Sunday, March 10, 2019

धितोपत्र बोर्ड, अध्यक्ष र शेयरबजार : किन बोर्डले लगानीकर्ताको पक्षमा निर्णय लिन सक्दैन ?


शेयरबजारको सर्वोच्च तालुकी अड्डा नेपाल धितोपत्र वोर्ड र प्राथमिक अंग दलालबीच भित्रभित्रै बलिरहेको ‘भुसको आगो’ सतहमा आएको छ | वोर्ड अध्यक्ष डा. रेवत कार्कीले संसदको अर्थ समितिमा दलालहरु ‘सक्षम, सुशासित र पारदर्शी’ नभएको भनेपछि दलाल संघले १४ वटा प्रश्न सहित बुझाएको ज्ञापनपत्रको जवाफमा वोर्ड र दलाल बीच चलेको पत्रयुद्ध पश्चात वार्तामा आउन दुवै पक्ष सहमत भएका छन् | दलालप्रति तीव्र नकारात्मक भाव देखाइरहेका ‘बाघ’ जस्तो स्वभावका अध्यक्ष एकाएक ‘मुसो’ बन्न पुगेको घटना र अन्य प्रासंगिक विषयमा संक्षिप्त सिंहावलोकन गर्ने प्रयास गरिएको छ |
पूर्वाग्रहले ग्रस्त
केन्द्रीय बैंक हुँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कार्यकारी बनेका कार्की शेयरबजारको तालुकी अड्डा वोर्डमा आएको पनि ४ वर्ष पुग्न अब ७ महिना मात्र बाँकी रहेको छ | वोर्ड अध्यक्षको रुपमा अन्तिम प्रहरको पनि अन्तिम प्रहरमा आइपुगेका कार्कीले वोर्ड आएदेखि नै शेयरबजारप्रति पूर्वाग्रह राखेको देख्न सकिन्छ | नेप्सेमा रहँदा चिच्याएर भाउ लगाउँदै हुने कारोबार प्रणालीलाई दलालको कार्यालयसम्म ल्याएर शेयरबजार र शेयर कारोबारलाई अत्यन्त ठूलो गुण लगाए | तर शेयरबजारकै तालुकी अड्डामा आएपछि दलाल प्रणालीलाई संस्थागतरूपमा शसक्त ढंगले विस्तारित गरेर अझ बढी गुण लगाउनुपर्नेमा गालीगलौजमा उत्रिए | शेयरबजार संवेदनशील क्षेत्र हो भन्ने राम्रोसँग बुझेर पनि बुझ पचाए | आफू मातहतका अड्डा (दलाल, स्टक, केन्द्रीय निक्षेपक आदि) प्रति त पूर्वाग्रही देखिए-देखिए कुनै दलीय टाँचा नलागेका लगानीकर्ताप्रति पनि पूर्वाग्रह राखेर दलीय स्वभाव पनि राम्रैसँग देखाउन भ्याए | वित्तीय क्षेत्रको नियमन निकायमा रहेको व्यक्ति तटस्थ हुनुपर्छ भन्ने मान्यतालाई विर्सेर पत्रपत्रिकामा लेख छाप्न पनि भ्याए |
बालहठी स्वभाव
शेयरबजारमा खपत हुने सूचना बैंकले बढी उत्पादन गर्छन भन्ने जान्दाजान्दै पनि बैंकलाई दलाल अनुमति दिन्छु भन्दै बारम्बार बोलेर लगानीकर्तालाइ रनभुल्लमा पारिरहे | कसैले माग गरिहाले पनि बेला भएको छैन/हुन्न भन्दै सब-ब्रोकर जस्ता विधिमार्फत दलालको उपस्थितिलाई शसक्त बनाउनेतर्फ लाग्नुपर्नेमा त्यसो पनि गरेनन | पहिले उठेर निस्तेज भइसकेको अर्को स्टकको विषयलाई अनावश्यकरुपमा उचाले | भएको स्टकको पुनसंरचना कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुको सट्टा ‘एउटा पोखरीको पानी अर्को पोखरीमा सारेर दुइटै पोखरी’ सुकाउने बहुस्टकको अनावश्यक बहस गरेर समय वर्वाद पारे | भारत र पाकिस्तानमा एक्सचेन्ज बन्द गरिएको र गाभिएको वेवास्ता गरि अर्को स्टकको ‘बेसुरा बाजा’ बजाए | नेप्से र वोर्ड एकै प्रकृतिको संस्था हैनन् भन्ने बुझेर पनि व्यक्तिगत टकराव लिएको कुरा घाम जस्तै छर्लङ्ग छ | सायद यहि टकरावका कारण स्टकलाई दिनुपर्ने कतिपय अधिकार दिएका छैनन् | उदाहरणका लागि सूचीकरण विनियमावली अनुसार बेलैमा सूचीकरण नवीकरण नगर्ने कम्पनीलाई नेप्सेले जरीवाना लिनसक्छ तर सूचीकरण विनियममा भएका सूचीकरण सम्बन्धि अन्य व्यवस्था उल्लंघन गर्ने कम्पनीका पदाधिकारी/अधिकारीलाई जरिवाना लिन सक्दैन |
कम्पनीगत नीति
वोर्ड अध्यक्षको रुपमा उनका गतिविधि लगानीकर्ता र देश हित भन्दा कम्पनी हितमा बढी देखिएको छ | एउटा कम्पनीलाई गैर-व्यवसायिक लाभ दिनकै लागि रातारात कार्यदल बनाएर बाटो खोलिदिए | बैंक/वित्त चार गुणा पूँजी वृद्धिको कसरतमा लागेको बेला प्राथमिकतामा नै नपरेको कम्पनीको सेवामा हाजिर हुन पुग्नुको परिणाम उक्त कम्पनीले राम्रै गैर-व्यवसायिक लाभ पायो तर देशले भने राजश्व गुमायो | नेपालको शेयरबजारमा अहिले पनि एकादुई कम्पनीको शेयर मूल्य बाहेक अधिकाँश कम्पनीको शेयर मूल्य ‘कर्नरिंग र भित्रि सूचना’ बाट निर्धारण हुन्छ | यति कुराको राम्रो जानकारी हुँदाहुँदै पनि बोर्डले उक्त कम्पनीलाई वोर्डमा निवेदन दिनु भन्दा ७ दिन अगाडिको १ सय ८० दिनको औसत बजार मूल्यलाई अधिक भार दिएर प्रिमियम वापत थप हुने रकम निर्धारण गर्न तदर्थ नीति बनाए | यसरी बनाइएको नीति मार्फत उक्त कम्पनीले ४ अर्ब हाराहारीमा प्रिमियम रकम हात पार्यो | पछि नेटवर्थको ४ गुणासम्मको रकम प्रिमियम थप्न पाइने अर्को वैकल्पिक विधि समेत ल्याइयो | त्यतिबेला बढीमा ७ सय सम्ममा बेच्न दिंदा सामान्य हुने (कम्पनीको नेटवर्थ त्यतिबेला १ सय ४३ रु. रहेको) मा कम्पनीकै हितको दिनसकिने भन्दा दोब्बर मूल्यमा बिक्री अनुमति दिँदा शेयरधनीले महँगो मात्र तिर्नु परेन राज्यलाई पनि लाभकर घाटा भयो |
अवान्छित लाभको सिलसिला

