Sunday, November 26, 2017

शेयरबजारका केहि पारिभाषिक शब्दावली

शेयरबजारका प्राविधिक शब्द, भाषा र चाल नबुझ्नेको लागि शेयरबाट नाफा हासिल गर्नु ‘हनुमानले संजीवनी बुटी’ खोजे जस्तै हो | अन्यत्र अर्कै अर्थ दिने शब्दको शेयरबजारमा आफ्नै अर्थ हुन्छ | यस्ता शब्दावलीको पर्याप्त जानकारी बिना लगानी र जोखिम व्यवस्थापन गर्न सकिन्न | शेयरबजार सिधा रेखामा चल्दैन यसको चाल बक्रीय हुने भएकोले यसको चाल पहिल्याएर चल्न शेयरबजारका प्रचलित शब्दावली बुझ्नुपर्छ |

बजार पूँजीकरण

पूँजीकरण वास्तविक नभएर काल्पनिक रकम हो | शेयरको मूल्य बढ्दा र घट्दा पूँजीकरण घटबढ हुन्छ | अधिक शेयर सूचीकरण भएको कम्पनीको कुनै दिन कारोबार भएन भने पूँजीकरण घट्छ | सूचीकरण भएको शेयर संख्यालाई कारोबार दिनको अन्तिम मूल्यले गुणन गरेर पूँजीकरण निकालिन्छ | १ करोड कित्ता सूचीकरण भएको छ र अन्तिम कारोबार मूल्य रु. ५०० छ भने यसको बजार पूँजीकरण ५ अर्ब हुन्छ | यसको सामान्य अर्थ १ करोड कित्ता पुरै बेचियो भने यसको कुल मूल्य ५ अरब हुन्छ भनिएको हो | एक दिनमा जति बराबरको किनबेच हुन्छ त्यो वास्तविक रकम हो |  

बजार सूचक

बजार सूचक शेयर कारोबारमा हुने उतारचढावले घटबढ हुन्छ | शेयर कारोबारमा हुने उतारचढावले सूचकलाई प्रभाव पार्छ, सूचकले शेयरलाई पार्दैन | कम्पनीको स्थितिलाई हेरेर लगानी गरेमा वा भाउ घटबढ हुँदा सहि व्यवस्थापन गरेमा सूचक घटबढ हुँदा आत्तिनु पर्दैन | शेयरबजारमा सूचीकरण भएका शेयर कारोबारलाई मापन गर्न लिएको सामान्य आधार सूचक हो | सूचक गणनाको आधार विन्दु १, १ सय वा १ हजार जहाँबाट पनि शुरु गर्नसकिन्छ | नेप्से सूचक गणना १ सयलाई आधार मानि गरिएको छ | नेप्सेमा सूचीकरण भएका र कारोबारमा आउने सबै शेयरलाई सूचक गणनामा सामेल गराइन्छ | बम्बे स्टकमा ३० वटा र नेशनल स्टकमा ५० वटा कम्पनीको मात्र सूचक निकालिन्छ | नेप्से सूचक सहित सेन्सेटिभ, फ्लोट, सेन्सेटिभ फ्लोट र उपसूचक गरि ५ प्रकारका सूचक गणना गरिन्छ |    

बुक क्लोज, समायोजन, आधार मूल्य

कम्पनीले साधारणसभा गर्नको लागि गर्ने ‘बुक क्लोज’ एउटा महत्वपूर्ण दिन हो | बुक क्लोज पछी शेयर किनेर कम्पनीको साधारणसभामा सहभागी हुन, लाभांश लिन, संचालकको निर्वाचनमा मत दिन र आफैँ उम्मेदवार बन्न पाइन्न | साधारणसभा बाहेक विशेष साधारणसभा र हकप्रद शेयर जारी गर्दा पनि बुक क्लोज हुनेगर्छ | बुक क्लोजको दिन लाभांश र हकप्रदपछिको मूल्य समायोजन भइ नयाँ मूल्य र कर प्रयोजनको लागि आधार मूल्य पनि तोकिन्छ |

मार्केट डेप्थ र ब्रेडथ

बिक्रिकर्ता र खरिदकर्ताको चाप के कति रहेछ भनेर ‘मार्केट डेप्थ’ मार्फत सामान्य जानकारी पाइए पनि यो त्यति भरपर्दो भने हुन्न | ‘मार्केट डेप्थ’ भन्दा ‘मार्केट ब्रेडथ’ ले बजारको बारेमा अलि बढी जानकारी दिन्छ | यसले बजारको चाल र प्रवृति सकारात्मक वा नकारात्मक के छ अनुमान गर्न सकिने आधार दिन्छ | सूचिकृत कम्पनीको एक दिनमा भएका कारोबार घट्ने र बढ्ने दुबै हुन्छन | बढ्ने कम्पनी अधिक छ भने सकारात्मक र घट्ने कम्पनी अधिक भए नकरात्मक चाल छ भन्ने अनुमान गर्न सकिन्छ |

