इन्डेक्सको तुलना निरर्थक
नेपालको शेयर कारोबार मापन गर्ने इन्डेक्स यति र उति पुग्छ भन्ने बारम्बार सुनिन्छ l सँगसँगै जस्तै आएको भारतको नेशनल स्टक एक्सचेन्ज लिमिटेड (एनएसई) को मानक इन्डेक्स निफ्टी फिफ्टी १५ हजार बिन्दुको हाराहारीमा पुगेको हुँदा नेप्से पनि १० हजार पुग्नुपर्छ भन्ने पनि सुनिन्छ l ‘नेप्से’ नेपालको शेयर कारोबार मापकको नाम र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको संक्षिप्त नाम पनि हो l नेप्से नेपालको मानक इन्डेक्स हो l यसका अतिरिक्त विभिन्न १३ वटा छुट्टै सब इन्डेक्स पनि छन् l त्यस्तै, प्रवाहित शेयरको मात्र कारोबार मापन गर्ने प्रवाहित (फ्लोट) इन्डेक्स पनि छ l कम्पनीलाई ‘ए’, ‘बि’, ‘जि’ र ‘जेड’ मा वर्गीकरण गर्नु अघि नेप्सेले तत्कालिक अवस्थामा विभिन्न इन्डीकेटरको आधारमा ‘क’ वर्ग मा राखेको हाल कुनै अर्थ नभएको कम्पनीको मात्र कारोबार मापन गर्ने सेन्सेटिभ र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि छ l यी जे जति इन्डेक्स छन् ति सबैको गणना विधि एकै हुन्छ l अहिले संसारभरका एक्सचेन्जले कारोबार मापनको लागि अपनाएको विधि एस एण्ड पी (स्ट्यान्डर्ड एण्ड पूअर) हो l
केही
एसियाली सूचक
शेयर
कारोबारीले इन्डेक्सलाई सर्वस्व जत्तिकै माने पनि यो एउटा सामान्य मार्गदर्शन
मात्र हो l यसलाई व्यक्ति-व्यक्तिले आफ्नो अनुकुल पनि बनाउन सक्छन l यसको मापन
निश्चित इन्डिकेटरको आधारमा गरिन्छ l सूचीकृत सबै कम्पनीको र निश्चित कम्पनी मात्र
राखेर मापन गर्नसकिन्छ l शुरुवाती चरणमा सबै कम्पनीलाई समेटेर इन्डेक्स मापन गरे
पनि कम्पनीको सङ्ख्या बढ्दै जाँदा निश्चित इन्डिकेटरको आधारमा सिमित कम्पनी राखेर
मापन गर्ने विश्वव्यापी प्रचलन छ l इन्डेक्स गणनाले विगत र वर्तमानको पूँजीकरणको तुलना
गर्दै भविष्यको आंकलन गर्न सकिन्छ l केही एसियाली देशको इन्डेक्स तालिकामा
देखाईएको छ l
केही एसियाली
देशका इन्डेक्स र आधार अंक
क्र.सं. |
इन्डेक्स र देश |
इन्डेक्स |
आधार अंक |
१ |
एस एण्ड पी एसएल २० (श्रीलंका) |
२,८६७ |
१०० |
२ |
बीएसआई (भुटान) |
९६० |
१,००० |
३ |
सेन्सेक्स (बीएसई-भारत)
|
५०,०३० |
१०० |
४ |
निफ्टी फिफ्टी (एनएसई-भारत) |
१४,८६७ |
१,००० |
५ |
हांगसेंग (हंगकंग) |
२८,९३९ |
१०० |
६ |
कोप्सी (कोरिया) |
३,११३ |
१०० |
७ |
टोपिक्स (जापान) |
१,९७१ |
१०० |
८ |
केएसई - १०० (पाकिस्तान) |
४४,३०० |
१,००० |
९ |
डीएसई - ३० (बंगलादेश)
|
१,९०१ |
१००० |
१० |
शांघाई सेन्जेन
कम्पोजिट इन्डेक्स (चिन) |
३,४८४ |
१०० |
स्रोत : सम्बन्धित देशका स्टक एक्सचेन्ज (२०२१,
अप्रिल १ देखि ४ सम्मको कारोबारमा आधारित)
सूचक
गणना
शेयर
कारोबारको मापन गणना गरिने इन्डेक्स कम्पनीले दिएको लाभ वा कम्पनीका शेयर मूल्यको
औसत दुवै होइन । इन्डेक्सलाई प्रभाव पार्ने केही सिमित कम्पनी मात्र हुन्छन l ठूलो
पूँजी वा बढी मूल्यले यसलाई प्रभाव पार्छ l एकै कम्पनीले इन्डेक्सलाई तलमाथि जता
पनि लानसक्छ l नेपालको हकमा नेपाल टेलिकमले प्रभाव पार्दै आएको छ l यद्धपि
टेलिकमको भन्दा बढी पूँजी भएका (ग्लोबल र पूर्वाधार बैंक) कम्पनी सूचीकरणमा भए पनि
यी २ कम्पनीले इन्डेक्सलाई प्रभाव पार्न सकेका छैनन l कुल पूँजीकरणको आधारमा
टेलिकमको बजार हिस्सा झन्डै ६ प्रतिशत छ l यसको मूल्यमा आउने उतारचढावले
इन्डेक्सलाई प्रभाव पार्छ l पूँजीभन्दा मूल्यले किन कसरी के प्रभाव पार्छ भन्ने