तदर्थ नीति बनाएर अमुक कम्पनीलाई अवान्छित लाभ दिने प्रक्रिया शेयर बिक्रीसम्म पनि कायम रह्यो | माघ १ गतेबाट लागु हुनलागेको आस्बा प्रणाली लागु हुनु २ दिन पूर्व बिक्री अनुमति दिएर बिक्री प्रवन्धक र निष्कासन बैंकलाई अवान्छित लाभ दिलाइयो | यसो गर्दा यी दुइ संस्थाले राम्रै लाभ त लिए तर सम्पूर्ण वित्तीय प्रणालीलाई गम्भीर असर पार्यो | बैंक/वित्तमा लगानीयोग्य रकमको अभाव भइरहेको बेला शेयर आवेदन मार्फत अन्य बैंक/वित्तबाट रकम बाहिरिएर एकै बैंकमा जम्मा हुनपुग्दा त्यतिबेला आएको समस्याको असर अहिले पनि देखिइरहेको छ | त्यतिबेला ५० अर्व भन्दा बढी रकम २ महिना भन्दा बढी एकै ठाउँमा केन्द्रिकृत भएको थियो | एक हिसाबले यी गम्भीर आर्थिक कसुर हो | त्यस्तै अधिकारक्षेत्र विहिन सम्पत्ति शुद्धीकरण कानुन विपरीत ‘कालोधन छानविन’ गर्ने भन्दै छानविन समिति बनाउने कार्य पनि एक प्रकारको गम्भीर कसूर हो | यसैको कारण शेयरबजारमा तिब्र गिरावट पनि आयो | यसबाट कयौं लगानीकर्ता प्रताडित बनेर रातारात शेयर फाल्न बाध्य भए यसको लाभ अर्को समुहले सजिलै लियो |
उन्मुक्ति नै उन्मुक्ति
कम्पनीहरुले निरन्तर मूल्य संवेदनशील सूचना संशोधन गरिरहेका छन् तर पनि यस्ता कम्पनीका अधिकारी/पदाधिकारी दण्डित भएका छैनन | बरु भएको कारोबार नै रद्द गरिदिएर कम्पनीलाई उन्मुक्ति दिएर लगानीकर्तालाइ भने भुंग्रोमा हाल्ने कार्यमा वोर्ड अग्रपंक्तिमा रहेको छ | कम्पनीको सभाले पारित गरेको हकप्रद प्रस्ताव कार्यान्वयन गर्न नलगाएको घटनाको सुची पनि लामै छ | हकप्रद कार्यान्वयन गरेर मात्र विलयमा जाउ भनेर आफैले दिएको निर्देशन अझ पनि वोर्डको वेवमा देख्न सकिन्छ | त्यस्तै हकप्रद र बोनस शेयरको आधार मूल्य गणनामा स्पस्ट विचार दिन नसक्दा आफ्नै कार्यकारी निर्देशकमाथि सांघातिक हमला भयो | शेयरबजारमा मूल्य अभिवृद्धि कर लाग्दैन/लगाउन मिल्दैन भन्ने विषयमा प्रष्ट पार्न नसक्दा यो मामला वर्षौं अल्झेर बस्यो | त्यस्तै अहिले स्थायी लेखा नम्बर (प्यान) लगाउने भन्दै वोर्डले नीति बनायो तर यो किन लगाउने भन्ने विषयमा वोर्ड आफैँ प्रष्ट हुनसकेको छैन | त्यस्तै बैंकलाई दलाल बनाउने विषय समेत ‘आफ्नो चाहना’ नभएको भनेर अर्को जगहँसाई पनि देखियो |
अन्तमा, धितोपत्र वोर्डको स्थान उच्च हुन्छ | वोर्डको एक/एक वाक्य शेयरबजारका लागि अमूल्य हुन्छ | बोल्दा निर्णय गर्दा होश पुर्यांउने कार्यमा लाग्नु श्रेयस्कर हुन्छ | दलाली कसलाई दिने भन्ने मूल प्रश्न हैन आवश्यकता अनुसार जसलाई दिँदा पनि हुन्छ | सिधै बैंकलाई दिए पनि बिमा वा बिमान कम्पनीलाई दिए पनि ति दलाल नै हुन् एकै प्रणाली हो | जसलाई दिए पनि शेयरबजारको गुणात्मक विकास हुनुपर्छ | बैंकलाई दिएपछि केन्द्रीय बैंकले नियमन गरिदिन्छ वोर्डलाई हाईसन्चो हुन्छ भन्ने सोच राखिएको हो भने त्यो सरासर गलत बुझाई हो | अवान्छित गतिविधि (भित्री कारोबार र कर्नरिंग) रोकिनुपर्छ |
 आर्थिक अभियान, २०७५ फाल्गुन २० 
http://www.abhiyan.com.np/?p=322934

