Friday, December 29, 2017
मूअक लगाउने कि कारोबारको दायरा बढाउने
Monday, December 25, 2017
विभेदयुक्त लाभांश
सञ्चालक समितिको निर्णयसम्बन्धी पत्रमा सामान्यतया कम्पनी सचिव वा कार्यकारी प्रमुखले हस्ताक्षर गर्ने गर्छन् । तर, नेप्सेलाई सम्प्रेषण गरेको पत्रमा ‘नायब प्रमुख कार्यकारी अधिकृत’ र ‘कम्पनी सचिव’ दुई जनाले हस्ताक्षर गरी कहीँ नभएको जात्रा देखाएका छन् । लाभांश नै दुईथरी भएकाले हस्ताक्षर पनि दुई जनाले गरेका होलान् । पत्रमा ‘बैङ्कको मिति २०७४ मङ्सिर २४ गते बसेको २ सय ९०औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई चुक्तापूँजीको १० प्रतिशत बोनस शेयरका लागि रू. २२ करोड ८ लाख ६३ हजार ४ सय २० प्रस्ताव गर्ने र यस बैङ्कले राप्तीभेरी विकास बैङ्कलाई प्राप्ति (एक्वीजिशन) गरी मिति २०७४ कात्तिक ८ गतेबाट एकीकृत कारोबार सञ्चालन गरेकामा गत आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट तत्कालीन राप्तीभेरी विकास बैङ्कका शेयरधनीलाई तत्कालीन राप्तीभेरी विकास बैङ्कको सञ्चालक समितिबाट पारित वित्तीय विवरणका आधारमा चुक्तापूँजीको ६ प्रतिशत बोनस शेयरका लागि १ करोड ६ लाख १ हजार ८ सय प्रस्ताव गर्ने निर्णय गरेको छ’ भन्ने बेहोरा उल्लेख छ । पत्रमा उल्लिखित बेहोराले कानूनमा कहीँ कतै विभेद नगरिएका समान हैसियत र अस्तित्व भएका शेयरधनीलाई लाभांशमा काखा र पाखा गरिएको छ । राप्तीभेरीलाई विलय गरी एकीकृत कारोबार गरिसकेको स्वीकारेको सन्दर्भमा ‘विलय र लाभांश’सम्बन्धी कानूनी पाटोको सङ्क्षिप्त चर्चा गरौं :
कम्पनी ऐनको ‘दफा १७७ (५) मा गाभिन स्वीकृति प्राप्त भएपछि गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभ्ने कम्पनीमा सरेको मानिन्छ’ भन्ने व्यवस्था गरेको छ । त्यस्तै बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ (बाफिया)को दफा २(श) मा ‘प्राप्त गर्ने संस्था’ भन्नाले यस ऐनबमोजिम इजाजतपत्रप्राप्त संस्थालाई आफूमा समाहित गर्ने मूल बैङ्क वा वित्तीय संस्था सम्झनुपर्छ ।’ त्यस्तै दफा २(ष) मा ‘प्राप्ति गर्ने (एक्वीजिशन)’ भन्नाले एउटा इजाजतपत्रप्राप्त संस्थाले अर्को इजाजतपत्रप्राप्त संस्थाको सम्पूर्ण सम्पत्ति तथा सम्भावित दायित्वको हरहिसाब गरी इजाजतपत्रप्राप्त संस्थाको कानूनी हैसियत समाप्त हुने गरी आफूमा समाहित गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले लक्षित संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनुपूर्व गरेका सम्पूर्ण करारीय दायित्वसमेत स्वीकार गर्ने कार्य समेतलाई जनाउँछ’ भनिएको छ । दफा २(क ग)मा ‘लक्षित संस्था’ भन्नाले यस ऐनबमोजिम