बुझ्न पहिला यसको गणना कसरी हुन्छ बुझ्नपर्छ l इन्डेक्स कुनै एकदिनको आधार बजार
पूँजीकरण र दैनिक पूँजीकरणको अनुपात हो । आधार पूँजीकरण र त्यसपछिका हरेक दिनको
पूँजीकरणका २ वटा अंक लिएर इन्डेक्स मापन गरिन्छ । आधार पूँजीकरण नयाँ कम्पनी
सूचीकरण र हकप्रद समायोजन भएपछि परिवर्तन हुँदैजान्छ । बोनस शेयरले आधार पूँजीकरण
परिवर्तन हुँदैन । मानौं इन्डेक्स गणना शुरु गर्ने दिन सूचीकृत कम्पनीको बजार पूँजीकरण
१ अर्ब रुपैयाँ थियो भने पहिलो दिनको लागि इन्डेक्स मापन १ हुन्छ l यस्तो हिसाब १
अर्ब रुपैयाँलाई सोही रकमले भाग गर्दा आउँछ l यसरी भाग गर्दा आउने प्रतिफल १ नै सो
दिनको इन्डेक्स हो l यो १ अङ्कलाई १ सय वा १
हजार मान्न सकिन्छ l भोलिपल्ट बजार पूँजीकरण बढेर १ अर्ब १० करोड रुपैयाँ
भएमा आधार पूँजीकरणको रुपमा स्थिर रहने १ अर्ब रुपैयाँले १ अर्ब १० करोड
रुपैयाँलाई भाग गरेर सो दिनको इन्डेक्स १ सय १० वा १ हजार १ सय र प्रतिशतमा व्यक्त
गर्दा १० प्रतिशत हुन्छ l त्यसको भोलिपल्ट बजार पूँजीकरण घटेर १ अर्ब ८ करोड
रुपैयाँ कायम भएमा उही स्थिर आधार पूँजीकरण १ अर्ब रुपैयाँले भाग गर्दा इन्डेक्स १
सय ८ वा १ हजार ८० हुन्छ l इन्डेक्सलाई पहिलो दिन एक, १ सय, वा १ हजार जति अङ्कबाट
शुरु गरे पनि तथ्यमा फरक पर्दैन l नेपाल लगायत धेरै देशमा पहिलो दिनलाई १ सय
बिन्दु मानी गणना गर्ने गरिएको छ l
गणनाका आधार र तुलना
माथि नै भनियो गणना जति अङ्कबाट पनि गर्न सकिन्छ l तालिकामा
देखाईएका १० वटा इन्डेक्समध्ये रोयल सेक्युरिटीज एक्सचेन्ज अफ भुटानको इन्डेक्स
गणना सबैभन्दा कान्छो हो l भुटानले इन्डेक्स गणना सन् २०१९ बाट शुरु गर्दा पहिलो
दिनलाई १ हजार मानेको छ l त्यस्तै, १ हजार अङ्कलाई आधार मानेका अन्य इन्डेक्समा भारतको
एनएसईको मानक इन्डेक्स निफ्टी फिफ्टी,
पाकिस्तान स्टक एक्सचेन्जको मानक इन्डेक्स केएसई - १०० र बंगलादेशको ढाका स्टक एक्सचेन्जको डीएसई - ३० रहेका छन् l भारतको बीएसईको मानक इन्डेक्स सेन्सेक्स
१ सय अङ्कबाट गणना गरिएको हो l सेन्सेक्समा ३० वटा कम्पनीको मात्र कारोबार मापन
गरिन्छ l अहिले भुटानको इन्डेक्स घटेको छ l यसको मतलब दैनिक पूँजीकरण आधार
पूँजीकरणभन्दा तल झरेको छ l पूँजीकरण घट्नुको अर्थ कम्पनीको मूल्य घट्नु हो l
मूल्य घटे पनि कारोबार रकम बढ्न सक्छ l कारोबार रकम बढ्नु इन्डेक्स बढ्नु हैन l
थोरै कित्ता मात्र कारोबार भएमा पनि मूल्य बढेमा इन्डेक्स बढ्छ l
निफ्टी करिब १५ हजार भएको तर, नेपालमा कहिले होला भन्ने चर्चा चल्दा यसको गणना विधिलाई बुझ्न सकेको भए यस्तो कुरै आउने थिएन l निफ्टीको आधार गणना बिन्दु १ हजार हो भने नेप्सेको आधार गणना बिन्दु १ सय हो l निफ्टीलाई नेपालको गणना विधि अनुसार हेर्दा आजको दिनमा यसको इन्डेक्स १५ सय हाराहारी हो l त्यस्तै, नेप्सेलाई निफ्टीको गणना अनुसार हेर्ने हो भने २७ हजार हाराहारी हो l संसारकै ठूलो एक्सचेन्जको सूचीमा १०सौं स्थानमा पर्ने बीएसई र ११ रौँ मा पर्ने एनएसई दुबैको आ-आफ्नै विशेषता छन् l भारतमै यी दुई एक्सचेन्जको तुलना इन्डेक्सको आधारमा गरिन्न l त्यही भएर संसारका कुनै पनि एक्सचेन्जको इन्डेक्स कुनै पनि अर्को एक्सचेन्जको इन्डेक्ससँग कहिले पनि तुलना गरिन्न l इन्डेक्स बाहेक अरु कुरामा तुलना हुनसक्छ l इन्डेक्स जति पनि पुग्नसक्छ यसको कुनै सिमाना हुन्न l इन्डेक्स नै लगानीको सर्वोच्च मानक हुन्न l
२४ चैत २०७७, आर्थिक अभियान
https://www.abhiyandaily.com/newscategory-detail/385160