शेयर विक्रीमा अधिक मूल्यको निर्धारण : बंगलादेश र नेपालको तुलना


शेयर अंकित मूल्यमा बेच्ने कि अधिक (प्रिमियम) मूल्यमा बेच्ने भन्ने विषयमा लामो विवाद र बहस चल्दै आएको छ । बहस र विवादकै बीचमा केही कम्पनीले अधिक मूल्यमा शेयर बेच्ने अभ्यास सम्पन्न गरिसकेका छन् । केही समय अघि केन्द्रीय बैंकका डेपुटी गभर्नरको संयोजकत्वमा गठित कार्यदलले अधिक मूल्य सम्बन्धमा सुझाव पनि दिएको छ ।
प्रचलनमा अधिक मूल्य
अधिक मूल्यको परिभाषा गर्दै धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २(झ) मा प्रिमियमभन्नाले धितोपत्रको अङ्कित मूल्यभन्दा बढी मूल्य सम्झनुपर्छभनेको छ । अधिक मूल्य निर्धारण गर्दा (क) कम्पनी कानूनले तोकेको अवस्था पूरा गरिसकेको, (ख) प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी बाह्य विज्ञ वा विज्ञ संस्थाबाट ड्यू डेलिजेन्स अडिट गरिएको र (ग) निर्देशिकामा उल्लिखित प्रिमियम निर्धारण सम्बन्धी व्यवस्था पालना गर्नुपर्ने व्यवस्था नियम २५ मा गरिएको छ । कम्पनी ऐन २०६३ को दफा २९(१) धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम धितोपत्रको सार्वजनिक निष्कासन गर्न सक्ने कुनै पब्लिक कम्पनीले धितोपत्र सम्बन्धी प्रचलित कानूनमा उल्लिखित शर्त तथा अवस्था बमोजिम प्रिमियम मूल्यको शेयर जारी गर्न सक्नेछभन्ने व्यवस्था गरेर धितोपत्र कानूनतर्फ नै फर्काएको छ ।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ को दफा ३७ मा प्रिमियम गणना गर्ने विधि सम्बन्धी व्यवस्था रहेको छ । गणना विधि अनुसार (१) पछिल्लो ३ वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ), (२) भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र (३) बोर्डमा निवेदन दिनुभन्दा ७ दिन अगाडिको १ सय ८० दिनको औसत बजार मूल्य गणना गर्नुपर्नेछ । यसरी प्राप्त योगलाई ३ ले भाग गरेर आउने भागफल प्रस्तावित प्रिमियम बापत थप हुने रकम हुन्छ ।
त्यस्तै, कम्पनीको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार प्रतिशेयर शेयर नेटवर्थको ४ गुणा रकम पनि प्रिमियम निर्धारण गर्ने अर्को विधि रहेको छ । प्रिमियम मूल्य निर्धारण सम्बन्धी यी दुई विधि मध्ये पहिलो एफपीओका लागि हो भने दोस्रो आईपीओको लागि निर्धारण गरिएको हो । एफपीओको प्रिमियम मूल्य निर्धारणमा दोस्रो विधि पनि उपयोग हुन सक्छ ।
माथि उल्लेख गरिएका २ ओटा मूल्य निर्धारण विधि पहिलो र दोस्रो विधिबाट गणना गर्दा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । दोस्रो विधिबाट प्रिमियम रकम निर्धारण गरिएको अवस्थामा बाहेक प्रिमियम निर्धारण गर्दा अवलम्बन गरिएका मान्यता तथा आधार खुलाई सोको औचित्य समेत स्पष्ट गर्नुपर्ने हुन्छ । 

नेपाल र बंगलादेशको उदाहरण 

बंगलादेश र नेपालको शेयरबजारको प्रकृति उस्तै रहेको छ । बंगलादेश नेपालभन्दा तुलनात्मक रूपमा विकसित जस्तो पनि देखिन्छ । नेपाल र बंगलादेशमा फरक भनेको त्यहाँ पटक-पटक (सन् १९९६ र २०१०/११) मा महासंकट भोगेको छ भने नेपालमा त्यस्तै स्थिति आइसकेको छैन । तरनियमकीय अक्षमता र लापरवाहले नआउला भन्ने पनि छैन । नेपालको शेयरबजार नियमक नेपाल धितोपत्र बोर्डले स्थापनाको २५ वर्षसम्म पनि हल्ला गर्ने बाहेक सिन्को भाँच्ने काम गरेको छैन । झन् वर्तमान नेतृत्व आएपछि त शेयरबजारको सुधारविकास र विस्तारभन्दा पनि आरोप र पूर्वाग्रहमा सीमित रहेको छ । २५ वर्षे अवधिमा नेपालको नियमकले गरेको उल्लेखनीय कार्यमा शेयरको अभौतिक कारोबार शुरुआतलाई भने एउटा कदम मान्न सकिन्छ तर शेयर विक्रीमा अपनाएको विधि हेर्दा भने लाजमर्दो अवस्था रहेको छ । १० कित्ते बाँडफाँट नीति जति घातक त अरू कुनै हुनै सक्दैन ।