प्राप्त गर्ने संस्थामा सम्पूर्ण सम्पत्ति तथा दायित्वसमेत समाहित हुन जाने इजाजतपत्रप्राप्त संस्था सम्झनुपर्छ’ भनिएको छ । बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिशन)सम्बन्धी विनियमावली २०७३ को विनियम २(छ) मा ‘प्राप्ति (एक्वीजिशन)’ भन्नाले एउटा इजाजतपत्रप्राप्त संस्थाले अर्को इजाजतपत्रप्राप्त संस्थालाई खरीद प्रक्रियाद्वारा आफूमा समाहित गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले लक्षित संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनुपूर्व गरेका सम्पूर्ण करारीय दायित्व स्वीकार गर्ने कार्यसमेतलाई जनाउँछ ।’ त्यस्तै २(ज)मा ‘प्राप्त गर्ने संस्था (एक्वायरर)’ भन्नाले ‘विनियम २(छ) बमोजिम अर्को इजाजतपत्रप्राप्त संस्थालाई आफूमा समाहित गर्ने मूल संस्था सम्झनुपर्छ ।’ विनियम २(झ) मा ‘लक्षित संस्था’ भन्नाले ‘विनियम २(छ) बमोजिम खरीद गरेको संस्थालाई सम्झनुपर्छ’ भनिएको छ । विनियम २(ञ)मा ‘प्राप्ति (एक्वीजिशन)मा संलग्न संस्था’ भन्नाले प्राप्त गर्ने संस्था (एक्वायरर) र लक्षित संस्था दुवैलाई सम्झनुपर्छ’ भनिएको छ ।
बाफियाको दफा ७२ मा गाभ्ने वा विलयको सम्झौतासम्बन्धी व्यवस्थाअन्तर्गत ‘शेयरधनीहरू’को हित संरक्षण हुने गरी गर्नुपर्ने व्यवस्था गरेको छ । विनियम १० मा विनियमावलीबमोजिम गाभ्न गाभिन वा प्राप्ति (एक्वीजिशन)का लागि सैद्धान्तिक सहमति प्राप्त गरेका इजाजतपत्रप्राप्त संस्थाहरूले सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन प्राप्त गरेपश्चात् ‘सर्वसाधारण शेयरधनी’को हकहित संरक्षण गर्ने व्यवस्थासहित विभिन्न १७ ओटा विषय खोली एकआपसमा अन्तिम सम्झौता सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै विनियम १२(१३) मा प्रचलित कानून तथा राष्ट्र बैङ्कको निर्देशनको प्रतिकूल हुने अवस्थामा बाहेक सम्बन्धित संस्थाहरूले विनियम १० बमोजिम शेयरधनीको हित संरक्षणसहितका १७ ओटा बुँदा रहेको अन्तिम सम्झौताको पूर्ण पालना गर्नुपर्ने व्यवस्था गरेको छ । विनियम १५(२) मा ‘कुनै संस्था अर्को कुनै संस्थासँग गाभ्दा गाभिँदा वा एक संस्थाले अर्को संस्थालाई प्राप्ति (एक्वीजिशन) गर्दा आंशिक रूपमा गाभ्न गाभिन वा प्राप्ति (एक्वीजिशन) गर्न नपाइने व्यवस्था गरेको छ ।