सर्किट ब्रेकर र फिल्टर

‘सर्किट ब्रेकर’ र ‘सर्किट फिल्टर’ भन्ने दुईवटा शब्दावलीको फरक-फरक प्रयोजन हुन्छ | स्टक सूचक एकै दिनमा तोकिए भन्दा बढी दरले बढेमा ‘सर्किट ब्रेकर’ लगाएर अस्थायी वा पुरै स्थगन गरिन्छ | पहिलो आधा घण्टामा ३ प्रतिशतले बढेमा १५ मिनेट, २ घण्टाभित्र ४ प्रतिशतले बढेमा आधा घण्टा र त्यसपछि ५ प्रतिशतले बढेमा पुरै दिन कारोबार रोकिन्छ |
 
‘सर्किट फिल्टर’ कम्पनीमा लगाइन्छ | एकै दिनमा १० प्रतिशत भन्दा बढी मूल्य घटाउन र बढाउनबाट यसले रोक्ने गर्छ | यसले घट्न र बढ्न पाइने मूल्य सिमा नियन्त्रण गर्छ | कुनै कम्पनीको शुरु मूल्यमा १० प्रतिशत घट्न वा बढ्न पाइन्छ | बजार खुलेपछि खरीद वा बिक्रि आदेश प्रविष्ट गर्दा २ प्रतिशत घटाएर वा बढाएर राख्न सकिन्छ एकैपटक १० प्रतिशत घटाउन वा बढाउन पाइदैन | एउटा कारोबार भैसकेपछि त्यसको २ प्रतिशत घटेर वा बढेर मात्र आदेश प्रविष्ट गर्न सकिन्छ | बजार खुल्नु आधा घण्टा अघि भने ५ प्रतिशत घटेर वा बढेर आदेश हाल्न सकिन्छ |

स्टप लस वा औसतिकरण

शेयर लगानी जोखिमको खेल भएकोले घाटा रोक्ने वा घाटालाई औसतिकरण गरेर कम गर्ने २ वटा बाटा हुन्छन् | क्रय मूल्यबाट तल झर्दै जाने सम्भावाना बढ्दै गयो भने घट्दो मूल्यमा बेचेर थप घाटा रोक्न सकिन्छ | कम्पनीको प्रतिफल राम्रो छ र आफूसँग नगद प्रवाहिता छ भने घट्दो मूल्यमा थप शेयर किनेर घाटाको मात्रा कम गर्दै प्रतिफल बढाउन सकिन्छ | 

डिपी वा निक्षेप सदस्य

भौतिकरुपमा रहेको शेयरलाई विद्युतीय स्वरुपमा भण्डारण गरेर राख्ने निकायलाई ‘डिपोजिटरी’ भनिन्छ | नेपालमा यसलाई ‘सिडीएस एण्ड क्लियरिंग कम्पनी लिमिटेड’ संक्षिप्तमा ‘सिडीएस’ भनिन्छ | ‘सिडीएस’ भनेको ‘सेन्ट्रल डिपोजिटरी सिष्टम’ को संक्षिप्त स्वरूप हो | यहि सिडीएसको सदस्यको रुपम डिपी (डिपोजिटरी पार्टीसिपेन्ट) र नेपालीमा ‘निक्षेप सदस्य’ रहेका हुन्छन | यिनले अभौतिक खाता खोल्ने कार्य गर्छन | बैंक, वित्तीय संस्था, मर्चेन्ट बैंक, दलाल डिपी बन्नसक्छन | भारतमा नेशनल सेक्युरिटीज डिपोजिटरी लिमिटेड र सेन्ट्रल डिपोजिटरी सर्भिसेज इण्डिया लिमिटेड गरि २ वटा छन् | बंगलादेशमा सेन्ट्रल डिपोजिटरी अफ बंगलादेश छ |