धितोपत्र बोर्डले कम्पनी हितार्थ रातारात प्रिमियम मूल्य निर्धारण गर्ने नीति बनाइदियो तर तुलनात्मक रूपमा पारदर्शी हुने बुक बिल्डिङविधिको भने शुरुआत नै गरिदिएन । रातारात बनाएको मूल्य निर्धारण विधिबाट विक्री गरिएका केही कम्पनीको शेयर मूल्य र बंगलादेशमा बुक बिल्डिङ विधिबाट निर्धारण भएको मूल्य सम्बन्धी विवरण तालिकामा उल्लेख गरिएको छ ।

बंगलादेशमा निर्धारित प्रिमियम मूल्य (टाका)

कम्पनी
अंकित मूल्य
प्रिमियम मूल्य
प्रतिशेयर आम्दानी
नेटवर्थ
आधार वर्ष
बसुन्धरा पेपर मिल्स लिमिटेड
१०
७०
१.४६
१५.७९
२०१६ जुन
रनर अटोमोबाइल्स लिमिटेड
१०
६५
३.३१
४१.४९
२०१७ जुन
इस्कुइरी निट कम्पोजिट लिमिटेड
१०
४५
२.५२
२५.९६
२०१७ जुन
आम्रा नेटवर्कस लिमिटेड
१०
२९
२.५२
२१.९८
२०१५ जुन
अमन कटन फाइब्रोस लिमिटेड
१०
३० 
३.४९
३२
२०१६ जुन
एडिएन टेलिकम लिमिटेड
१०
२०
२.५२
१६.१३
२०१७ जुन

नेपालमा निर्धारित प्रिमियम मूल्य (रु.)

कम्पनी
अंकित मूल्य
प्रिमियम मूल्य 
प्रतिशेयर आम्दानी
नेटवर्थ
आधार वर्ष
नेपाल लाईफ इन्सुरेन्स लिमिटेड
१००
१,३२५
३४
१४३
२०७२/७३
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड
१००
१,१९०
४६
२६७
२०७२/७३
नेपाल एसविआइ बैंक लिमिटेड
१००
८७१
२१
१५९
२०७२/७३
प्रिमियर इन्सुरेन्स लिमिटेड
१००
६९९
४९
१९९
२०७२/७३
वुटवल पावर कम्पनी लिमिटेड
१००
४०१
३६
२२७
२०७३/७४
शिवम सिमेन्ट लिमिटेड
१००
१०० र २००
२९
१६१
२०७४/७५

२ ओटा तालिकामा निर्धारण भएका अधिकतम र न्यूनतम मूल्य क्रमशः ७० र २० निर्धारण भएको छ  निर्धारित मूल्यलाई हेर्दा परल मूल्यमा ७ सय प्रतिशतसम्म बढी मूल्य तिरेर लिन तयार भएका देखिन्छन् । तालिका हेर्दा नेटवर्थको ४ गुणाभन्दा बढी पनि मूल्य निर्धारण भएको पाइएको छैन ।


तर, नेपालको प्रिमियम मूल्य निर्धारण अत्यन्त हचुवा ढंगमा भएको उदाहरण तालिकामा राम्रै देख्न सकिन्छ । नेपालमा परल मूल्यको १३ सय गुणाभन्दा पनि बढी प्रिमियम निर्धारण भएको छ । माथि उल्लिखित प्रिमियम मूल्य निर्धारणको पहिलो विधिको यहाँ सकेसम्म दुरुपयोग भएको छ । खासगरी भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) लाई जति पनि बनाउन सकिन्छ । यसका लागि जे कारण दिए पनि हुन्छ । खेल्नका लागि यहाँ पर्याप्त ठाउँ प्राप्त हुन्छ । यस्तो व्यवस्था गर्नुको आन्तर्य भनेको कम्पनीलाई नियामकले खुला रूपमा दिएको अवान्छित लाभ हो ।
बुक बिल्डिङ विधि 
शेयर (एफपीओ र आईपीओ) जारी गर्दा परल मूल्यमा मात्र गर्नुपर्छ भन्ने छैन । कम्पनीको अवस्था हेरी प्रिमियम मूल्य थप्न सकिन्छ । नेपालमा प्रिमियम मूल्य निर्धारण गर्ने सम्बन्धमा ठोस आधार विनाका हावादारी विधि तय गरिएको छ । अझ कतिपय अवस्थामा त कुनै समुह वा कम्पनीलाई गैर-व्यवसायिक लाभ दिलाउन रातारात नियम फेरिएका उदाहरण पनि प्रशस्त रहेका छन् । आईपीओको प्रिमियम मूल्य निर्धारण गर्ने एक मात्र विधिका रूपमा रहेको नेटवर्थको ४ गुणाको आधारमा निर्धारण गरियो गर्नेलाई पनि थाहा छैन । यस्ता हचुवा र तदर्थ नीतिले धितोपत्र बजार चलाउने अधिकारी र पदाधिकारी रहेसम्म व्यावसायिक र गुणात्मक विकासले फड्को मार्न सक्ने देखिँदैन । प्रिमियम मूल्यमा शेयर जारी गर्ने सन्दर्भमा संसारभर प्रचलनमा रहेको बुक बिल्डिङ विधि यहाँ ल्याउन बोर्डले अहिलेसम्म चाहेको छैन । बुक बिल्डिङ विधिको विस्तृत चर्चा कुनै अंकमा गरिनेछ ।
आर्थिक अभियान, २०७५ फाल्गुन १४ गते
http://www.abhiyan.com.np/?p=321472