बैङ्कले नेप्सेलाई सम्प्रेषण गरेको पत्रमा राप्तीभेरी बैङ्क आफूमा विलय भइसकेको स्वीकार गरेको छ । नेप्सेको वेबसाइटअनुसार ज्योतिमा विलय भएको राप्तीभेरीको १५ लाख ७० हजार ६ सय ३७ कित्ता शेयर २०७४ मङ्सिर ८ गते सूचीकरण भएको जनाएको छ । राप्तीभेरीको शेयर ज्योतिको नाममा कारोबार हुन थालेको छ । यस हिसाबले पनि ज्योति र राप्तीभेरी भनेर अलग गर्न सकिँंदैन । माथि विभिन्न अनुच्छेदमा चर्चा गरिएअनुसार विलय हुँदा शेयरधनीको हित प्रतिकूल हुने गरी कुनै सम्झौता नहुने स्पष्ट भएको छ । त्यस्तै विलय हुनुपूर्व विलय हुने संस्थाले गरेका सम्पूर्ण करारीय दायित्वसमेत स्वीकार गर्नुपर्ने हुन्छ । विलय हुने संस्थाले शेयरधनीको हितविपरीत हुनेगरी कुनै करार गर्न सक्दैन । तर, विलयपश्चात् ज्योतिले शेयरधनीको हकहितको उपहास गर्दै लाभांश घोषणा गरेको कार्यलाई असल मनसाय र चित्तले गरेको भनेर बुझ्न सकिन्न । प्रचलित कानूनमा गरिएका व्यवस्थाले विलय हुनु भनेको ‘राप्तीभेरी’को अस्तित्व कानूनीरूपमा समाप्त भई यसका सम्पत्ति र दायित्व विलय गराउने ज्योतिको हुन आउँछ ।
http://www.abhiyan.com.np/new/Articles/view/110398
२०७४ पौष ३ गते अभियान दैनिकमा प्रकाशित
Sunday, December 17, 2017
शेयर मूल्य समायोजन र आधार मूल्य निर्धारण
Tuesday, December 12, 2017
बीओकेको लीलामी शेयरसम्बन्धी अन्योल र वास्तविकता
बैङ्कले प्रकाशित गरेको विवरणपत्रको अघिल्लो पानामा ‘यस निष्कासनबाट शेयर खरीद गर्ने लगानीकर्ता संस्थापक समूहमा रहने’ भन्ने उल्लेख गरेको छ । बाफियाको दफा ९ मा बैङ्क तथा वित्तीय संस्थाले आफ्नो कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई विक्री गर्न छुट्याउनुपर्ने, त्यस्तै दफा ९(४) मा बैङ्क वा वित्तीय संस्थाले चाहेमा राष्ट्र बैङ्कले तोकेको प्रक्रिया पूरा गरी संस्थापक समूहको स्वामित्व ५१ प्रतिशत भन्दा कम नहुने गरी बाँकी अंश सर्वसाधारण समूहमा परिणत गर्नसक्ने व्यवस्था छ । सोही दफामा स्पष्टीकरण दिँदै (क) ‘संस्थापक समूह’ भन्नाले राष्ट्र बैङ्कले तोकेको संस्थापक समूह र (ख) ‘सर्वसाधारण समूह’ भन्नाले संस्थापक समूह बाहेकको अन्य समूह सम्झनुपर्छ भन्ने व्यवस्था गरेको छ ।
चुनावी घोषणापत्रमा पूँजीबजार
पूँजीबजार र संयुक्त पूँजी कम्पनी अस्तित्वमा
आएपछि पूँजी परिचालन र विकासमा थपिएको नयाँ आयाम हेर्दा पूँजीवादी अर्थव्यवस्था
भएको भनिएको देश समाजवादी जस्ता देखिएका छन् । साधारण नागरिकसमेत विशाल कम्पनीको
मालिक बनेर लाभमा सहभागी बनेका छन् । यस्ता अवसरले तकियामुनि, बाकस
वा गाडधनका रूपमा निस्क्रिय रहने रकमले बृहत् पूँजी निर्माण गर्न सहयोग गरेर ठूला
पूर्वाधार विकास सम्पन्न भएका छन् ।
राजनीतिक प्रतिबद्धता
