पूँजीको पूँजीकरणमा रोक आवश्यक
आयुष्यं भोजनं ।‘ यो श्लोकांश सुश्रुत संहिताबाट लिईएको हो l यसको भावार्थ राम्रोसँग पाकेको भोजन
खानुपर्छ र खाएको वस्तु पचिसकेपछि मात्र खानुपर्छ भन्ने हो l संहिताको चिकित्सास्थान खण्डमा वर्णित
यो श्लोकांश खानपिनसँग सम्बन्धित छ l यो कुरालाई खानपिनबाहेक
आवश्यकतानुसार अन्य सान्दर्भिक विषयमा पनि जोड्न सकिन्छ l नेपाल स्टक एक्सचेन्ज
लिमिटेडमा सूचीकृत कम्पनीको पूँजीलाई पनि यससँग जोडेर हेर्न सकिन्छ l त्यसमा पनि
बैंक र बिमा कम्पनीलाई जोड्दा झन् बढी सान्दर्भिक हुन्छ l अहिले नेपाल राष्ट्र
बैंक र बिमा समिति बातैपिच्छे पूँजी बढाउनेबाहेक अरु कुरै गर्दैनन् l यी दुई
निकायको गठन नियमन गर्नभन्दा अनावश्यक पूँजी बढाउने निर्देशन दिन मात्र भएको
देखिन्छ l विगत ६ वर्षभित्रमा यो दुई निकायले गरेको र अहिले पनि गरिरहेको काम भनेकै
पूँजी बढाउने हो l थाम्नै नसक्ने गरी पूँजी बढाएका केन्द्रीय बैंक र बिमा समिति ‘बिग’
मर्ज भन्दै अर्को बेसुरा आलाप अलापिरहेका छन् l संस्था चुक्ता पूँजीले मजबुत हुने
हो कि जगेडाले हुने हो केन्द्रीय बैंक र बिमा समितिका अधिकारीले बुझ्दै नबुझेका
हुन् कि बुझेर बुझ पचाएका हुन् पत्तो पाउन सकिएको छैन l
मर्जको कुरा
नेपाल राष्ट्र
बैंकका तत्कालिन गभर्नर चिरञ्जीवी नेपालले अनावश्यक पूँजी वृद्धि गराएपछि फेरी
तिनै बैंकलाई वितरणयोग्य नाफा बाँड्न पनि अनावश्यक र अवाञ्छित रोक लगाउदै बोनस
जारी गराएर पुन: चुक्ता पूँजी वृद्धिमै जोड दिए l अझ रमाइलो त के थियो भने नगद लाभांश
बाँड्नमा बैंकले तिरेको ब्याजदरको आधार लिइयो जुन कुनै अर्थमा पनि औचित्ययुक्त
थिएन l यसका साथसाथै ‘बिग’ मर्ज गर्न जोडी खोजेर तुरुन्त आउन अर्को हुकुमी आदेश पनि
जारी भयो l चिरञ्जीवीको बहिर्गनपश्चात डेपुटी गभर्नर भईसकेका महाप्रसाद अधिकारी
गभर्नर भएर आउँदा चिरञ्जीवीले गरेका अवाञ्छित र औचित्यहिन कार्य रोकिएला भन्ने
अपेक्षामा पनि कुठाराघात भयो l बैंक मर्ज र पूँजी वृद्धिबाहेक केन्द्रीय बैंकको
अरु कामै नभएझैँ व्यवहार अधिकारीले पनि देखाए l मर्ज गराउने कुरामा बिमति हैन तर,
यो उद्देश्यमुलक र यथार्थमा आधारित हुनुपर्छ l सङ्ख्या घटाउने बढाउनेभन्दा पनि
गुणात्मक सेवाको सुनिश्चित हुनुपर्छ l विद्यमान अवस्थामा मर्जलाई वास्तविक र
बैंकलाई सवल बनाउने हो भने मर्जर नीति ल्याण्ड (जग्गा) पुलिङ्ग गरे जस्तो क्यापिटल
(पूँजी) पुलिङ्ग विधिबाट गर्नुपर्छ l जग्गा पुलिङ्ग गर्दा जग्गाधनीले साविककोभन्दा
कम जग्गा प्राप्त गरे पनि त्यहाँ उपलब्ध हुने सेवा सुविधाले मूल्य बढ्छ l यस्तै
विधिले पूँजीको पुलिङ्ग गर्दा कम्पनीको शेयर मूल्यदेखि लिएर आम्दानी सबै बढ्छ र
त्यसको लाभ कम्पनी र शेयरधनी दुबैले प्राप्त गर्छन् l
क्यापिटल पुलिङ्ग विधि
नेपालमा अहिलेसम्म
भएका मर्ज कम्पनी (बैंक) को ‘नाम’ मात्र मर्ज हो l दुई कम्पनीको वासलात जोड्ने र
दुइटा नामलाई एउटा बनाउने किसिमको मर्जको कुनै अर्थ छैन l यस्तो मर्जले गुणात्मक तथा
परिमाणात्मक कुनै किसिमको वृद्धि गर्दैन र पूँजी थप्नेबाहेक अरु केही गरेको
देखिन्न l मर्जलाई वास्तविकता दिनको लागि पूँजीभन्दा जगेडालाई मध्येनजरमा
राख्नुपर्छ l मर्ज गर्दा प्राप्त हुने स्वाप रकम पूँजीगत जगेडामा राखेर अर्को वर्षदेखि