Thursday, February 28, 2019

विक्री प्रस्ताव मार्फत शेयर विक्री : कानूनी प्रावधान र अन्योल


केही समयअघि एकजना शेयर नेताले फस्ट मार्केटमा पनि लिन सक्छौं, आईपीओ भन्ने हुन्छ, कम्पनीले शेयर जारी गर्छ, त्यसलाई शेयर भनिन्छ’ (शेयर नेताको भ्रमात्मक अल्पज्ञान, आर्थिक अभियान, २०७५ भदौ १२ गते) भनेका थिए । नेताको यस्ता उद्गार हेर्दा शेयर लगानी गर्न आउनेको औकात र ज्ञानको पृष्ठभूमि धेरै केलाइरहनु पर्दैन । अहिले सरकारले शेयर कारोबारमा स्थायी लेखा नम्बर (प्यान) लगाउने घोषणा गरेपछि सरकारले कुन न्तर्यले यस्तो कदम चाल्दैछ यसको भित्री पाटोको बारेमा भन्दा प्यान लिन लाग्ने समयको विषयमा अनावश्यक विवाद चलेको छ । नेताहरूले फाइदाहुने बताए पनि के फाइदा हुन्छ बताएका छैनन् । प्यानको न्तर्य बारेमा कुनै बेला चर्चा गरिनेछ । यो आलेखमा भने शेयर विक्री गर्ने विभिन्न विधिको संक्षिप्त उल्लेख गर्दै विक्री प्रस्तावमार्फत हुने शेयर विक्रीका बारेमा मूलरूपमा केन्द्रित हुनेछ ।
आईपीओ, बोनस र हकप्रद

प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात् इनिसियल पब्लिक अफरिङ (आईपीओ), बोनस, हकप्रद, थप निष्कासन अर्थात् फर्दर पब्लिक अफरिङ (एफपीओ) र विक्री प्रस्ताव गरी सामान्यतया यही
ओटा विधिबाट शेयर निष्कासन गरिन्छ । यी ओटा विधिमध्ये नामैबाट आईपीओ शून्य अवस्था र सर्वसाधारणमा जाने पहिलो खुड्किला हो भन्ने बुझ्न सकिन्छ । कुनै कम्पनीको जारी पूँजी १ अर्ब, चुक्ता पूँजी ७० करोड छ भने ३० करोड पूँजी उठाउन सर्वसाधारण समक्ष प्रस्ताव गर्छ र प्रस्ताव ठीक लागेमा इच्छुक व्यक्तिले नाफा-घाटाको आफैले अध्ययन विश्लेषण गरी लगानी गर्दा मागे जति वा पाइँदै नपाइन पनि सक्छ । बोनस विधिबाट पनि कम्पनीले पूँजी प्राप्त गर्न सक्छ । यस विधिबाट पूँजी वृद्धि हुने र शेयर संख्या नबढ्ने हुनसक्छ । यस्तो अवस्था आउने स्थिति भनेको अंकित मूल्य चुक्ता हुन बाँकी रहेको बेला हो । पहिला अंकित मूल्य (रू. १ सय) मध्ये आधा (रू. ५०) मात्र लिइएको हुन्थ्यो । बाँकी नपुग रकम माथि उल्लिखित बोनस जारी गरेर चुक्ता गरिन्थ्यो । उदाहरणका लागि शेयरधनी (संस्थापक र साधारण) बाट रू. ५० चुक्ता गरिन्थ्यो र नपुग रकम पछि शेयरधनीसँग मागिने वा कम्पनी आफैँले आर्जन गरेको लाभांश बाँड्न मिल्ने रकमलाई चुक्ता हुन बाँकी रकमबाट कटाएर लिइन्थ्यो । अहिले जति अनुपातमा बोनस जारी गरिन्छ शेयरधनीको शेयर कित्ता पनि सोही अनुपातमा वृद्धि हुँदै जान्छ । उदाहरणको कम्पनीले १६ प्रतिशत बोनस शेयर जारी गरेमा ५ सय कित्ता शेयर धारण गरेको व्यक्तिले थप ८० कित्ता प्राप्त गर्छ । शेयरधनी लगतमा कायम रहेसम्म बोनस शेयर प्राप्त गर्ने हक कहिल्यै समाप्त हुँदैन यसमा र हकप्रदमा जस्तो आवेदन गर्नुपर्दैन ।
हकप्रद पनि कम्पनीको पूँजी वृद्धि गर्ने एउटा वित्तीय उपकरण हो । निश्चित दिनसम्म कायम रहेका शेयरधनीबाट कम्पनीले निश्चित प्रतिशतको अनुपातमा रकम माग्ने विधि हकप्रद हो । उदाहरणका लागि कुनै कम्पनीको चुक्ता पूँजी १ अर्ब छ भने उक्त कम्पनीले निश्चित दिनसम्म कायम रहेका शेयरधनीबाट २५ प्रतिशतका दरले थप रकम लगानी गर्न माग गर्न सक्छ । कुनै व्यक्तिले तोकिएको दिनसम्म ५ सय कित्ता धारण गरेको रहेछ भने उसले १ सय २५ कित्ता बराबरको १२ हजार ५ सय रुपैयाँ कम्पनीलाई बुझाउनुपर्ने हुन्छ र नबुझाएमा उसको हक जान्छ । माथि उल्लेख गरिएको यी ३ विधिमा बोनस बाहेक आईपीओ र हकप्रद अधिक (प्रिमियम) मूल्य राखेर पनि जारी गर्न सकिन्छ ।
एफपीओ र विक्री प्रस्ताव