पूँजीबजार, पूँजी प्राप्ति र पूँजी निर्माणको थलो भए पनि नेपालका राजनीतिक दल र सरकारले यसलाई उपेक्षा गरेका छन् । राजनीतिक दलका नेताले ‘जुवाघर’ सम्म पनि भन्न भ्याएको दृष्टान्तले पूँजीबजारप्रति राजनीतिक प्रतिबद्धता सकारात्मक छैन भन्ने देखिन्छ । नेपाल धितोपत्र बोर्ड गठनपछिको समयलाई प्रस्थान बिन्दु मान्ने हो भने २५ वर्षे अवधि पनि राजनीतिक प्रतिबद्धताको शिकार बनेको छ । सङ्घीय शासनप्रणालीमा देशलाई रूपान्तरण गरी हुन लागेको पहिलो चुनावी घोषणापत्रमा आर्थिक विकासको कडी मानिने पूँजीबजारको सन्दर्भमा राजनीतिक प्रतिबद्धताको सङ्क्षिप्त चर्चा गरौं :
वाम गठबन्धन
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त चुनावी घोषणापत्रमा ‘घरघरमा बिजुली : जनजनमा शेयर नीति लागू गर्दै आकर्षक जलविद्युत् परियोजनामा जनता र सरकारका संयुक्त लगानी प्रवर्द्धन गरिनेछ’ भन्ने वाक्यांश परेको छ । त्यस्तै ‘नेपालमा राष्ट्रिय पूँजीको आकार र सामर्थ्य अझै पनि सानो तथा कमजोर रहेकाले राष्ट्रिय औद्योगिकीकरण र गुणात्मक आर्थिक वृद्धिका निम्ति आन्तरिक पूँजी लगानी मात्र अपर्याप्त हुनेछ । त्यस अवस्थामा ठूला पूर्वाधार निर्माण, आयात प्रतिस्थापक तथा निर्यातमूलक उद्योग र राष्ट्रिय प्राथमिकताका अन्य आयोजनाहरूमा विदेशी लगानी भित्र्याइनेछ ...’ भन्ने अनुच्छेद छ । अन्य विभिन्न अनुच्छेदहरूमा पनि पूर्वाधार विकासका सबै विषय उठान गरिएको छ ।
नेपाली काङ्ग्रेस
उद्योगको पुनर्जागृति गर्दै प्रत्येक प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र तोकी औद्योगिक पूर्वाधारको विकास, निर्यात प्रवाह अभिवृद्धि गर्दै आयात व्यवस्थापनलाई चुस्त बनाउने, राष्ट्रिय पुनर्जागरणको सङ्कल्पले आगामी ५ वर्षभित्र औद्योगिक लगानी र उत्पादनमा व्यापक विस्तार गर्दै प्रमुख वस्तुहरूमा आत्मनिर्भर बनाउने भनिएको छ । राष्ट्रिय र अन्तरराष्ट्रिय लगानी प्रवर्द्धन र संरक्षण गर्दै तीव्र आर्थिक विकासको बाटोमा डोहोर्याउँदै उच्च र दिगो आर्थिक विकासको माध्यमबाट राष्ट्रिय पुनर्जागरणको अभियानलाई गति प्रदान गर्ने सङ्कल्प व्यक्त गरिएको छ ।
राप्रपा नेपाल
राप्रपा नेपालको चुनावी घोषणापत्र वेबसाइटमा पाउन नसकिए पनि वेबसाइटमा उपलब्ध ‘राप्रपा नेपाल : सुस्पष्ट विचार र अलग पहिचानसहितको राजनीतिक दल’ नामक सामग्रीमा पूँजीबजारका बारेमा उल्लेख पाइन्छ । ‘राष्ट्रिय परिवेशअनुरूप परिमार्जित खुला, उदार तथा बजारमुखी अर्थव्यवस्था नै सबल र समुन्नत नेपाल निर्माणको मूल आधार, कोरा समाजवाद र साम्यवादका अनुयायीहरूले वैचारिक मूल्य मान्यतालाई समयानुकूल परिमार्जन नगरी द्वैध मानसिकताको बन्दी भएर खुला र बजारमुखी आर्थिक नीतिलाई हचुवा रूपमा कार्यान्वयन गर्न खोज्दा राष्ट्रिय अर्थतन्त्रलाई खिचडीतन्त्र बनाएको उसको आरोप छ । खुला बजारमुखी आर्थिक नीतिअन्तर्गत गरीबी निवारण तथा ग्रामीण अर्थतन्त्रको सुदृढीकरण अत्यन्त जटिल र चुनौतीपूर्ण रहने हुँदा राष्ट्रिय सन्दर्भअनुकूल उदार आर्थिक नीतिको परिमार्जनद्वारा चुनौतीको सामना गर्न सकिने धारणा व्यक्त भएको छ । शहरी अर्थतन्त्रको विकासका लागि निजीक्षेत्रको सहभागिता अभिवृद्धि गर्ने तथा ग्रामीण अर्थतन्त्रको सुदृढीकरणका निमित्त राज्यको भूमिकालाई प्रभावकारी तुल्याउने नीति अवलम्बन गर्ने बताएको छ ।