सर्कुलर ट्रेडिंग 

शेयरबजारमा समुह बनाएर कुनै शेयरलाई आफू-आफू बीच मात्र किनबेच गराएर भाउ घटाउने वा बढाउने गरेर बजारमा आउने अन्य लगानीकर्तालाई आकर्षित गर्ने प्रयास हुन्छ | यस्तो खेल नबुझेका लगानीकर्ता शेयर किन्छन वा आत्तिएर बेच्न जान्छन् | यस्ता गतिविधि सामान्यले बुझ्न सक्ने अवस्था हुन्न | यस्तो कार्य भए/नभएको एक्सचेन्जको सर्भेलेन्स विभागले मात्र पत्ता लगाउन सक्छ | लगानीकर्ताले यस्तो भएको हुनसक्ने अनुमान लगाउन सक्नुपर्छ | अनुमान लगाउन त्यति गाह्रो पनि छैन | कम्पनीको स्थिति के कस्तो छ त्रैमासिक वित्तीय विवरण एउटा आधार बन्न सक्छ |

नियमन र नियन्त्रण  

नियमन र नियन्त्रण उस्तै लागे पनि यी दुइ बीच अन्तर छ | नियन्त्रणमा स्वामित्व हुन्छ नियमनमा हुन्न | नियमन गर्दा प्रचलित कानुन व्यवस्थाको पालना भए/नभएको हेरिन्छ र कानुन पालना नभएमा पालना गर्न लगाइन्छ | नियमन गर्ने निकायहरु क्षेत्रगत हुन्छ | बैंकको नियमन नेपाल राष्ट्र बैंकले, दूरसञ्चारको नेपाल दूरसञ्चार प्राधिकरणले गर्छ | नाममा प्राधिकरण जोडिएको भए पनि नेपाल विद्युत प्राधिकरण नियमक हैन | शेयरबजारको नियमन नेपाल धितोपत्र वोर्डले गर्छ | वोर्डको अधिनमा स्टक एक्सचेन्ज, दलाल, सेन्ट्रल डिपोजीटरी, निक्षेप सदस्य, सुचिकृत कम्पनी, मर्चेन्ट बैंक रहेका हुन्छन |

अन्तमा, मुस्ताङ्ग, जुम्ला र हुम्लावासीले स्याउ तथा यार्चागुम्बा र तमोरको माझीले माछा बेचेर  आएको आम्दानीले घटेको बेला शेयर किन्छ र बढ्दा बेचेर नाफा कमाउँछ भन्नेले न घट्दा किनेका छन् न बढ्दा बेचेर नाफा आर्जन नै गरेका छन् |

   

Wednesday, November 1, 2017

स्वतन्त्र बैंक संचालकको संकुचित योग्यता

कम्पनीकानूनको दृष्टिमा मात्र व्यक्ति भएकोले यसको संचालन गर्ने सम्पूर्ण दायित्व र जिम्मेवारी शरिरधारी प्राकृतिकमा रहेको हुन्छ  कम्पनीमा फरक-फरक प्रकृतिका संचालक हुन्छन यिनीहरुको चयन मनोनयन र निर्वाचनको माध्यमबाट हुन्छ  प्रत्यक्षरुपमा कम्पनीसँग कुनै सरोकार नभएका व्यक्ति समेत संचालकको रुपमा मनोनयन हुने गर्छन  यस्ता संचालकलाई स्वतन्त्र वा विशेषज्ञ संचालक भन्ने गरिन्छ 

कम्पनी ऐनमा स्वतन्त्र संचालक

कम्पनी ऐनमा संचालक भन्नाले कम्पनीको संचालक सम्झनुपर्छ र सो शब्दले वैकल्पिक संचालक समेतलाई जनाउँछ भनिएको छ  त्यस्तै संचालक समिति भन्नाले कम्पनीको संचालक समिति सम्झनुपर्छ भनिएको छ पब्लिक कम्पनीमा कम्तिमा ३ जना र बढीमा ११ जनासम्म संचालक रहनसक्ने व्यवस्था छ  ७ जनासम्म संचालक भए कम्तिमा १ जना र ७ जना भन्दा बढी संचालक भए कम्तिमा २ जना स्वतन्त्र संचालक हुनुपर्ने व्यवस्था छ  कम्पनी ऐनले स्वतन्त्र संचालकको सम्बन्धमा यो भन्दा बढी केहि उल्लेख गरेको छैन 

बाफियामा संचालक र स्वतन्त्र संचालक

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ (बाफिया) को दफा २ (कथ) मा ‘संचालक’ भन्नाले संचालक समितिको सदस्य सम्झनुपर्छ र सो शब्दले वैकल्पिक संचालक समेतलाई जनाउँछ भनिएको छ  बाफियाले १ जना स्वतन्त्र संचालक सहित कम्तिमा ५ र बढीमा ७ जनासम्म संचालक रहन सक्ने व्यवस्था गरेको छ शून्य दशमलव १ प्रतिशत भन्दा बढी शेयर धारण गरेको व्यक्ति तथा निजको परिवार स्वतन्त्र संचालक हुनसक्ने छैन  अन्य संचालक पुनः नियुक्त वा मनोनयन हुनसक्छन् तर स्वतन्त्र संचालक पुन: नियुक्त हुनसक्दैनन 