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम १४(१) मा पूँजी वृद्धि गर्नुपरेमाभन्ने व्यवस्था गरेको छ । एफपीओको पहिलो धारमा संस्थापक र सर्वसाधारणको पूँजी अनुपात मिलाउन जारी गरिएको पाइन्छ । दोस्रो, धारमा नियमकीय वैधानिक अनुपात पुगिसकेका कम्पनी पर्न आउँछन् । यस्ता धारमा आउन चाहेका कम्पनीको मनसाय पूँजी संकलनको उद्देश्य कम त्यसबाट प्राप्त हुने गैर
-व्यवसायिक लाभको मोह बढी देखिन्छ । तेस्रो धारमा नियमन बाहिरका कम्पनी देखिन थालेका छन् । यस्ता कम्पनीका उद्देश्य पनि दोस्रो धारमा झैं गैर-व्यवसायिक लाभको मनसाय नै प्रबल रहेको छ । (एफपीओको तीन धार, आर्थिक अभियान, २०७४ साउन ९ गते) एफपीओबाट पूँजी वृद्धि हुन्छ । यसमा साबिकका शेयरधनीले केही थप पाउँदैनन् । यो लगभग आईपीओ जस्तै हो तर आईपीओ भन्दा तुलनात्मक रूपमा कम जोखिमयुक्त हुन्छ । यो पनि अधिक मूल्यमा जारी हुनसक्छ । यसबाहेक विक्री प्रस्तावमार्फत पनि शेयर जारी हुनसक्छ । सम्भवत पहिलोपटक यसको उपयोग तत्कालीन नेपाल औद्योगिक विकास निगमले धारण गरेको नबिल बैंकको शेयर विक्री गर्दा भएको थियो । पछिल्लो पटक सम्भवत राष्ट्रिय वाणिज्य बैंकले धारण गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर पनि यही विधिबाट विक्री भएको हो ।
विक्री प्रस्ताव र कानून

धितोपत्र कानुनमा विक्री प्रस्तावको परिभाषा गरिएको छैन । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २४ मा विक्री प्रस्ताव (अफर डकुमेन्ट) मार्फत धितोपत्र विक्री गर्न सकिने व्यवस्था गरेको छ । नियमावलीको नियम २४(१) मा धितोपत्र बजारमा सूचीकृत कम्पनीको चुक्ता पूँजीको कम्तीमा १ प्रतिशत साधारण शेयर धारण गरेको शेयरधनीले बोर्डको स्वीकृति लिई विक्री प्रस्ताव
आव्हान गरी सार्वजनिक रूपमा शेयर विक्री गर्न सक्नेछन् । त्यस्तै २४(२) मा धितोपत्र बजारमा सूचीकृत नभएका तर बोर्डमा धितोपत्र दर्ता गराएका कम्पनीका शेयरधनीले आफूले धारण गरेको शेयर बोर्डको स्वीकृति लिई विक्री प्रस्ताव प्रकाशन गरी सार्वजनिक रूपमा शेयर विक्री सक्नेछन् । नियम २४(६) मा यसरी विक्री भएका धितोपत्रहरू सर्वसाधारण समूहमा रहने व्यवस्था गरि सोही बमोजिम सञ्चालक समितिको संरचना मिलाउनुपर्नेछ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ को दफा ११ मा विक्री प्रस्ताव मार्फत शेयर विक्री गर्न चाहने सूचीकृत कम्पनीको कम्तीमा १ प्रतिशत साधारण शेयर धारण गरेको शेयरधनीले सञ्चालक समितिलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । विक्री प्रस्ताव मार्फत विक्री हुने शेयरको धारक मात्र परिवर्तन हुने हुँदा पूँजी वृद्धि हुँदैन । त्यस्तै यस्तो शेयर पनि अधिक मूल्यमा विक्री हुनसक्छ । हकप्रद, आईपीओ र एफपीओ अधिक मूल्यमा विक्री हुँदा प्राप्त हुने अधिक रकम पूँजीगत जगेडा कोषमा जम्मा भएर बस्छ भने विक्री प्रस्ताव मार्फत अधिक मूल्यमा विक्री हुँदा प्राप्त हुने अधिक रकम विक्रीकर्ताको हुन्छ, कम्पनीको हुँदैन ।
अन्त्यमा, नेपाल टेलिकमले विक्री गर्ने भनिएको थप २६ प्रतिशत शेयर सम्भवत यही विक्री प्रस्ताव विधिबाट आउने अनुमान गर्न सकिन्छ । असूचीकृत तर बोर्डमा धितोपत्र दर्ता गराएका कम्पनीका शेयरधनी आफूले ग्रहण गरेको शेयर विक्री प्रस्ताव प्रकाशन गरी सार्वजनिक रूपमा विक्री गर्न चाहेमा साधारणसभाबाट निर्णय गराई बोर्डको स्वीकृति लिई विक्री गर्न सक्नेछ भन्ने व्यवस्थाले के कुरालाई संकेत गर्न खोजेको हो त्यसको बारेमा स्पष्ट छैन । त्यस्तै यसरी सार्वजनिक रूपमा विक्री गरिने शेयर त्यस्तो कम्पनीको चुक्ता पूँजीको कम्तीमा १० प्रतिशत हुनुपर्ने छ भन्ने व्यवस्था पनि अपुरो छ । त्यस्तै दफा ११(४) मा स्थापना भई सञ्चालन अवधि ३ वर्ष पूरा भएको र ११(५) विक्री प्रस्ताव मार्फत विक्री भएको शेयर प्रचलित कानून बमोजिम धितोपत्र बजारमा सूचीकरण गराउनु पर्नेछ भन्ने व्यवस्था स्पष्ट हुनसकेको छैन ।

आर्थिक अभियान दैनिक, २०७५ फाल्गुन ६ गते 
http://www.abhiyan.com.np/?p=319289


Wednesday, February 20, 2019

एआर रहमान सवरीमाला अधिकारकर्मी



ए.आर. रहमान भारतिय चर्चित संगीतकार हुन्, ऊनी हिन्दु बाट इस्लाम धर्म परिवर्तन गरेपछि आफ्नो नाम परिवर्तन गरेर अल्ला रक्खा रहमान राखे, ऊनी हिन्दु हुँदाको नाम ए.एस.दिलीप कुमार थियो।