विवेकशील साझा
‘समृद्धि हाम्रै पालामा’ भन्दै चुनावमा होमिएको विवेकशील पार्टीले समन्वयात्मक बजार अर्थतन्त्रअन्तर्गत नेपाली अर्थतन्त्रमा उल्लेख्य विकास हुनसक्ने सृजनशीलता र उत्पादनशीलता जगाउन सहज हुने, राज्य इमानदार सहजकर्ता र नियामकका रूपमा उपभोक्ता, निमुखा र आवाजविहीनको रक्षकका रूपमा समन्वयात्मक भूमिका निर्वाह गर्दै निजीक्षेत्रलाई प्रवर्द्धन गर्ने बताएको छ । आर्थिक समृद्धि र समताको एजेण्डा सँगसँगै बढाउन नीतिगत लक्ष्य नतीजाको समानतालाई पनि दृष्टिगत गर्दै अवसरको समानतामा जोड दिने हुनुपर्नेछ । राष्ट्रिय पूँजीको निर्माण र परिचालन नागरिकमा रहेको उद्यमशीलता र उत्पादनशीलता प्रवर्द्धन आन्तरिक र वैदेशिक लगानीलाई प्रोत्साहनलगायत नीतिमार्फत औद्योगिकीकरण रोजगारी र विकासका लागि राज्यलाई मुख्य सहजकर्ता भूमिकामा राख्ने सरकारी, निजी र सहकारी क्षेत्रको समन्वयात्मक भूमिकालाई प्रवर्द्धन, राष्ट्रिय पूँजी निर्माण, बचत प्रोत्साहन वित्तीय बजारको प्रभावकारिता र स्थायित्वका लागि वैज्ञानिक नियमन प्रणाली अपनाउने बताएको छ ।
विदेशी मोहको ओझेलमा पूँजीबजार
दलहरूले चुनावी घोषणापत्रमा पूँजी जुटाउने सन्दर्भमा ‘विदेशी मोह’ अत्यधिक देखाएर पूँजीबजारलाई ओझेल पारेका छन् । पूँजीबजार जस्तो बृहद् क्षेत्रलाई बेवास्ता गर्दै एउटा समूहमा सीमित रहने सहकारीलाई बढी महत्त्व दिइएको छ । घोषणापत्रमा ‘हतियार के के हुन्’ भनेजस्तो विवरण मात्र दिएको देखिन्छ । कुन हतियार कतिबेला चलाउने र हतियार कसरी प्राप्त हुन्छ भन्ने कतै उल्लेख गरिएको छैन । पूँजीगत खर्च हुने सबै क्षेत्र उल्लेख गरेर पनि पूँजी जुटाउने स्रोत भने उही ‘विदेशी मोह’ नै बढी देखाएर स्वदेशी पूँजी र लगानीलाई तिरस्कार गर्दै पूँजी परिचालनको माध्यम बनेको पूँजीबजारलाई ठाडै बेवास्ता गरेको देख्न सकिन्छ । उद्योग, व्यापार, पूर्वाधार विकास आयोजनाहरू निर्माण गर्न पूँजीबजारका साधारण र अग्राधिकार शेयर, डिवेञ्चर, बोण्डजस्ता बहुमौद्रिक वित्तीय औजारमार्फत पर्याप्त पूँजी प्राप्त गर्न सकिन्छ भन्ने बुझ्न सकेको देखिन्न । जनजनमा शेयर भन्ने वाम गठबन्धनले पनि पूँजीबजार विकाससम्बन्धी नीतिगत योजना केही पनि अघि सारेको भेटिन्न ।
पूर्वसमीक्षाको अभाव