बोनस जारी गराउने कार्यलाई पूर्णत: रोक लगाउनुपर्छ l कुनै पनि प्रकारले प्राप्त
हुने पूँजीगत जगेडा रकम आफैँमा पूँजी भएको हुँदा ‘पूँजीको पूँजीकरण’ अवाञ्छित
कार्य हो l मर्जको पछिल्लो संस्करणकोरुपमा नविल र नेपाल बंगलादेश बैंक लिमिटेड गाभिने
प्रक्रियामा छन् l यसलाई तालिकामा देखाईएको जस्तो विधिबाट मर्ज गर्दा चुक्ता पूँजी
१० अर्ब रुपैयाँ वा त्योभन्दा कम राखेर तोकिएको अनुपातमा दुवैबाट पूँजी लिएर बाँकी
रकमलाई जगेडा कोषमा राख्नुपर्छ l थोरै पूँजीले पनि गुणात्मक प्रगति गर्नसक्छ भन्ने
उदाहरण भारतको एचडीएफसी, एक्सीस, इन्दुजइन्ड, स्टेट बैंक अफ इण्डिया, बैंक अफ बरोदा, आईसीआईसीआई, कोटक महिन्द्रा, क्यानरा र पञ्चाब नेशनल बैंकको चुक्ता पूँजी ५ अर्ब ५४ करोडदेखि २०
अर्ब ९५ करोड भारुले देखाएको छ l यसका लागि नेपाल राष्ट्र बैंक र सरकारले तुरुन्तै
‘क्यापिटल पुलिङ्ग’ विधिसम्बन्धी नीति बनाईदिनुपर्छ l
नविल
र नेपाल बंगलादेश बैंकको मर्जको नयाँ विधि
क्रसं |
विषय |
कैफियत |
|
१ |
विद्यमान पूँजी |
|
|
१.१ |
नबिल बैंक लिमिटेड |
१८,४९,६१,८६,००० |
|
१.२ |
नेपाल बंगलादेश बैंक लिमिटेड |
१०,०८,५३,९९,८०० |
|
२ |
मर्ज अनुपात |
||
२.१ |
नबिल |
१०० प्रतिशत (१०० कित्ता) |
|
२.२ |
नेपाल बंगलादेश |
४३ प्रतिशत (४३ कित्ता) |
|
३ |
मर्ज अनुपातअनुसार लिईने पूँजी
(प्रस्तावित पूँजी १० अर्ब रुपैयाँ) |
||
३.१ |
नबिल |
८,००,००,००,००० |
मर्ज अनुपातअनुसार (केही
तलमाथि गर्दा) |
३.२ |
नेपाल बंगलादेश |
२,००,००,००,००० |
शेयर मूल्यमा पर्ने
असर
जग्गा पुलिङ्ग गर्दा जग्गाधनीको जग्गा घटेर प्राप्त भए
जस्तै क्यापिटल पुलिङ्गबाट मर्ज गर्दा पनि शेयरधनीले धारण गरेको शेयर संख्या घटेर
प्राप्त हुन्छ l शेयर संख्या घट्दा पनि पहिलेको पूँजी अनुसारको बजार पूँजीकरण
नघट्ने गरी मूल्य समायोजन हुन्छ l उदाहरणको लागि नविल बैंकको सोमबार (१२ वैशाख
२०७९) मा कायम भएको १ खर्ब ७४ अर्ब, ३ करोड ६ लाख २१
हजार ६ सय १ रुपैयाँको आधारमा मूल्य समायोजन गर्दा १ हजार ७ सय ४० रुपैयाँ पहिलो
दिनको लागि कारोबार मूल्य कायम हुन्छ l मूल्य बढेर कारोबार खुले पनि अघिल्लो दिनको
कुल सम्पत्तिमा कुनै असर पर्दैन l यसरी मर्ज गर्दा बैंकले १८ अर्ब रुपैयाँ पूँजीगत
जगेडामा रकम प्राप्त गर्छ जुन रकम पूँजीकोष गणना गर्न पाइन्छ l त्यस्तै चैत्र त्रैमासिकमा कायम रहेको
प्रतिशेयर आम्दानी २२ रुपैयाँबाट बढेर ३३ रुपैयाँभन्दा बढी हुन्छ l यसमा नेपाल
बंगलादेश बैंकको आम्दानी जोडिएको छैन l यसलाई जोड्दा ५० रुपैयाँ हाराहारीमा
पुग्नसक्छ l
निचोडमा, चरक संहिताको ‘न रागान् नाऽप्यविज्ञाना-दाहारमुपयोजयेत्।‘ अर्थात् कहिल्यै पनि राग अर्थात् लोभको वशमा परेर वा आफ्नो हित-अहित नजानीकन खाना खाने काम गर्नुहुँदैन भन्ने कुरालाई मनन गर्दै बैंकले बोनस जारी गरेर शेयरधनीलाई खुशी पारें भन्ने सोच सर्वथा गलत हुन्छ l नेपालमा बैंक र बिमा र जुनसुकै क्षेत्रका कम्पनी बलियो र मजबुत बनाउने हो भने चुक्ता पूँजी हैन, जगेडा मजबुत बनाउने काममा लाग्नुपर्छ यसैमा देश, शेयरधनी र कम्पनीको पनि हित छ l यो कुरालाई सबैभन्दा बढी मनन् केन्द्रीय बैंकको गभर्नर र बिमा समितिको अध्यक्षले गर्नु जरुरी छ l
१३ वैशाख २०७९, आर्थिक अभियान
https://www.abhiyandaily.com/newscategory-detail/406954
No comments:
Post a Comment