अचम्मका संस्थाहरु  

बैंक तथा वित्तीय संस्थाका संचालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धि विनियमावली २०७४’ मार्फत संचालकको योग्यता र कार्य अनुभव तोकेको छ  ऐनमा परेको विवादास्पद वाक्यांश ‘सम्बन्धित क्षेत्रका संगठित संस्था’ को समेत परिभाषा गरिएको छ  सम्बन्धित क्षेत्रका संगठित संस्थाको परिभाषा गर्दै  ‘नेपाल राष्ट्र बैंकराष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थानेपाल सरकारको स्वामित्वप्राप्त कर्मचारी संचय कोषनागरिक लगानी कोषकर्जा तथा निक्षेप सुरक्षण कोषविमा समितिविमा समितिबाट इजाजतप्राप्त विमा कम्पनीहरुनेपाल धितोपत्र वोर्डवोर्डबाट इजाजतप्राप्त मर्चेन्ट बैंकर्सधितोपत्र विनिमय बजार (स्टक एक्सचेन्ज)धितोपत्र राफसाफ सम्बन्धि कम्पनी सम्झनुपर्छ’ भनेको छ  यी उल्लेखित संस्था किनकसरी र के आधारमा ‘सम्बन्धित क्षेत्रका संगठित संस्था’ भए विनियमावलीभरि पाउन सकिन्न  धितोपत्र वोर्डबाट इजाजतप्राप्त मर्चेन्ट बैंक र स्टक एक्सचेन्ज ‘सम्बन्धित क्षेत्रका संगठित संस्था’ हुने तर त्यहि वोर्डबाट इजाजतप्राप्त ‘दलाल’  ‘रेटिंग कम्पनी’ अनि केन्द्रीय बैंकबाट अनुमतिप्राप्त ‘विप्रेषण’, ‘मनि ट्रान्सफर’, ‘मुद्रा सटही कम्पनी’ नपर्ने पनि अचम्मै छ  ऐनले ‘सम्बन्धित क्षेत्रका संगठित संस्था’ भनेर वित्तीय क्षेत्रका संस्थालाई परिकल्पना गरेको हो भने अन्तर्राष्ट्रियरुपमै वित्तीय संस्था भनेर स्वीकारिएका ‘दलाल’, ‘मनि ट्रान्सफर’ पनि परिभाषित हुनुपर्ने हो  शेयर कारोबारस्थल उपलब्ध गराउने ‘स्टक एक्सचेन्ज’ र शेयरबजारको नियमन गर्ने ‘धितोपत्र वोर्ड’ कसरी सम्बन्धित क्षेत्रका संगठित संस्था भए ?

बाफियाले केन्द्रीय बैंकलाई स्वतन्त्र संचालकको योग्यता र अनुभव तोक्ने अख्तियारी दिएपछि योग्यता तोक्ने क्रममा अत्यन्त संकुचित व्यवस्था गरेको देख्न सकिन्छ । बाफियाको दफा १६(क) र (ख) मा योग्यता र कार्य अनुभव समेत तोकेको छ भने (ग) मा तोकिए बमोजिम सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको शेयरधनी स्वत: संचालक हुनसक्ने व्यवस्था गरेको छ । यस्ता संचालकको लागि कुनै कार्य अनुभवको आवश्यकता पर्दैन । सम्बन्धित विषय भनेर व्यवस्थापन, बैंकिंग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासनजनप्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको भन्ने शैक्षिक योग्यता तोकेको छ ।

बन्चित विशेषज्ञता

स्वतन्त्र संचालक सम्बन्धि साविकको जटिल व्यवस्थालाई वर्तमान व्यवस्थाले सरल र सहज पार्न खोजेको भएपनि यस्ता संचालकको कार्य अनुभवलाई भने अत्यन्त साँघुरो र संकुचित पारिएको छ  तोकिएको शैक्षिक योग्यता पुगेर पनि संचालक हुन ‘सम्वन्धित क्षेत्रका संगठित संस्था र ‘निजामती सेवा’ मा कार्य गरेको अनुभवको तगारो लगाइएको छ संगठित क्षेत्र’ बृहद हुँदाहुँदै पनि तोकिएका सिमित क्षेत्रमा कार्य गरेको अनुभव हुनुपर्ने विषयले सक्षम व्यक्तिलाई संचालक हुनबाट रोक लगाउने व्यवस्था गरिएको छ  स्वतन्त्र संचालक शेयरधनी हैनन् जागिर खान आउने हैनन् विशेषज्ञता दिन आउने हुन् तर पनि विशेषज्ञता देखाउनबाट बन्चित भएका छन् 