विसं १९९४ कात्तिक ३० गते उद्घाटन गरिएको नेपाल बैङ्क नेपालको पहिलो संयुक्त पूँजी कम्पनी हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरले ‘सम्पूर्ण देशको चाहनाअनुरूप स्थापना गर्न लागिएको यो कार्य मेरो लागि एकदम ठूलो अवसर हो । श्री ५ बाट उद्घाटन हुन लागिरहेको यो क्षण अत्यन्तै आनन्द तथा खुशीको क्षण हो’ भनेका थिए । यही समयको आसपास विराटनगर जूट मिल्स पनि स्थापना भई सर्वसाधारणमा समेत शेयर जारी गरेर पूँजी जुटाएको हिसाबले नेपालको शेयर इतिहासमा नेपाल बैङ्क र विराटनगर जुट मिल्सलाई प्रस्थान विन्दु मान्नुपर्छ ।
पञ्चायती शासनकालमै पूँजीबजारबाट लगानी जुटाई उद्योग धन्दाको स्वामित्वमा जनसहभागिता बढाउन पहिलोपटक धितोपत्र कारोबार ऐन, २०४० निर्माण गरिएको थियो । ऐनको प्रस्तावनामा ‘...र उद्योगधन्दाको स्वामित्वमा जनसहभागिता बढाउन’ भन्ने थियो । त्यतिबेला शेयरबजारमा नेपाल बैङ्क, राष्ट्रिय बीमा संस्थान, नेपाल इन्स्योरेन्स, विशाल बजार, साल्ट ट्रेडिङ, काठमाडौं पाउरोटी र पोखरा पाउरोटी गरी सात ओटा कम्पनी सूचीकृत भएका थिए । ऐन बनेर कार्यान्वयनमा आएको ५ वर्ष पूरा नहुँदै शासकीय स्वरूप परिवर्तन भएपछि औद्योगिक वातावरण नै धमिलिएको परिणामस्वरूप पूँजीबजार फस्टाउने स्थिति बनेन । पूँजीबजारमा कानूनले बाध्य पारेका बैङ्क र बीमाबाहेक अन्य क्षेत्रलाई ल्याउने नीतिगत व्यवस्था हुनसकेको छैन । २०६३ सालमा आएको धितोपत्र कानूनले ‘देशको आर्थिक विकासका लागि आवश्यक पूँजी परिचालन गर्न पूँजीबजारको विकास गरी...’ भन्ने व्यवस्था गरे पनि राजनीतिक र सरकारी उदासीनताका कारण संयुक्त पूँजी कम्पनी अवधारणा आएको ८० वर्ष पुगिसक्दा पनि पूँजीबजार उही पुरानै अवस्थामा छ । प्रवेशिका उत्तीर्ण नगरेका, समाजशास्त्री, कानूनशास्त्रीले बुझेनन् तर अर्थशास्त्रमा स्नातकोत्तर र विद्यावारिधि गरेका अर्थमन्त्री हुँदा पनि उपेक्षाको शिकार बनिरहेको छ । आशा गरौं, अबदेखि उपेक्षाको शिकार नबनोस् ।
कर्मचारी र शेयर कारोबार
कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ? प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...
-
जोखिम बढेको तर्कमा सत्यता कति ? नेपालको शेयरबजारको पूँजीकरण ४० खर्ब रुपैयाँभन्दा बढी पुगेको छ र अझ बढ्दो क्रममा छ । नयाँ कम्पनी सूचीकरण हुने...
-
एकअर्काबीच अन्तरसम्बन्ध हुन्छ कि हुन्न ? शेयरबजारको पुँजीकरण र कुल ग्रार्हस्थ उत्पादन अर्थात ग्रस डोमेस्टिक प्रडक्ट (जीडीपी) बीच अन्तरसम्ब...
-
नेपालमा पनि विशेष प्रकृतिको अदालत आवश्यक भारतको प्रसिद्ध औद्योगिक एवम् व्यापारिक घराना टाटा समूह कानुनी विवादमा परेपछि सर्वोच्च अदालतसम्म पु...