नेपाल धितोपत्र बोर्डले एनआईबीएल
सहभागिता फन्ड नामक ५० करोड रूपैयाँ प्रारम्भिक आकार र हाल जारी हुने १२ करोड ५०
लाख रुपैयाँ बराबर एकाइयुक्त खुलामुखी म्युचुअल फन्ड योजनालाई स्वीकृति दिएको छ ।
बोर्डले यस्तो प्रकारको फन्ड पहिलोपटक सञ्चालनमा आउन लागेझैँ झल्को दिनेगरी विज्ञप्ति जारी गरे पनि यस्तो किसिमको योजना पहिलो भने
होइन । नागरिक लगानी कोषले धेरै पहिलादेखि खुलामुखी फन्ड जस्तै ‘नागरिक
एकांक कोष’ नामक योजना सञ्चालन गरिरहेको छ । यो पनि
खुलामुखीकै एक स्वरूप हो ।
फन्ड अर्थात्
लगानी कोष
सामान्य अर्थमा फन्ड भनेको ससाना
पूँजी संकलन गरी त्यसलाई उचित लगानी व्यवस्थापन मार्पmत
अधिकतम लाभ सृजना गर्दै गणितीय भाषामा एक जोड एक दुई होइन, तीन
बनाउनु हो । शेयर जस्तो अत्यधिक जोखिम हुने क्षेत्रमा एक व्यक्तिको सामथ्र्यले
लगानी व्यवस्थापन नहुने हुँदा फन्डमार्फत रकम जम्मा गरी त्यसबाट थोरै रकम
व्यवस्थापन शुल्क लिई दक्ष व्यवस्थापकद्वारा स्रोतको अधिकतम उपयोगबाट एकाइधनीको
सम्पत्ति वृद्धि गर्नु हो । धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा २ (द) मा ‘लगानी कोष भन्नाले योजना व्यवस्थापकले दक्ष लगानी सेवा प्रदान गर्ने
उद्देश्यले करारको आधारमा सहभागीहरूबाट सामूहिक लगानी योजनामा जम्मा गरेको रकमबाट
सृजना भई आफ्नो जिम्मामा लिएको कोष वा त्यस्तो कोषसँग सम्बद्ध सम्पत्ति सम्झनुपर्छ
र सो शब्दले यस ऐन बमोजिम योजना व्यवस्थापकले आफ्नो जिम्मेवारीमा लिएको कोष वा
सम्पत्तिको लगानी व्यवस्थापनबाट सृजित थप सम्पत्ति र प्रतिफल स्वरूप जम्मा भएको
रकम समेतलाई जनाउँछ’ भनेको छ ।
त्यस्तै, सोही दफा २(ब) मा ‘सामूहिक
लगानी योजना (कलेक्टिभ इन्भेस्टमेन्ट स्कीम) भन्नाले विभिन्न व्यक्ति वा
संस्थाहरूको सहभागिता रहने गरी परिचालन गरिएको बचत लगानी रकमलाई आफ्नो जिम्मेवारीमा
लिई सोको दक्ष लगानी सेवाद्वारा प्राप्त भएको प्रतिफल सम्बद्ध कार्यक्रमका
सहभागीहरूलाई समानुपातिक रूपले वितरण गर्न यस ऐन बमोजिम योजना व्यवस्थापकले
सञ्चालन गरेको लगानी कोष, एकांक कोष वा समयसमयमा बोर्डले
तोकिदिएको त्यस्तै प्रकारका अन्य सहभागितामूलक कोष व्यवस्थापन कार्यक्रम
सम्झनुपर्छ’ भनेको छ । ऐनमा प्रयुक्त भएका ‘लगानी कोष’ नै अहिले सञ्चालनमा रहेका र हुन् लागेका ‘फन्ड’ हुन् । यस्ता फन्ड संरचनाका आधारमा खुला र
बन्द गरी दुइ प्रकारका हुन्छन् । अहिले १३ ओटा फन्ड सञ्चालनमा रहेका छन् ।
खुलामुखी
फन्डको कानून
सामूहिक लगानी कोष नियमावली २०६७ नियम २(ज) र सामूहिक लगानी कोष
निर्देशिका २०६९ को दफा २(ख) मा ‘खुलामुखी योजना (फन्ड)
भन्नाले समयावधि नतोकी सञ्चालन गरिने योजना सम्झनुपर्छ’ भनेको
छ । बन्दमुखी फन्ड अवधि पुगेपछि खारेज हुन बाहेक अन्य कुरा जस्तै : विक्री विधि,
लाभांश वितरण, बुक क्लोज (तर साधारणसभा नहुने)
र स्टक एक्सचेन्जमा सूचीकरण लगायत सबै कुरामा साधारण शेयर जस्तै हो । तर, खुलामुखी फन्डमा यी माथिका सबै गतिविधि हुँदैन । खुलामुखी फन्ड निरन्तर
विक्री भइरहने प्रकृतिको हुन्छ । यस्ता कार्यका लागि व्यवस्थापकले कुनै बैंक र
वित्त वा मर्चेन्ट बैंकरलाई वितरक तोक्न सक्छ ।
खुलामुखीको खरीद र विक्री मूल्य सम्बन्धमा नियमावलीको नियम २७(२) मा
योजना व्यवस्थापक आफैले एकाइ खरीद विक्री गर्ने भएमा विक्री
तथा पुनः खरीद मूल्य सार्वजनिक गर्नुपर्ने र नियम २७(२) मा एकाइ पुनः खरीद मूल्य
