आकर्षणकात्यायनी-ब्रम्हान्ड केन्द्रकालरात्रि-उर्जामहागौरी-प्रकाशसिध्दीदात्री-विददुतिय शक्तिका रुप हुन   

देवी को हुन् भन्ने सन्दर्भमा ऋगवेदमा ‘इला सरस्वती मही तिस्रो देविर्मयोभुवः  बर्हि: सिदन्त्वस्रीध: ।। भनिएको छ  इला (मातृभाषा)सरस्वती (मातृ सभ्यता र संस्कृति) र मही (मातृभूमि) लाई देवी भनिएको छ  यी तिनै देवीलाई आदर र सम्मानपूर्वक आफ्नो अन्तस्करणमा विराजमान गराउनु पर्छ भनिएको छ  दशैँ वा कुनै पनि पर्व सांस्कृतिक पक्षलाई प्रतिविम्बित गर्ने पर्व भएकोले यसको महत्व सांस्कृतिक छ  त्यसैले यजुर्वेदमा ‘सा प्रथमा संस्कृतिर्वीश्ववारा’ भनिएको छ  

सामाजिक पक्षको रुपमा

अथर्ववेदमा ‘अन्यो अन्यमभिर्यत’ अर्थात एक अर्कासंग प्रेम बढोस भनिएको छ  पर्व यस्तै प्रेम बढाउने अवसर पनि हो  पर्व जुनसुकै होस् सामाजिक चरित्रको हुन्छ  नेपालमा बसोबास गर्ने जुनसुकै क्षेत्र जात वा धर्मावलम्बीले मनाउने पर्व सामाजिक सद्भावका प्रतीक हुन्  जुनसुकै पर्वमा उपस्थित भएर आत्मियता देखाउन सकिन्छ  संस्कृतिको सम्मान गर्दा आत्मियता बढ्छ वैमनस्यता घट्छ  सुनृतावन्त: सुभगा इरावन्तो हसामुदा:  अतृष्या अक्षुध्यास्त गृहा मास्मद विभितन ।।’ यो अथर्ववेदको अर्को एउटा श्लोक हो  यसले गृहस्थीको जीवन सत्यभाषीमधुर भाषीसुव्यस्थितउत्तम सौभाग्यशालीऐश्वर्यसम्पन्न भइ अन्न र धनले भरपुर होस् सधै हासीखुशी प्रसन्नतृष्णारहित सन्तोषीअभावग्रस्त र भयभित नहुनु भन्ने सन्देश दिएको छ   ऋगवेदमा ‘आ नो भद्रा: क्रतवो, यन्तु विश्वत’ अर्थात सबैतिरबाट शुभ प्राप्त होस भन्ने कामना गरिएको छ 

सामाजिक सद्भावबाटै मनोवान्छित इच्छा पुरा हुने कुरालाई यजुर्वेदले ‘अदिना: स्याम शरद: शतम्  भूयश्च शरद: शतात ।।’ हामी सय वर्ष भन्दा बढि वैभव सम्पन्न भएर सम्मानसाथ बाँचौ भनेको छ  अथर्ववेदको अर्को यो श्लोक पनि सामाजिक सन्देशयुक्त छ – ‘जिवेम शरद: शतम  वुध्येम शरद: शतम  रोहेम शरद: शतम  पुषेम शरद: शतम  भवेम शरद: शतम  भुषेम शरद: शतम  भूयसी: शरद: शतात ’ ज्ञान बढाउँदै उन्नति गर्दै सुखमय जीवन बिताउँ र सय वर्षसम्म हामीलाई यस्तै सुमंगल प्राप्ति भैरहोस 

पिंग र शेयर

शेयरबजार घट्ने र बढ्ने क्रम चलिरहन्छ  यसको सुन्दरता भनेकै घट्नु र बढ्नु हो  यसको चरित्रलाई दशैँमा थापिने पिंगसँग तुलना गर्न सकिन्छ  रोटे होस् वा लिंगे जुनसुकै पिंग पनि तलमाथि भइरन्छ  लिंगे पिंगको लठ्ठा समातेर र रोटेपिंगको पिरामा बसेर कुनै आनन्द प्राप्त हुन्न  लिंगे पिंग मच्चिंदै अगाडी पछाडीबाट माथि पुगिन्छ फेरी तलै आइपुग्छ त्यस्तै रोटेपिंग घुम्दै धुरीमा पुग्छ अनि तल झरिहाल्छफेरी माथि पुग्छ फेरी तल झरिहाल्छ  यहि चढ्ने र झर्ने चक्र नै पिंगको मजा हो  शेयरबजार पनि पिंग जस्तै हो  लिंगे पिंग कति माथि लाने उचाई र पिंग खेल्नको इच्छामा भरपर्छ  शेयरको अन्तिम विन्दु कुन हो थाहा हुन्न  माथिल्लो वा तल्लो विन्दु थाहा नहुने भएकोले जुक्ति लगाउनु पर्ने ठाउँ नै यहि हो 

मन्त्रहरू र शेयर

महाभारतमा ‘उद्योगम पुरुषलक्षणम’ अर्थात उद्योग पौरखीको लक्षण हो भनिएको छ  ऋगवेदले ‘मज्ज्यन्त्य विचेतस्’ अर्थात ज्ञान नहुँदा धोका खाइने र ‘अनुब्रुबाणो अध्येति न स्वपन्’ अभ्यासबाट सिकिने बताएको छ  यजुर्वेदले ‘आशिक्षायै प्रश्निनम’ अर्थात प्रश्न गर्नेले सिक्छ भनेको छ  कस्तो अवस्थामा लगानी वा उद्यम असफल हुन्छ भन्ने बारेमा नारदस्मृतिमा ‘यत्रश्रीर्यौवनम वापि परदारोपि तिष्ठति  तत्र सर्वान्धिता नित्यं मूर्खत्वं चापि जायते’ अर्थात ‘जहाँ धनयौवन र परस्त्री हुन्छ त्यहाँ सबै अन्धा र मुर्ख हुन्छन’ भनिएको छ  ऐतरेय ब्राह्मणले ‘इन्द्र इच्चरत: सखा’ अर्थात उद्योग गर्नेलाई इश्वरले साथ दिन्छन भनेका छन्  उन्नति र प्रगति गर्न ‘उत्थानं संयमो दाक्ष्यमप्रमादो धृति: स्मृति  समिक्षं च समारम्भो विद्धि मूलं भवस्य तु’ अर्थात ‘उद्योग, संयमदक्षतासावधानीधैर्यस्मृति र सोचविचार नै उन्नतिको मूल हो’ भनेर महाभारतमा भनिएको छ  लगानी गर्दा आफ्नै वुद्धि विवेक उपयोग गर्नुपर्ने आहारिसगालीगलौज र आक्षेपले हुन्न भन्ने कुरालाई मनन गराउन ऋगवेदमा ‘न स्रेधन्तं रयिर्नशत’ भनिएको छ 

अन्तमासमस्त पाठकगणमा यी वाक्यहरु सादर समर्पण सहित दशैँ पर्वको हार्दिक मंगलमय शुभकामना  सर्वे भवन्तु सुखिन.....जीवेम शरद शरद शतमआयुद्रोण सुते श्रीयं दशरथे शत्रुक्षयं राघवे...,  पूर्णमद: पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते  पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।

अभियान दैनिकमा प्रकाशित




No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...