मैले यहाँनेर उनको धर्म परिवर्तन प्रति टिप्पणी गर्न खोजेको होइन, यहाँ प्रसंगमा जोड्न के मात्रै खोजेको हो भने बिदेशी फण्ड बाट गोप्य रूपमा रकम ल्याएर अधिकारकर्मी संचारकर्मी कसरी त्यो देशको मुख्य धारको धर्म संस्कृति माथि घुमाउरो रूपमा प्रहार गर्छ भनेर छोटकरीमा उल्लेख गर्न खोजेको छु।
बिषयमा :

प्रसंग हो संगीतकार ए.आर. रहमान एउटा पुरस्कार वितरण समारोहमा उपस्थित हुँदा उद्घोषकले ए. आर. रहमानको छोरीलाई पनि बुबा संगै मञ्चमा बोलायो, जब छोरी बुर्का ओढेर मञ्चमा पुगिन हेर्ने हजारौं दर्शक बिष्मयकारी मुद्रामा अनौठो मान्दै छोरीलाई हेर्न थाले !! 

यहिं निर हो मैले भन्न खोजेको कुरा पनि यदि यही ए.आर रहमानको ठाउँमा दिलीपकुमार भएर उनको छोरीले साडीले शीरमा "घुंघट"ढाकेर मात्रै मञ्चमा उक्लेको भए यतिबेला महिला अधिकारकर्मी देखि तमाम मिडियामा कोलाहल मच्चाउदै २१ औं शताब्दीमा पनि नारीलाई अझै मुक्ति नपाएको ! दिलीपकुमार ढोंगी पुरुषवादी मनुवादी सोंच भन्दै साहेत कोही कोही त अदालत मा समेत पुगेर मुद्दा हाल्थ्यो होला ! धन्न ऊनी इस्लाम भएर जोगियो कुनै चर्चा भएन कुनै नारीवादी अधिकारकर्मी मिडिया संजालले उछालेन !
नेपालमा एउटा न्यायाधीश आयो केहि समय अगाडि आउने बितिक्कै पहिलो फैसला तराईको एउटा मन्दिरमा चलिआएको परम्परा माथि बन्देज लगाउनु भनेर आदेश जारी गर्यो !!
खेल "नबुझ्ने" लालाबालाहरु वा… वा… वा…ठिक गर्यो ! सहि फैसला गरिन भन्दै उफ्रे… ! ती न्यायाधीश पछी विवादमा पनि परे कसैले कम्युनिस्ट भनेर आरोप लगाउन थाल्यो कसैले कांग्रेस भनेर ! मैले यो न त कम्युनिस्ट हुन न त कांग्रेस नै यो त आफुलाई त्यहाँ सम्म पुर्याउने मालिक भक्त हो भनेर भन्दा कसैले पत्याएन, तर न्यायाधीश बाट निक्लेको केहि समयपछि यिनले ऊनी आफ्नो अन्न दाता बाहेक कसैको होइन रहेछ भन्ने प्रमाणित गरेर देखायो।
यिनले चलिआएको परम्परा माथि गरेको फैसलाले अब जुनसुकै हाम्रो धर्म परम्परा सांस्कृतिक मुल्य मान्यता माथि कसैको एउटा उजुरीको भरमा भारतमा जस्तै अदालतको दण्ड बर्सिन सक्ने छ भनेर नजिर राखेर गयो, तर बुकलण्ठु हरुले कहिले बुझ्ने होला यस्तो कुरा ? उनको त्यो अदालती दण्ड यहाँको मुलधारको धर्म संस्कृति माथि मात्रै हो बाँकी इसाई इस्लाम लाई होइन हुदैन भनेर बुझ्न धेरै समय लाग्ला ति लण्ठु हरुलाई…… !