स्वतन्त्र संचालक हुन् ‘सम्बन्धित क्षेत्रका संगठित संस्था’  ‘निजामती सेवा’ बाट मात्र आउन पाउने व्यवस्थाले अन्य क्षेत्रमा जतिसुकै विज्ञता देखाए पनि नहुने भएको छ  अर्ध-सरकारीगैर-सरकारी वा निजि क्षेत्रका संगठित संस्थामा आवद्ध भएर वर्षौं कार्य गरेका अनुभवी व्यक्ति बन्चित हुनपुगेका छन्  तोकिएको विषयमा तोकिएको उपाधि हासिल गरेका यस्ता विशेषज्ञलाई ‘सम्बन्धित क्षेत्रका संगठित संस्था’  ‘निजामती सेवा’ मा कार्य गरेकै हुनुपर्ने गरि व्यवस्था गर्नु बेकार हो  विषयगत क्षेत्र (कानूनचार्टड एकाउन्टेन्सी) बाट आउने विशेषज्ञलाइ व्यवसायिक संस्थाबाट प्रमाणपत्र प्राप्त गरेको यति समय पुरा भएकोसम्म भन्न सकिन्थ्यो  कानूनबाट आउनेलाई ‘नेपाल बार काउन्सिल’ बाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी निश्चित वर्ष पुरा भएको हुनुपर्ने व्यवस्था राख्दा व्यवसायिक दक्षता हेर्ने मनसाय राखियो भन्न सकिन्थ्यो  कानूनको विद्यार्थी निजामती सेवामा प्रवेश गर्दा ‘न्याय सेवा’ मा नै गर्छ भन्ने हुन्न  प्रशासन सेवामा पनि गएको हुनसक्छ  यस्तो अवस्थामा निजामतीमा यति वर्ष कार्य गरेको भन्ने अनुभवले कम्पनीलाई के विशेषज्ञता दिनसक्छ ? कम्पनीको कानुनी पक्ष समेत बुझ्ने स्वतन्त्र संचालक खोजिएको भए ‘कम्पनी कानून’ विषय लिएर अध्ययन गरेको भन्ने व्यवस्था गरेको भए उत्तम हुन्थ्यो 

अन्तरनिहित उद्देश्य अर्कै

बाफियाको दफा १६(ग) मा तोकिएको योग्यताको आधारमा हुने संचालक र स्वतन्त्र संचालक दुबैको शैक्षिक योग्यतामा करिब समानता छ तर, असमानता भनेको १६(ग) लाइ अनुभव चाहिन्न स्वतन्त्रलाई तोकेकै क्षेत्रमा कार्य गरेको अनुभव चाहिन्छ  दफा १६(क) र (ख) को योग्यता नहुने तर १६(ग) अनुसार तोकिएको विषयमा स्नातकोत्तर गर्नासाथ संचालक हुनसक्ने तर, स्वतन्त्र संचालक यस्तै योग्यतायुक्त भएपनि पहिला ‘निजामती’ वा ‘सम्बन्धित क्षेत्रका संगठित संस्था’ मा अधिकृत वा सो भन्दा माथिको तहमा जागिर खोज्न जानुपर्ने भयो  विनियमावली केन्द्रीय बैंकबाट अवकाशप्राप्तलाई जागिर सुरक्षित बनाईदिने दस्तावेज मात्र बनेको देखिन्छ  बैंक पनि केन्द्रीय बैंकको व्यक्ति पाएसम्म अन्यत्रका स्वतन्त्र संचालक किन खोजी हिड्ने ? केन्द्रीय बैंकका अधिकारीलाई स्वतन्त्र संचालक राखेपछि शक्ति लगाएर काम गराउन पनि सजिलो हुने भएपछी त्यहि बाटो अपनाउन पछी पर्ने कुरै भएन 

विनियमावलीको अन्तरनिहित उद्देश्य आफैंले स्वतन्त्र संचालकको जागिर खाने बाहेक अरु देखिएन  केन्द्रीय बैंकको उद्देश्य प्रष्ट हो भने स्वतन्त्र संचालक माथि लगाईएको अनावश्यक अंकुश हटाएर जुनसुकै संगठित क्षेत्रमा कार्य अनुभव भएका सक्षमलाई स्वतन्त्र संचालक हुने बाटो अविलम्ब खोलेर उदारता देखाउनु आवश्यक छ 



कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...