निर्धारण गर्दा प्रतिएकाइ मूल्य खुद सम्पत्तिको ९० प्रतिशतभन्दा कम र विक्री मूल्य
१ सय १० प्रतिशतभन्दा बढी नहुने गरी तोक्नुपर्ने व्यवस्था छ ।
निर्देशिकाको विभिन्न दफामा एकाइ खरीद सम्बन्धी व्यवस्था गरेको छ ।
फन्डको एकाइ खरीदकर्ताले वितरक मार्फत निवेदन दिनुपर्छ । यस्तो निवेदन परेको
मितिले ७ दिनभित्र व्यवस्थापकले एकाइ पाउने र नपाउने उपयुक्त माध्यम मार्फत
जानकारी दिनुपर्ने, निवेदन स्वीकृत भएको मितिबाट लागू हुने गरी एकाइ जारी
गरी १५ दिनभित्र प्रमाणपत्र दिनुपर्ने र निवेदन अस्वीकृत भएमा ३ दिनभित्र रकम
फिर्ता गर्ने कार्य शुरू गर्नुपर्ने जस्ता व्यवस्था रहेको छ । त्यस्तै, निर्देशिकामा प्रतिएकाइ खुद सम्पत्ति मूल्य बराबर हुने गरी एकाइ
खरीदविक्री मूल्य सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
खुला
र बन्द फन्डको अन्तर
बन्दमुखी योजनाको अभ्यास भइसकेको र भइरहेका छन् । बन्दमुखी फन्ड
तोकिएको समयसम्म मात्र सञ्चालनमा रहन सक्छ । तोकिएको समय सकिएपछि स्वतः खारेजीमा
लैजानुपर्ने कानूनी व्यवस्था रहेको छ । नियमावलीको नियम ३१ मा (१) योजनाको निधारित
समयावधि समाप्त भएमा, (२) शर्तहरू पूरा गर्न नसकेमा, सहभागीको हित हुने नदेखिएमा लगायत परिस्थितिमा योजना सञ्चालन गर्न दिएको
स्वीकृति बोर्डले रद्द गरेमा, (३) कुनै असामान्य परिस्थिति
उत्पन्न भई योजना सञ्चालन गर्न नसकिने प्रमाणित भएमा, (४)
योजनाको कुल रकमको कम्तीमा ७५ प्रतिशत प्रतिनिधित्व हुने गरी कम्तीमा ५० प्रतिशत
सहभागीले योजना खारेजीका लागि योजना व्यवस्थापक समक्ष माग गरेमा सञ्चालनमा रहेको
योजना खारेज हुने व्यवस्था रहेको छ । यी व्यवस्था हेर्दा बन्दमुखीका लागि मात्र हो
वा खुलामुखीका लागि पनि हो स्पष्ट हुन सक्दैन । तर, माथि १
नं. बाहेकका अवस्था हेर्दा खुलामुखीलाई पनि यो व्यवस्था लागू हुनसक्ने जस्तो पनि
देखिन्छ ।
खुला र बन्दमुखीको
मूलभूत अन्तर
आधार
|
खुलामुखी
|
बन्दमुखी
|
संरचनात्मक स्थिति
|
निरन्तर नयाँ इकाई जारी भईरहने
।
|
एकपटक मात्र इकाई जारी
हुने ।
|
बिक्री अवधि
|
वर्षैभरी हरेक दिन किन्न पाइने
।
|
निश्चित दिनसम्म मात्र
किन्न पाइने ।
|
परिपक्व
|
अवधि तोकिएको हुन्न ।
|
पहिले नै ५, ७ वा १० वर्ष
अवधि तोकिने ।
|
तरलताको माध्यम
|
फण्ड आफैं ।
|
स्टक एक्सचेन्ज ।
|
सूचीकरण
|
स्टक एक्सचेन्जमा सूचीकरण
हुँदैन ।
|
स्टक एक्सचेन्जमा सूचीकरण
हुन्छ ।
|
मूल्य निर्धारण
|
खूद सम्पतिको आधारमा ।
|
एक्सचेन्जमा हुने
कारोबारले ।
|
बिक्री मूल्य
|
दैनिक कायम खूद सम्पत्ति (अन्य शुल्क लाग्न सक्छ) ।
|
प्रिमियम वा डिस्काउन्टमा
बजारले निर्धारण गर्छ ।
|
दलाल सेवा
|
चाहिन्न ।
|
चाहिन्छ ।
|
खुद सम्पति गणना
|
दैनिक (बजार बन्द भएपछि)
।
|
साप्ताहिक/मासिक ।
|
अन्त्यमा, १५ दिनभित्र प्रमाणपत्र जारी गर्नुपर्छ भन्ने व्यवस्था कानूनमा भए पनि खुलामुखी फन्डका एकाइ पनि अन्य शेयर र फन्डका एकाइसरह अभौतिक रूपमा प्राप्त हुनेछ । सम्भवतः पहिलो चरणको १२ करोड ५० लाख रुपैयाँ बराबरको एकाइमध्ये कोष प्रवद्र्धकको १५ प्रतिशत हुनेछ र बाँकी सार्वजनिक रूपमा विक्री हुनेछ । त्यसपछि तोकिएको केन्द्रमार्पmत एकाइ किन्नु पर्नेछ । प्राथमिक चरणको एकाइ अंकित मूल्यमा र त्यसपछि एकाइ खुद सम्पत्तिको आधारमा किन्न पाइनेछ । अघिल्लो दिन कायम खुद सम्पत्तिको आधारमा भोलिपल्ट दिनभर तोकिएको केन्द्रबाट किनबेच हुन्छ ।
२३ वैशाख २०७६, अभियान दैनिक