भारतमा हिन्दु बाहेकका बाँकी धर्मलाई अदालतले छुँदैन छुन पाउदैन भन्ने धेरैलाई थाहा नहोला कतिसम्म भने हालैको एउटा घटना हो केराला प्रान्तको, चर्चमा बस्ने एउटि सिस्टरले पास्टर माथि बलात्कारको आरोप लगाउदै न्यायको ढोका ढकढकायो तर कुनै अदालतले उनको केश हेरेन बरु क्रीस्चियनकै पास्टरहरुको संस्थाले पो फैसला गर्यो पास्टर पवित्र छ ऊनी माथि लगाएको सबै आरोप झुठा हुन भनेर निर्णय गर्यो ! सबै तैं चुप मै चुप ! यदि पास्टरको ठाउँमा कुनै बाबा भएको भए मिडिया देखि नारीवादी अधिकारवादीको ओइरो लाग्थ्यो ! दुई चार महिना जागिर पाउथ्यो ! यता इस्लामको आफ्नो कानुन अलग्गै छ भारतिय अदालतले कुनै फैसला गर्न पाइदैन, गर्न परे मुस्लिम पर्सनल ल बोर्ड मार्फत गर्छ तर राज्यको कानुन भारतिय हिन्दुलाई मात्रै लागु हुन्छ।
दक्षिण भारत केरलाको प्रसिद्ध सवरीमाला मन्दिरमा नारी प्रवेश निशेध छ, त्यसबारेमा आफ्नै परम्परागत मान्यता रहेकोे छ तर यस्तो परम्परागत प्रचलन लाई चुनौती दिँदै एकजना महिलाले अदालतमा मुद्दा हालिन(हाल्न लगायो) त्यसपछि अदालतले फैसला गर्यो (गर्न लगायो) नारीलाई पनि मन्दिरमा प्रवेश गर्न दिनु भनेर ! त्यसपछि त्यहाँ ठुलो हिंसात्मक झडप भयो अझैसम्म यो मुद्दाको कम्पन जारी छ, तर यही प्रकृतिको मुद्दा इस्लाम वा इसाईको हकमा त्यहाँको राज्य मौन हुन्छ, यदि प्रसंग उठेछ नै भने उनीहरुको ( धर्म संस्कृतिको)निजी मामिलामा राज्यको हस्तक्षेप हुनुहुन्न भनेर सिद्धान्त तेर्साएर तर्केर बस्ने गर्छ, उदाहरणका लागि "तीन तलाक" बारेमा तिनै मानवअधिकारवादी तिनै नारीवादीहरु बोल्न नै चाहन्न बोल्नै पर्दा त्यो उनीहरुको परम्परा हो भनेर छल्न थाल्छ मिडियाले समाचार नै कभरेज गर्दैन किनकि यो मामिला हिन्दुको परेन !
मन्दिरमा विभेद बारेमा……
A)
सबैको आआफ्नो बिश्वास आस्था मान्यता हुन्छ त्यही मान्यता परम्परा हो र त्यही परम्परा आआफ्नो पहिचान हो यसमा कसैले कसैको आस्था माथि बिश्वास माथि न्याय दिने कोही हुन्न।
जापानको एक दुर्गम गाँउमा १३०० बर्ष पुरानो एउटा ठुलो माउन्ट ओमिनी नामक बौद्ध मंदिर रहेको छ, हरियाली अनि झरनाको बीचमा अवस्थित यो पुरानो मंदिरमा महिला हरुलाइ प्रबेष निषेध गरिएको छ, तर खै कसैले आपत्ति प्रकट गरेको छैन न त अदालतले नै नारी अधिकार हनन भयो भनेर भनेको छ आफ्नो सदिऔं देखिनको परम्परालाई निरन्तरता दिँदै आएको छ।
भारतको राजस्थान प्रान्तमा १४ औं शताब्दीमा निर्मित ब्रह्मा मंदिर,यो संसारमा एकमात्र ब्रम्हाको मन्दिर हो, यहाँ बिबाहित पुरुष लाई मन्दिरमा जान परम्परागत रूपमा निशेध गरेको छ, यहाँ महिला भक्तहरुको मात्रै भिंड लाग्ने गरेको हुन्छ, खै त पुरुषले विभेद भयो भनेर उफ्रेको छैन त ?
C)
यहीँ छिमेकी बिहार प्रान्तको मुजफ्फरपुर स्थित माता मन्दिरमा एउटा मुख्य पुजाको समयमा पुरुषलाई मन्दिर परिसरमा समेत छिर्न पाइदैन सबै पुजा महिलाले गर्ने प्रचलन रहेको छ।
D)
भारतको केरला प्रान्तमा एउटा छक्कूलाथुकावु भन्ने भगवतीको मंदिर छ, यो मन्दिरमा नारीको पुजा हुन्छ, बर्षको एकपटक मंगसीर महिनामा यहाँ ठूलो पुजाको आयोजना हुन्छ, यहाँको पुरुष पण्डितले उक्त पुजामा दस दिन नारीको लागि उपवास बसेर पहिलो शुक्रबारको दिन पण्डितले श्रद्धालु नारीहरुको खुट्टा धुएर अनुष्ठान सम्पन्न गरिन्छ, उक्त दिनमा पुरुषहरूको मन्दिरमा प्रवेश निशेध गरेको हुन्छ।
E)
तामिलनाडु प्रान्त, कन्याकुमारी स्थित भगवती मन्दिरमा साधु सन्यासी मात्रै मन्दिरको द्वार सम्म पुग्न पाउने बाँकी पुरुषले मन्दिर परिसरमा समेत छिर्न नपाउने परम्परा सदिऔं देखि चलिरहेको छ।
F)
केराला प्रान्तको प्रसिद्ध अट्टुकल मंदिरमा पनि महिला मात्रै जान पाउँछ यो मन्दिर गिनिज बुक वल्ड रेकर्डमा पनि एकपटक सुचिकृत भएको छ, यहाँको पोंगल पर्वमा ३० लाख महिला भक्त सहभागी भएकोले रेकर्ड रहन गएको हो।
अन्तमा :
नारीले मुर्दा बोकेर सेल्फी लिनेेहरु त्यो समाचारलाई पत्रीकाको मुख्य हेड्लाईन बनाएर नारीले परम्परागत मान्यता तोड्दै भन्दै समाचार दिने मिडियाहरु एउटै ग्याङ्ग हुन भूमिका र तलव भत्ता मात्रै फरकफरक धेरै थोरै बुझ्ने हुन् त्यसैले हाम्रो चलिआएको संस्कृति परम्परा माथि घुमाउरो रूपमा धावा बोल्ने माथि सजग हौं सचेत हौं बुझ्ने प्रयास गरौं विष दिनेले तितो वस्तुमा होइन मिठो वस्तुमा दिन्छ भन्ने बुझौं !!
जय सनातन !!

Mohan Lama Rumba एतस्य/स्याः चित्रम्|
एआर रहमान र  उनकी छोरी 

Mohan Lama Rumba एतस्य/स्याः चित्रम्|
जापानको माउन्ट ओमिनि मन्दिर।

Mohan Lama Rumba एतस्य/स्याः चित्रम्|
छक्कुला थुकावु मन्दिर केराला
Mohan Lama Rumba एतस्य/स्याः चित्रम्|
बिहार मुज्जफरपुर माता मन्दिर
Mohan Lama Rumba एतस्य/स्याः चित्रम्|
 राजस्थान ब्रम्ह मन्दिर

साभार : मोहन लामा रुम्बा



कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...